2026-10-24 10:57 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

हलिउडका चर्चित कलाकार स्टीफन बोसले गरे आत्महत्या

मङ्सिर २९, काठमाडौँ । हलीवुड जगतका चर्चित कलाकार स्टीफन बोसले आत्महत्या गरेका छन् । उनको आत्महत्याले कला क्षेत्र शोकाकुल भएको छ । रिपोर्टकाअनुसार उनले १३ डिसेम्बर २०२२ मै आत्महत्या गरेका थिए । उनको शव एक होटलको कोठामा फेला परेको थियो । 

स्टीफन बोस ‘द एलिन डी जॉनर्स, र ‘सो यू थिंक यू क्यान डान्स’ जस्ता शोबाट परिचय बनाएका थिए । यस्तै उनले आफ्ना शानदार डान्सले चर्चित थिए । सञ्चार माध्यमले जनाएअनुसार प्रहरीले उनको लाश लस एन्जिलिसको एक होटलको कोठामा फेला पारेको थियो । उनका श्रीमती एलिसन हॉकरका अनुसार बोस आफ्नो कार नलिएरै घरबाट बाहिर गएका थिए । स्टीफन बोसको अचानक निधनबाट परिवारका सदस्य शोकाकुल भएका छन् । केही सञ्चार माध्यमका अनुसार स्टीफन आफैले आफैलाई गोली हानी आत्महत्या गरेका थिए । उनले आत्महत्याको बाटो किन रोजे भन्ने खुलेको छैन । यसबारेमा प्रहरीले अनुसन्धान गरिरहेको जनाएको छ । 

स्टीफन बोसको आत्महत्यापछि उनका श्रीमती एलिन हॉकरले स्टीफन आफ्नो परिवार, समुदाय र आफन्तलाई धेरै महत्व दिनेगरेका थिए । तर अचानक आत्महत्याको बाटो रोजे । स्टीफनका श्रीमतीसहित तीन बालबालिका छन् ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
साउदी अरबको सुरक्षाका लागि बेलायतले खटाउने भयो टाइफून लडाकु विमान, यस्ता छन् विशेषता रास्वपा सभापति रवि लामिछाने पत्नीसहित भारत प्रस्थान, तीनदिने धार्मिक भ्रमण गर्ने लुम्बिनी विकास कोषमा आनी छोइङ डोल्माको नियुक्ति बदर गर्न माग गर्दै आन्दोलन जारी युरोपका ६ देशमा प्रदर्शन चर्कियो, फ्रान्समा १८ सय पक्राउ, इटालीमा विद्यालय कब्जा दसैँमा काठमाडौँ उपत्यकाभित्र सशस्त्र प्रहरीको निःशुल्क बस सेवा कांग्रेसका ३५ वर्ष मुनिका ७ युवा केन्द्रीय सदस्यमा निर्वाचित मलेसिया जाने श्रमिकसँग अतिरिक्त शुल्क असुलेको आरोपमा चार जना पक्राउ बाढीले बगाएको आरुघाट पुलको मर्मत सुरु, दसैँअघि सञ्चालन गर्ने लक्ष्य कर्णालीमा नुहाउने क्रममा १२ वर्षीया बालिका बेपत्ता रोजगारीको मूल्य काम गरेको समयले होइन, आम्दानीले निर्धारण गर्छ : ओली खगेन्द्र सुनारको अडिओ प्रकरणमा रास्वपाले गठन गर्‍यो छानबिन समिति संसद् आरोप–प्रत्यारोपमा केन्द्रित हुँदा जनसरोकारका मुद्दा कमजोर बने : खुश्बु ओली भदौमा मात्रै भित्रियो २ खर्ब २१ अर्ब रुपैयाँ रेमिट्यान्स पोखरामा मोटरसाइकलको ठक्करबाट पैदलयात्रीसहित दुई जनाको मृत्यु देउवा पक्षको महाधिवेशनमा केन्द्रीय नेतादेखि सांसदसम्म स्वतः प्रतिनिधि हुने व्यवस्था काठमाडौँको रानीपोखरीमा पुरुषको शव फेला पढाउने भन्दै भारत लैजाँदै गरिएका २५ बालबालिका सीमाबाटै फर्काइए दसैँ मनाउन काठमाडौँ छाड्नेको संख्या साढे २ लाख नाघ्यो विरोध प्रदर्शनमा सहभागी भएपछि इमरान खानलाई भारत छोड्न आदेश कांग्रेस महाधिवेशन : केन्द्रीय कार्यसमितिको सम्पूर्ण नतिजा आज रातिसम्म आउने