५ माघ २०८२, आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

बर्लिनको एक होटलमा रहेको विश्वकै ठूलो एक्वारियम फुट्यो

१ पुष २०७९, शुक्रबार ११:१०

पुस १, काठमाडौँ | जर्मनीको राजधानी बर्लिनस्थित एक होटलको लबीमा रहेको करिब ४६ फिट अग्लो एक्वारियम फुट्दा होटलको लबीका साथै बाहिरको सडक जलमग्न भएको छ ।

करिब १५ सय विभिन्न थरीका माछा रहेको उक्त एक्वारियम फुटेसँगै दशौं लाख लिटर पानीले र्‍याडिसन ब्लु होटलको लबी जलमग्न भएको थियो । उक्त घटनामा दुईजना व्यक्तिसमेत घाइते भएको प्रहरीले जनाएको छ । एक्वारियम फुटेपछि त्यहाँ रहेका पाहुनालाई अन्यत्रै सारिएको छ । के कारणले गर्दा एक्वारियम फुट्यो भन्नेबारे पत्ता लागेको भने छैन ।


उक्त एक्वारियमलाई दुई वर्षअघि मात्रै परिष्कृत गरिएको थियो भने केही होटल रुमबाट उक्त एक्वारियमको दृश्य देखिने भनेर विज्ञापन पनि गर्ने गरिएको थियो । एक्वाडोम नाम दिइएको उक्त एक्वारियम सिलाइफले सञ्चालन गरेको थियो । सिलाइफले विश्वका अन्य स्थानमा पनि यस्ता आकर्षणका लागि संरचना बनाउने गरेको छ ।

सो एक्वारियममा विभिन्न सय प्रजातिका १५ सय माछा रहेको बताइको छ । उक्त एक्वाडोम डिसेम्बर २००३ मा निर्माण सम्पन्न गरी खुला गरिएको थियो । यो विश्वकै ठूलो सिलिणन्ड्रिकल एक्वारियम भएको भन्दै गिनिज वर्ल्ड रेकर्डमा समेत दर्ता गरिएको छ । यसको निर्माणका लागि १ करोड २८ लाख युरो लागेको थियो ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
जर्मनीको मुद्रास्फीति दर स्थिर, डिसेम्बरमा १.८ प्रतिशतमा झर्‍यो रवि लामिछानेको मुद्दा फिर्ता लिने निर्णयविरुद्ध युवा संघको प्रदर्शन पार्टी छाडेकालाई कांग्रेसमा फर्कन आग्रह संविधान संरक्षणमा पूर्वराष्ट्रपति यादवको जोड भावी सरकारमा पनि ‘मिडिया’कर्मीको प्रतिनिधित्व हुनुपर्छः सञ्चारमन्त्री छ महिनामा ३९ अर्ब बढीको वैदेशिक लगानी प्रतिबद्धता सनासो प्रहार गरी श्रीमतीको हत्या मानसिक सन्तुलन गुमाएका युवकद्वारा आमाको हत्या कांग्रेसलाई एकढिक्का बनाएर अगाडि लैजान्छौँः सभापति थापा छतबाट खसेर वृद्धाको मृत्यु ग्रीनल्याण्ड राष्ट्रिय सुरक्षाका लागि महत्वपूर्ण : राष्ट्रपति ट्रम्प सामाजिक विकासका लागि ३३ वटा संस्थाहरूबाट प्रस्ताव पेस काठमाडौँका यी स्थानमा आज बिजुली कटौती हुने कांग्रेस केन्द्रीय समितिको बैठक बस्दै रवि लामिछानेको मुद्दा फिर्ता गर्नेे निर्णयमा बारको आपत्ति भूकम्पलगायत विपद्बाट हुनसक्ने क्षति न्यूनीकरण गर्न एकढिक्का भएर लाग्न गृहमन्त्रीको आह्वान केन्द्रीय कार्यसमितिको अधिकार मिचेर गरिएको भेलालाई आयोगले वैधता दिनेछैन– कार्यवाहक सभापति खड्का बैंक लुटपाटमा संलग्न सात जना पक्राउ चीन–क्यानाडा सम्बन्ध सुधारको सङ्केत मन्त्री चौलागाईंसँग जापानी राजदूतको भेटवार्ता