मङ्सिर २३, काठमाडौँ | डा.सिके राउतले नेतृत्व गरेको जनमत पार्टीले आफूले पाएको समानुपातिक सांसद टुंगो लगाएका छन् । प्रतिनिधिसभातर्फ समानुपातिकमा ५ सिट पाएको पार्टीले आफ्नो तर्फबाट मनोनीत सांसदको नाम टुंग्याएको हो ।
जनमत पार्टीले समानुपातिक सांसद चयन गर्न बिहीबार काठमाडौंमा केन्द्रीय समिति बैठक राखेर सांसदको नाम टुंग्याएको हो ।
जनमत पार्टीले अनिता साह, सोनु मुर्मुर, अब्दुल खान, विनिताकुमारी सिंह र गोमा सापकोटालाई समानुपातिक सांसदमा मनोनीत गरेको निर्णय निर्वाचन आयोगमा पठाउने तयारी गरेको जनाएको छ ।
समानुपातिकतर्फ ३ लाख ९४ हजार ६ सय ५५ मत ल्याएको पार्टीको प्रत्यक्षतर्फ भने अध्यक्ष चन्द्रकान्त राउत (सिके)ले मात्रै चुनाव जितेका थिए। सप्तरी-२ मा ३५ हजार ४२ मत ल्याएर सिके राउतले चुनाव जितेका हुन् ।