२०८३, ४ बैशाख शुक्रबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

पाकिस्तानी मन्त्रीद्वारा भारतलाई परमाणु बमको धम्की

२०७९, ३ पुष आईतवार ०६:२४

पुस ३, काठमाडौँ | पाकिस्तानकी मन्त्री शाजिया मारीले भारतलाई परमाणु बम प्रहार गर्न सक्ने धम्की दिएकी छन् । उनले पाकिस्तानको आणविक अवस्था चुप लागेर बस्न स्थानमा नभएको बताइन् ।

समाचार एजेन्सी एएनआईका अनुसार पाकिस्तान पिपुल्स पार्टीकी नेतृ शाजिया मारीले बोल न्यूजसँगको पत्रकार सम्मेलनमा यी कुराहरू बताएकी हुन्।

शाजियाले भनिन्, ‘भारतले हामीसँग एटम बम छ भन्ने कुरा बिर्सनु हुँदैन । हाम्रो आणविक स्थिति मौन बस्नने अवस्थाको छैन। आवश्यक परेमा हामी पछि हट्ने छैनौं।'

उनले भनिन्, ‘मोदी सरकारका कुनै पनि फोरममा भारतका मन्त्री यति अन्धो बनेर पाकिस्तान जस्तो आणवि शक्ति सम्पन्न राष्ट्रका लागि बकवास कुरा गर्न सक्छन् भने त्यो उनको दोष हो ।'

“मैले धेरै फोरमहरूमा मोदी सरकारले पठाएको कूटनीतिज्ञहरूको सामना गरेको छु।  जहाँ यी मन्त्रीले संयुक्त राष्ट्र संघमा बोलेका शब्दहरू नै भनिएका छन्। पाकिस्तानलाई आतंकवादको केन्द्र भनिन्छ । यो उनीहरुको एक षड्यन्त्र हो।'

यद्यपि शाजियाले आफ्नो बयानपछि एएनआईको समाचारलाई रिट्वीट गर्दै लेखेकी छन्, ‘पाकिस्तान एक जिम्मेवार आणविक देश हो। भारतीय सञ्चारमाध्यमका कतिपय तत्वले हंगामा मच्चाउन खोजिरहेका छन् । भारतीय मन्त्रीको भड्कावपूर्ण भनाइप्रति पाकिस्तानी विदेशमन्त्रीले प्रतिक्रिया दिएका थिए । आतंकवादविरुद्धको लडाइमा पाकिस्तानले भारतभन्दा धेरै गुमाएको छ । मोदी सरकारले अतिवाद र फासीवादलाई बढावा दिइरहेको छ ।'

पाकिस्तानका विदेशमन्त्री बिलावल भुट्टोले भारतका प्रधानमन्त्री नरेन्द्र मोदीलाई लिएर दिएको विवादास्पद बयानपछि शाजियाको बयान आएको हो । उनले भुट्टोको भनाइको समर्थन गरेकी छन् ।

बिलावल भुट्टोले भनेका थिए, ‘ओसामा बिन लादेन मरेका छन् तर ‘गुजरातका कसाई’ जीवित छन् । र उनी भारतका प्रधानमन्त्री हुन् । प्रधानमन्त्री नहुँदासम्म उनलाई अमेरिका आउन प्रतिबन्ध लगाइएको थियो ।'

उक्त वक्तव्यको भारतमा चर्को विरोध भएको थियो र भाजपाले पाकिस्तानी दूतावास अगाडि विरोध प्रदर्शन गरेको थियो।

यसअघि संयुक्त राष्ट्र संघमा भारतका विदेशमन्त्री एस जयशंकरले पाकिस्तानलाई आतंकवादको केन्द्र भएको भन्दै आलोचना गरेका थिए ।

बिलावल भुट्टोको भनाइको जवाफमा भारतीय विदेश मन्त्रालयले भनेको छ, ‘यो कथन पाकिस्तानका अनुसार पनि एकदमै तल्लो तहको छ । पाकिस्तानका अल्पसंख्यकहरूको दृष्टिकोणमा खासै परिवर्तन आएको छैन। उसलाई भारतलाई दोष दिने अधिकार छैन ।' बीबीसी

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
संसदीय समितिका सभापतिहरूको शपथ ४ बजे बालेनविरुद्धको अवहेलना मुद्दामा सुनुवाइ सकियो म गल्ती गर्ने कसैलाई छाड्दिनँ: गृहमन्त्री गुरुङ कर्णाली नदीमा डुंगा पल्टिँदा दुई जना बेपत्ता ओली भेट्न अस्पताल पुगे प्रचण्ड संसदीय समितिका सभापतिको निर्वाचन आज कांग्रेसको दुईवटै मुद्दामा सुनुवाइ हुँदै सुनचाँदीको मूल्यमा गिरावट कांग्रेसको विवाद सम्बन्धी मुद्दामा बहस सकिएन, सर्वोच्चले राख्यो हेर्दाहेर्दैमा पेट्रोलियम पदार्थको मूल्यवृद्धिको विरोधमा माइतीघर मण्डलामा प्रदर्शन बालेनले प्रदेशका मुख्यमन्त्रीहरूसँग छलफल गरे १२ वटा संसदीय समितिको सभापतिमा मनोनयन दर्ता अरुलाई जे नियम लागू हुन्छ हामीलाई पनि त्यही हुने हो: रवि लामिछाने सरकारी छाप दुरुपयोग गरेको अभियोगमा तीन जना पक्राउ कालीगण्डकी नदीमा बेपत्ता भएका दुई युवक मृतावस्थामा फेला अहिलेको संविधानप्रति सरकार पूर्ण बफादार छ: अर्थमन्त्री वाग्ले नेप्सेमा गिरावट बिदेशी कामदार भर्ना गर्न TURAP प्रणाली अपनाउने योजनामा मलेसिया सरकार ! सभामुखलाई भेट्न पुगे विपक्षी दल संसदीय समितिका सभापतिका लागि रास्वपाले टुंग्यायो नाम