२०८३ असार २, मंगलबार | ०३:४५ बिहान

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

कार्डको वर्षा गर्ने रेफ्रीलाई फिफाले घर फर्कायो

मङ्सिर २६, काठमाडौँ | विश्वकपमै सर्वाधिक १८ पहेँलो कार्ड देखाएर कार्डको कीर्तिमान बनाउनुभएका स्पेनिस रेफ्री एन्टोनियो माटियु लाहोजलाई विश्व फुटबल महासङ्घ (फिफा) ले बाँकी खेलमा जिम्मेवारी नदिने भएको छ । 

कतारमा जारी विश्वकप अन्तर्गत अर्जेन्टिना र नेदरल्यान्ड्सबीचको क्वार्टरफाइनल खेल खेलाउने क्रममा रेफ्री एन्टोनियोले खेलाडी र अफिसियललाई गरी खेल अवधिभर १७ वटा पहेँलो र नेदरल्यान्ड्सका डेन्जेल डम्फ्रिजलाई दोहोरो पहेँलो (एक रातो कार्ड) देखाउनुभएको थियो ।


रेफ्री एन्टोनियोले उक्त खेलमा विवादास्पद निर्णय गरेको भन्दै विश्वभर रेफ्री एन्टोनियोको चर्को आलोचना भएको थियो । विवादमा परेका एन्टोनियोलाई फिफाले बाँकी जिम्मेवारीबाट अलग गरेपछि उहाँ स्पेन फर्किनु भएको छ ।

रेफ्रीको निर्णयको विषयमा खेलपछि अर्जेन्टिना र नेदरल्यान्ड्स दुवै पक्षले आलोचना गरेका थिए । अर्जेन्टिनाका कप्तान लियोनल मेस्सीले विश्वकप जस्तो प्रतियोगिता खेलाउने रेफ्रीको विषयमा फिफाले ध्यान दिनु पर्ने बताउनुभएको थियो ।

‘‘विश्वकपमा खेलाउने रेफ्रीको भूमिका आज राम्रो थिएन । अतिरिक्त समयमा नजाने खेललाई त्यतिकै लगियो । अर्जेन्टिनाले हारोस् भन्ने मानसिकता रेफ्रीमा देखियो । फिफाले यसबारे आवश्यक कारबाही गर्न आवश्यक छ,’’ मेस्सीले भन्नुभएको थियो । 

दोस्रो हाफको इन्जुरी समयको अन्तिम मिनेटमा नेदरल्यान्ड्सलाई डिबक्स छेउ फ्रिकिक दिएपछि त्यही फ्रिकिकमा गोल गर्दै नेदरल्यान्ड्सले खेललाई २–२ गोलको बराबरी ल्याएको थियो । त्यसपछि खेल अतिरिक्त समय हुँदै टाइब्रेकरमा पुगेको थियो । टाइब्रेकरमा अर्जेन्टिनाले नेदरल्यान्ड्सलाई ४–३ गोलले हराउँदै सेमिफाइनलमा प्रवेश गरेको थियो । 

फिफा विश्वकपमा १८ पहेँलो कार्ड देखाइएको पहिलो पटक हो । यसअघि सन् २००६ को पोर्चुगल र नेदरल्यान्ड्सबीचको प्रिक्वार्टरफाइनल खेलमा चार रातोसहित १६ वटा कार्ड देखाइएको थियो । यसैगरी फिफाले अर्जेन्टिना र नेदरल्यान्ड्सबीचको खेलमा दुवै टोलीले विपक्षीमाथि प्रस्तुत गरेको खराब व्यवहारका कारण अनुशासनसम्बन्धी कारबाही गर्ने पनि जनाएको छ । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
कोशीको बजेट ४० अर्ब ४४ करोड मन्त्री आएपछि शुरू भयो प्रतिनिधिसभा बैठक सीमा रक्षामा विदेशी सेनासँग निहत्था लडिरहनुहुने नेपाली दाजुभाइ दिदीबहिनीहरूको पोषण तथा पोशाकमा पनि बजेट छुट्टाउनुपर्छ : हर्क साम्पाङ राष्ट्रियसभामा बजेटमाथि छलफल प्रारम्भ स्वास्थ्यमन्त्री मेहतासँग जर्मनी राजदूतको भेटवार्ता खैरो हेरोइनसहित एक जना भारतीय नागरिकलाई पक्राउ सुनचाँदीको मूल्य बढ्यो पहिलो खेलमै मोरक्कोसँग बराबरीमा रोकियो ब्राजिल रास्वपा बागमती प्रदेश सभापतिमा उत्सव अर्याल निर्वाचित, दुई मतले हारे लामिछानेलाई संसारमा अहिले सबै भन्दा धेरै गाली र अपमान गरिने मान्छे म नै हुँला: हर्क साम्पाङ पुराना शक्तिहरूसँग अब देश सुधार्ने कुनै योजना र ठाउँ बाँकी छैन, वैकल्पिक शक्तिहरू नै अबको निकास हुन्: बाबुराम भट्टराई काभ्रे बस दुर्घटना छानबिन गर्न समिति गठन आगामी आर्थिक वर्षमा जलविद्युत् उत्पादन क्षमता पाँच हजार ३३५ मेगावाट पुग्ने पार्टीको अस्तित्व कायम गरेर नै अरूलाई पनि जोड्दै जानेछौँ: कुलमान घिसिङ प्रधानमन्त्री बालेनको अभिव्यक्तिबारे हर्क साम्पाङले मागे रास्वपाको धारणा ट्राफिक कारबाहीमा १७ लाख ८६ हजार राजस्व संकलन जग्गा विवादका क्रममा कुटपिट हुँदा एक वृद्धको मृत्यु मन नपरेको खण्डमा सरकारै ढाल्न पाइने अधिकार यही थलोले राख्छ: अर्थमन्त्री वाग्ले अर्थमन्त्रीको कुरा फेरियो, नयाँ भनिनेहरू नै पुराना हुन्: रामकुमारी झाँक्री बीपी राजमार्गमा बस दुर्घटना अपडेट: मृतकको संख्या ८ पुग्यो, १६ घाइते