१२ माघ २०८२, आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

विश्वकपको सेमिफाइनलअघि मोरक्कोलाई साउदी युवराजको सन्देश

२८ मंसिर २०७९, बुधबार ११:३५

मङ्सिर २८, काठमाडौँ | साउदी अरबका युवराज मोहम्मद बिन सलमानले मोरक्कन फुटबल टोलीलाई सेमिफाइनलमा पुगेकोमा बधाई दिएका छन् ।

साउदी प्रेस एजेन्सीका अनुसार मंगलबार साउदी युवराजले मोरक्कोका राजालाई टेलिफोन गरी क्वार्टरफाइनल जितेकोमा टोलीलाई बधाई दिएका थिए ।

बुधबार दिउँसो १२ः३० बजे कतारको अल बेट स्टेडियममा मोरक्को र फ्रान्सबीच सेमिफाइनल खेल हुनेछ ।


शनिबार राति भएको क्वार्टरफाइनल खेलमा मोरक्कोले पोर्चुगिज टोलीलाई १–० गोल अन्तरले पराजित गरेको हो । योसँगै मोरक्को फिफा विश्वकपको सेमिफाइनलमा पुग्ने पहिलो अफ्रिकी राष्ट्र बनेको छ ।

युवराजले टोलीलाई बधाई दिँदै भने, ‘तपाईंहरुले जे हासिल गर्नुभएको छ त्यो अरब राष्ट्र र जनताका लागि गौरवको विषय हो र हामी सबै टोलीको सफलताको कामना गर्दछौँ ।’

शनिबार अरब राष्ट्र, प्यालेस्टाइन र पाकिस्तानले मोरक्कोको जितमा उत्सव मनाएका छन् । धेरैले मोरक्कोको जितलाई इस्लामको विजयसँग जोडिरहेका थिए ।

बुधबार अबेर राति हुने दोस्रो सेमिफाइनलमा फिफाको फाइनल प्रतिस्पर्धामा मोरोक्को वा फ्रान्समध्ये अर्जेन्टिनासँग को भिड्नेछ भन्ने निश्चित हुनेछ 

मंगलबार राति भएको पहिलो सेमिफाइनल खेलमा क्रोएसियालाई ३–० ले हराउँदै अर्जेन्टिना फाइनलमा पुगेको हो । फाइनल खेल आइतबार हुनेछ । यदि मोरक्कोले फ्रान्सलाई हराएमा उसले फाइनलमा अर्जेन्टिनासँग खेल्नेछ र यदि हार्यो भने फ्रान्स र अर्जेन्टिनाबीच फाइनल खेल हुनेछ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
स्वच्छ र निष्पक्ष निर्वाचनका लागि सबै जिम्मेवार बनौँ: प्रचण्ड गगन थापाले यसपटक आँट गरेर सर्लाहीबाट उम्मेदवारी दिएको बताए गाजामा नागरिकको हत्या जारी रहने राष्ट्रसंघको चेतावनी कुलमान घिसिङले रास्वपासँग कुनै पदको बार्गेनिङ नगरेको बताए पश्चिमी वायुको प्रभावका कारण काठमाडौँ उपत्यकामा मौसम परिवर्तन प्रधानमन्त्रीले बन्दुक समातेर गोली चलाउँदैन, जेनजी हत्याको आरोप मलाई लगाइयो: केपी ओली चुनावी अभियानको क्रममा तेह्रथुम पुगे बालेन शाह हिमपातले सुदूर पहाडको जनजीवन प्रभावित आज अन्तर्राष्ट्रिय शिक्षा दिवस मनाइँदै देश अझै संकटमा छ, दुर्घटनामा पर्न सक्छ: प्रचण्ड महावीर पुनले पाए त्रिभुज चुनाव चिन्ह मन्त्रिपरिषद् बैठकका निर्णयहरु सार्वजनिक बदलिएको कांग्रेसले देशलाई बदल्छ : सभापति गगन थापा गगन थापालाई प्रधानमन्त्रीको उम्मेदवार बनाउने कांग्रेसको निर्णय हल्लाको पछि नलाग्न आशिका तामाङको आग्रह राष्ट्रिय सभाको बैठक जारी आशिका तामाङले उम्मेदवारी फिर्ता लिन निर्वाचन अधिकृतलाई गरिन् फोन बाबुराम भट्टराईले फिर्ता लिए उम्मेदवारी गगन थापा सभापति बनेपछि पहिलोपटक सानेपामा पुगेर बैठक गर्दै पाथीभरा पुगे बालेन शाह