२०८३, ४ बैशाख शुक्रबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

बेलायत– भारत स्वतन्त्र व्यापार सम्झौता वार्ता

२०७९, २६ मंसिर सोमबार ०८:४३

मङ्सिर २६, काठमाडौँ | बेलायत र भारतबीच आजदेखि यहाँ स्वतन्त्र व्यापार सम्झौता वार्ता हुँदैछ । बेलायतका वाणिज्यमन्त्री केमी बडेनोकले सोमबार आफ्ना भारतीय समकक्षी केन्द्रीय वाणिज्यमन्त्री पियुष गोयलसँग भेटवार्ता गरेर स्वतन्त्र व्यापार सम्झौताको छैटौं चरणको वार्ता प्रारम्भ गर्नेछिन् । 

वाणिज्यमन्त्री बाडेनोकको भ्रमणले बेलायत र भारतबीचको औपचारिक द्विपक्षीय सम्बन्धलाई सुदृढ पार्ने तथा द्विपक्षीय व्यापार सम्झौता निष्कर्षमा पुग्ने अपेक्षा गरिएको छ । एक सातासम्म जारी रहने वार्तामा बेलायत–भारत व्यापार सम्बन्धका सबै पक्षमा विचारविमर्श हुने वाणिज्य मन्त्रालयले जनाएको छ । 

Britain-India: Britain's trade minister came to India to start a new round  of talks on free trade agreement – News8Plus-Realtime Updates On Breaking  News & Headlines

वार्ता प्रारम्भ हुनुअघि दुवै देशका प्रतिनिधिलाई मन्त्री बाडेनोचले सम्बोधन गर्ने कार्यक्रम छ । उनले भारतका व्यापारीका आवश्यकताबारे जानकारी लिन भारतीय उद्योगव्यवसायी सङ्घका नेताहरूसँग पनि भेटवार्ता गर्नेछिन् । यसक्रममा ‘फेयरट्रेड पेपर एण्ड प्याकेजिङ’ उत्पादन गर्ने प्लान्ट निर्माण गर्न भारतमा एक करोड पाउण्डभन्दा बढी लगानी गर्ने बेलाइती कम्पनीका पदाधिकारीसँग पनि बैठक हुनेछ । 

यसैबीच, बेलायत उद्योग परिसङ्घका अन्तर्राष्ट्रिय निर्देशक एन्डी बर्वेलले बेलायत–भारत स्वतन्त्र व्यापार सम्झौता द्विपक्षीय व्यापार प्रवद्र्धन तथा औद्योगिक विकासका निम्ति महत्वपूर्ण हुने बताउँदै त्यसमा नै बेलाइतले जोड दिने बताएका छन् । पारस्परिक व्यापारलाई सन्तुलित एवम् व्यापाक तुल्याउन यथाशीघ्र सम्झौता हुनुपर्ने अभिमत उनले व्यक्त गरेका छन् । साथै उनले बेलाइतका कम्पनीहरू भारतमा लगानी गर्न उत्सुक रहेका बताएका छन् । 

तत्कालीन प्रधानमन्त्री बोरिस जोनसन र लिज ट्रसको कार्यकालमा नै भारत र बेलायतबीच व्यापार सम्झौता अन्तिम चरणमा पुगेको थियो तर  उहाँहरूले राजीनामा दिएपछि त्यो पछि धकेलिएको थियो । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
संसदीय समितिका सभापतिहरूको शपथ ४ बजे बालेनविरुद्धको अवहेलना मुद्दामा सुनुवाइ सकियो म गल्ती गर्ने कसैलाई छाड्दिनँ: गृहमन्त्री गुरुङ कर्णाली नदीमा डुंगा पल्टिँदा दुई जना बेपत्ता ओली भेट्न अस्पताल पुगे प्रचण्ड संसदीय समितिका सभापतिको निर्वाचन आज कांग्रेसको दुईवटै मुद्दामा सुनुवाइ हुँदै सुनचाँदीको मूल्यमा गिरावट कांग्रेसको विवाद सम्बन्धी मुद्दामा बहस सकिएन, सर्वोच्चले राख्यो हेर्दाहेर्दैमा पेट्रोलियम पदार्थको मूल्यवृद्धिको विरोधमा माइतीघर मण्डलामा प्रदर्शन बालेनले प्रदेशका मुख्यमन्त्रीहरूसँग छलफल गरे १२ वटा संसदीय समितिको सभापतिमा मनोनयन दर्ता अरुलाई जे नियम लागू हुन्छ हामीलाई पनि त्यही हुने हो: रवि लामिछाने सरकारी छाप दुरुपयोग गरेको अभियोगमा तीन जना पक्राउ कालीगण्डकी नदीमा बेपत्ता भएका दुई युवक मृतावस्थामा फेला अहिलेको संविधानप्रति सरकार पूर्ण बफादार छ: अर्थमन्त्री वाग्ले नेप्सेमा गिरावट बिदेशी कामदार भर्ना गर्न TURAP प्रणाली अपनाउने योजनामा मलेसिया सरकार ! सभामुखलाई भेट्न पुगे विपक्षी दल संसदीय समितिका सभापतिका लागि रास्वपाले टुंग्यायो नाम