2026-10-24 10:57 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

आठ हजारभन्दा बढी भारतीय विदेशी जेलमा

मङ्सिर २४, नयाँ दिल्ली | आठ हजारभन्दा बढी भारतीयहरू हाल विभिन्न देशका विदेशी जेलहरूमा कैदीबन्दीका रूपमा रहेको बताइएको छ ।  तीमध्ये  चार हजार ३८९ जना खाडी देशहरूका जेलमा रहेको केन्द्रीय विदेश राज्यमन्त्री वी मुरलीधरनले शुक्रबार बताएका छन् ।

“मन्त्रालयमा उपलब्ध तथ्याङ्क अनुसार भारतीय हाल विदेशी कारागारहरूमा पुर्पक्षमा रहेका लगायतका कैदीहरूको सङ्ख्या ८ हजार ४४१ रहेको छ ।  जसमध्ये  चार हजार ३८९ खाडी मुलुक (संयुक्त अरब इमिरेट्स, साउदी अरेबिया, कतार, कुवेत, बहराइन, ओमान) का जेलमा रहेका छन्,’  उनले भने । 

युएई जेलमा रहेका कैदीहरूले भारतीय जेलमा आफ्नो बाँकी सजाय काट्न सक्छन् कि भनेर सोधिएको प्रश्नको जवाफ दिँदै, राज्यमन्त्रीले सजाय पाएका व्यक्तिहरूको स्थानान्तरण (टीएसपी), जुन नोभेम्बरमा हस्ताक्षर भइसकेको उनले बताए। 

“टिएसपी सम्झौता अन्तर्गत सजाय पाएको व्यक्तिलाई आफ्नो देशमा स्थानान्तरण गर्न कैदीको स्थानान्तरणको इच्छा, स्थानान्तरण र प्राप्त गर्ने देशको सहमति, अनुरोध प्रक्रियाको लागि आवश्यक पूर्ण कागजातको उपलब्धता, क्लियरेन्स जस्ता विभिन्न औपचारिकताहरू पूरा गर्नुपर्ने हुन्छ र सो प्रक्रियका लागि आवश्यक कागजातहरूको युएई पठाइएको छ, “उनले  भने। 

दोहामा हिरासतमा रहेका आठ पूर्व नौसैनिक अधिकारीको मुद्दा फेरि चर्चामा आएपछि  यो विषय पुनः सार्वजनिक  चासोको मुद्दा बनेको हो ।

डिसेम्बर  १ मा मन्त्रालयका प्रवक्ता अरिन्दम बागचीले भारतले कतारमा पक्राउ परेका पूर्व भारतीय नौसेना अधिकारीहरूको मामलामा नियमित रूपमा प्रतिक्रिया दिइरहेको र दूतावासले यस विषयलाइ गम्भीररूपमा लिइरहेको बताएका छन् ।

प्रवक्ताले केही थुनुवाका दोहामा परिवारहरू छन् र उनीहरूलाई साप्ताहिकरूपमा भेटघाट गर्न अनुमति दिइएको पनि बताएका छन् ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
साउदी अरबको सुरक्षाका लागि बेलायतले खटाउने भयो टाइफून लडाकु विमान, यस्ता छन् विशेषता रास्वपा सभापति रवि लामिछाने पत्नीसहित भारत प्रस्थान, तीनदिने धार्मिक भ्रमण गर्ने लुम्बिनी विकास कोषमा आनी छोइङ डोल्माको नियुक्ति बदर गर्न माग गर्दै आन्दोलन जारी युरोपका ६ देशमा प्रदर्शन चर्कियो, फ्रान्समा १८ सय पक्राउ, इटालीमा विद्यालय कब्जा दसैँमा काठमाडौँ उपत्यकाभित्र सशस्त्र प्रहरीको निःशुल्क बस सेवा कांग्रेसका ३५ वर्ष मुनिका ७ युवा केन्द्रीय सदस्यमा निर्वाचित मलेसिया जाने श्रमिकसँग अतिरिक्त शुल्क असुलेको आरोपमा चार जना पक्राउ बाढीले बगाएको आरुघाट पुलको मर्मत सुरु, दसैँअघि सञ्चालन गर्ने लक्ष्य कर्णालीमा नुहाउने क्रममा १२ वर्षीया बालिका बेपत्ता रोजगारीको मूल्य काम गरेको समयले होइन, आम्दानीले निर्धारण गर्छ : ओली खगेन्द्र सुनारको अडिओ प्रकरणमा रास्वपाले गठन गर्‍यो छानबिन समिति संसद् आरोप–प्रत्यारोपमा केन्द्रित हुँदा जनसरोकारका मुद्दा कमजोर बने : खुश्बु ओली भदौमा मात्रै भित्रियो २ खर्ब २१ अर्ब रुपैयाँ रेमिट्यान्स पोखरामा मोटरसाइकलको ठक्करबाट पैदलयात्रीसहित दुई जनाको मृत्यु देउवा पक्षको महाधिवेशनमा केन्द्रीय नेतादेखि सांसदसम्म स्वतः प्रतिनिधि हुने व्यवस्था काठमाडौँको रानीपोखरीमा पुरुषको शव फेला पढाउने भन्दै भारत लैजाँदै गरिएका २५ बालबालिका सीमाबाटै फर्काइए दसैँ मनाउन काठमाडौँ छाड्नेको संख्या साढे २ लाख नाघ्यो विरोध प्रदर्शनमा सहभागी भएपछि इमरान खानलाई भारत छोड्न आदेश कांग्रेस महाधिवेशन : केन्द्रीय कार्यसमितिको सम्पूर्ण नतिजा आज रातिसम्म आउने