2026-09-08 12:29 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

एलन मस्कलाई पछि पार्दै बर्नार्ड अर्नाल्ट बने विश्वकै सबैभन्दा धनीव्यक्ति

मङ्सिर २२, काठमाडौँ | विश्वको सर्वाधिक धनाढ्य व्यक्तिको सूचीको पहिलो स्थानमा फ्रान्सेली अर्बपति बर्नार्ड अर्नाल्टको नाम आएको छ। फोर्ब्सको रियल-टाइम धनाढ्यको सूचीअनुसार एलन मस्कलाई पछि पार्दै अर्बपति बर्नार्डले आफ्नो नाम अघि सारेका हुन्। 

नेपाली समय अनुसार बिहीबार ५ बजेसम्म बर्नार्डको कुल सम्पति १८५.७ अर्ब डलर रहेको छ। मस्कको भने सम्पतिमा ३.८ अर्ब डलरको गिरावट देखिएको छ। उनको कुल सम्पति अहिले १८५.४ अर्ब डलर छ। 

७३ वर्षीय बर्नार्ड अर्नाल्ट चर्चित फेसन ब्रान्ड लुई भिटनका प्रमुख कार्यकारी अधिकृत (सिइओ) हुन्। ५१ वर्षीय मस्क टेस्ला र स्पेसएक्सका सिइओ हुन्। उनले हालै ट्विटर इंक पनि खरिद गरेर यसका सिइओ बनेका छन्। 

फोर्ब्सका अनुसार टेस्लाको सेयरमा गिरावट आउँदा मस्कको सम्पत्तिमा पनि गिरावट आइरहेको हो। अर्कातर्फ लुई भिटनको सेयर बढ्दा बर्नार्ड र उसको परिवारको सम्पत्ति बढिरहेको हो। 

सूचीको तेस्रो स्थानमा भारतका गौतम अदानी छन्। उनको कुल सम्पति १३४.८ अर्ब डलर रहेको छ। अमेजनका सिइओ जेफ बेजोस भने सूचीको चौथो स्थानमा छन्। उनको कुल सम्पति १११.८ अर्ब डलर रहेको छ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
भोटेकोशी बाढीपीडितका लागि राष्ट्र बैंकले दियो १ करोड ३८ लाख रकम कांग्रेसले बोलायो केन्द्रीय निर्वाचन समितिको बैठक बाढीपीडितको मानव अधिकार संरक्षण गर्न सरकारलाई राष्ट्रिय मानव अधिकार आयोगको आग्रह मृतकको पहिचान सावधानी र संवेदनशीलताका साथ गरिनुपर्छ : राष्ट्रपति पौडेल भोटेकोशी बाढीपीडितका लागि कांग्रेसले प्रधानमन्त्री राहत कोषमा १ करोड दियो म्याग्दीमा ७२ वर्षीया वृद्धाको हत्या, नाति पक्राउ ‘ग्रीन आर्मी’खारेज गर्न सरकारसँग नेकपाको माग एक जना पनि पीडितले सरकार पाइनँ भन्ने अवस्था आउनुहुँदैन : सभामुख अर्याल राष्ट्रपति पौडेलले आज दिउँसो ३ः३० बजे राष्ट्रका नाममा सम्बोधन गर्ने विपत्तिका बेला विद्युत् संरचनाका तार चोरी हुनु दुःखद र गम्भीर विषय हो : ऊर्जामन्त्री श्रेष्ठ भोटेकोशी बाढीको क्षति बुझ्न प्रभावित क्षेत्रमा पुगे राष्ट्रपति पौडेल राजमार्ग अवरुद्ध भएपछि काठमाडौँमा ग्यास संकट बाढीपीडितको अपमानजनक भिडियो पोस्ट गर्ने युवक पक्राउ भोटेकोशी बाढीमा १ हजार ३५६ शव फेला, ४ हजार ७७ जना अझै बेपत्ता ३९ जिल्लामा आकस्मिक बाढीको जोखिम हतारमा गरिएको पुनर्निर्माण अस्थायी हुन्छ : सभामुख अर्याल कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठक बस्दै सुनचाँदीको मूल्य घट्यो भोटेकोसी बाढीको १३औँ दिन राष्ट्रिय शोक, झण्डा आधा झुकाइयो भोटेकोशी बाढीले रसुवाको पूर्वाधारमा ठूलो क्षति, आठ जलविद्युत् आयोजना पूर्ण प्रभावित