2026-09-08 12:29 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

ज्याकलिन र १५ भारतीय मिडियाविरुद्ध नोरा फतेहीले हालिन् मानहानीको मुद्दा

मङ्सिर २७, काठमाडौँ | नायिका नोरा फतेहीले अभिनेत्री ज्याकलिन फर्नान्डिसविरुद्ध २०० करोडको मानहानीको मुद्दा दायर गरेकी छन् । समाचार एजेन्सी एएनआईका अनुसार नोराले ज्याकलिनमाथि दुर्भावनापूर्ण ढङ्गले गलत बयान दिएको आरोप लगाएकी छन् । ईडीले मनी लान्ड्रिङ मुद्दामा दुवै अभिनेत्रीसँग सोधपुछ गरेको छ ।

नोराले ज्याकलिनविरुद्ध २०० करोड भारुको मानहानीको मुद्दा दायर गरेको भारतीय सञ्चारमाध्यमले जनाएका छन् । नोराले सुकेश चन्द्रशेखरसँग संलग्न रहेको २०० करोड रुपैयाँको सम्पत्ति शुद्धीकरण मुद्दामा आफ्नो नाम जबरजस्ती प्रयोग गरिएको आरोप लगाएकी छन् । नोराले ज्याकलिन र १५ मिडिया हाउसविरुद्ध मानहानीको मुद्दा दायर गरेकी थिइन् । नोराले ज्याकलिन र मिडिया संस्थाहरु ‘एकअर्कासँग मिलेर काम गरिरहेको’ दाबी गरेकी छन् ।

नोराले वकिलमार्फत दायर गरेको निवेदनमा ‘उजुरीकर्ताको आर्थिक, सामाजिक र व्यक्तिगत चरित्र पतन गराउन षड्यन्त्र रचिएको र अभियुक्त नं. १ ले उक्त कारवाही गरेको’ बताएकी छन् ।

नोराले सुकेशसँग आफ्नो प्रत्यक्ष सम्पर्क भने नभएको बताइन् । उनले सुकेशकी श्रीमती लीना मारिया पलमार्फत सुकेशलाई चिनेको बताएकी छन् । नोराले सुकेश चन्द्रशेखरबाट उपहार लिएको पनि अस्वीकार गरेकी छन् । मिडिया ट्रायलका कारण आफ्नो इज्जतमा चोट पुगेको नोराको भनाइ छ । उल्लेखनीय कुरा के छ भने ज्याकलिन र नोरा मनी लान्ड्रिङ मुद्दामा ईडीको निशानामा छन् । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
भोटेकोशी बाढीपीडितका लागि राष्ट्र बैंकले दियो १ करोड ३८ लाख रकम कांग्रेसले बोलायो केन्द्रीय निर्वाचन समितिको बैठक बाढीपीडितको मानव अधिकार संरक्षण गर्न सरकारलाई राष्ट्रिय मानव अधिकार आयोगको आग्रह मृतकको पहिचान सावधानी र संवेदनशीलताका साथ गरिनुपर्छ : राष्ट्रपति पौडेल भोटेकोशी बाढीपीडितका लागि कांग्रेसले प्रधानमन्त्री राहत कोषमा १ करोड दियो म्याग्दीमा ७२ वर्षीया वृद्धाको हत्या, नाति पक्राउ ‘ग्रीन आर्मी’खारेज गर्न सरकारसँग नेकपाको माग एक जना पनि पीडितले सरकार पाइनँ भन्ने अवस्था आउनुहुँदैन : सभामुख अर्याल राष्ट्रपति पौडेलले आज दिउँसो ३ः३० बजे राष्ट्रका नाममा सम्बोधन गर्ने विपत्तिका बेला विद्युत् संरचनाका तार चोरी हुनु दुःखद र गम्भीर विषय हो : ऊर्जामन्त्री श्रेष्ठ भोटेकोशी बाढीको क्षति बुझ्न प्रभावित क्षेत्रमा पुगे राष्ट्रपति पौडेल राजमार्ग अवरुद्ध भएपछि काठमाडौँमा ग्यास संकट बाढीपीडितको अपमानजनक भिडियो पोस्ट गर्ने युवक पक्राउ भोटेकोशी बाढीमा १ हजार ३५६ शव फेला, ४ हजार ७७ जना अझै बेपत्ता ३९ जिल्लामा आकस्मिक बाढीको जोखिम हतारमा गरिएको पुनर्निर्माण अस्थायी हुन्छ : सभामुख अर्याल कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठक बस्दै सुनचाँदीको मूल्य घट्यो भोटेकोसी बाढीको १३औँ दिन राष्ट्रिय शोक, झण्डा आधा झुकाइयो भोटेकोशी बाढीले रसुवाको पूर्वाधारमा ठूलो क्षति, आठ जलविद्युत् आयोजना पूर्ण प्रभावित