२०८३, ६ बैशाख आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

अर्थ/विकास

नवलपरासीलाई दुध उत्पादनमा आत्मनिर्भर घोषणा गर्ने तयारी तिब्र

२०७३, ३१ भाद्र शुक्रबार ११:३२

मोहम्मद ईजहार शेष, भदौं ३१, परासी । नवलपरासी जिल्लालाई दुध उत्पादनमा आत्मनिर्भर जिल्ला घोषणा गर्न जिल्ला पशु सेवा कार्यालय नवलपरासीले तयारी तिब्र पारेको छ । जिल्लालाई यहि असोज मसान्त भित्र दुधमा आत्म निर्भर जिल्ला घोषणा गर्नका लागि तयारी भईरहेको जिल्ला पशु सेवा कार्यालय नवलपरासीले जनाएको छ ।

करिब ६ लाख १५ हजार जनसँख्या रहेको नवलपरासीमा आर्थिक वर्ष ७२÷७३ मा ६५ हजार ७ सय ७८ मेट्रिक टन दुध उत्पादन भएको छ भने आर्थिक वर्ष ७१÷७२ मा ६३ हजार ६ सय ४६ मेट्रिक टन दुध उत्पादन भएको जिल्ला पशु सेवा कार्यालय नवलपरासीका निमित्त कार्यालय प्रमुख भुमिश्वर खनालले जानकारी दिनुभयो

। गत आर्थिक वर्ष भन्दा यो वर्ष ३.३४ प्रतिशतले दुध उत्पादनमा बृद्धि भएको छ । जिल्लामा स्थानीय र उन्नत जात गरि १ लाख ७७ हजार १ सय ४४ वटा गाईहरु रहेका छन् भने १ लाख ५ हजार १ सय ९४ वटा भैंसिहरु रहेका छन् । उनिहरुवाट गत आर्थिक वर्षमा ६५ हजार ७ सय ७८ मेट्रिक टन अर्थात करिब ६ करोड ३५ लाख ५३ हजार ६ सय २३ लिटर दुघ उत्पादन भएको छ । यो अनुपातमा जिल्लामा दैनिक १ लाख ७४ हजार १ सय १९  लिटर दुध उत्पादन हुने गरेको छ । विश्व स्वास्थ्य संग्ठन डब्लु एच ओका अनुसार वर्षेनि हरेक ब्यक्तिले ९१ लिटर हरेक दिन २ सय ५० मिलिलिटर दुध उप्भोग गर्नु पर्दछ ।

जिल्लालाई दुधमा आत्म निर्भर जिल्ला घोषणा गर्दा जिल्लाको कुल दुध उत्पादन र कुल जनसँख्यालाई आधार मानि प्रति ब्यक्ति वार्षिक उपलब्धताको आधारमा प्रति ब्यक्ति ९१ लिटर दुध उपलब्धता हुनु पर्ने सुचक रहेको छ । यो सुचक नजिक जिल्ला पुगेपनि यँहा उत्पादित दुध अन्य जिल्ला र केही दुध भारत निर्यात भएको अवस्था रहेको भने जिल्ला पशु सेवा कार्यालय नवलपरासीले सबै पशु सेवा केन्द्रवाट पछिल्लो डाटा सँकलन गरिरहेको जनाएको छ । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सर्वोच्चकै कर्मचारीले पालना गरेनन् नियम निर्वाचनमा भएको चिन्ताजनक पराजयको गम्भीर समीक्षा र पार्टीको पुनर्गठन नै आजको प्राथमिक कार्यसूची हो: विष्णु पौडेल गाँजासहित तीन जना भारतीय नागरिक पक्राउ जेसिबीसँग कार ठोक्किँदा एकै परिवारका पाँच जना घाइते सरकारी अस्पतालमा शनिबार र आइतबार दुई दिन नै बिदा दिने सर्वोच्च निर्णयपछि पूर्णबहादुर खड्का आन्तरिक छलफलमा पशुपति क्षेत्रमा हर्क साम्पाङको श्रमदान मरेको ब्रोइलर कुखुराको मासु खाएर दुई बालकको मृत्यु एक हप्ताभित्र इन्धनको मूल्यवृद्धि फिर्ता नभए आन्दोलन हुन्छ : दुर्गा प्रसाईं गाँजाको तेलसहित विमानस्थलबाट एक अमेरिकी नागरिक पक्राउ असनमा आजदेखि हरेक शनिबार सवारी निषेध सर्वोच्चले दियो गगनकुमार थापा नेतृत्वको कांग्रेसलाई नै आधिकारिकता दुईवटा मोटरसाइकल एकापसमा ठोक्किएर दुर्घटना हुँदा एकजनाको मृत्यु १२ समितिका नवनिर्वाचित सभापतिहरूले लिए सपथ सरकार र कामपाबीच विकासका लागि सहकार्य गर्ने वातावरण बनेको छ: सुनिता डङ्गोल प्रधानमन्त्री बालेनलाई अवहेलना मुद्दामा वारेस अनुमति सर्वोच्चको आदेशमा हिरासतबाट छुटेका खड्का अस्पतालबाट पनि डिस्चार्ज भए संसदीय समितिका सभापतिहरूको शपथ ४ बजे बालेनविरुद्धको अवहेलना मुद्दामा सुनुवाइ सकियो म गल्ती गर्ने कसैलाई छाड्दिनँ: गृहमन्त्री गुरुङ