2026-10-24 10:58 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

पाँच वर्षअघि मृत भेटिएका क्यानडियन अर्बपति जोडीका हत्यारा पत्ता लगाउनेलाई साढे ३ करोड डलर इनाम

पुस ३, काठमाडौँ | पाँच वर्षअघि रहस्यमयी तरिकाले मृत्यु भएका क्यानडाका एक अर्बपति जोडीका हत्यारा पत्ता लगाउनेले साढे ३ करोड डलर इनाम घोषणा गरिएको छ।

सन् २०१७ डिसेम्बर १५ मा ब्यारी र हनी सेर्मनको जोडी आफ्नै घरको स्विमिङ पुलमा मृत भेटिएको सिएनएनले जनाएको छ।

सुरूमा उनीहरूले आत्महत्या गरेको अनुमान गरिएको थियो। पछि उनीहरूको हत्या भएको खुल्यो। तर उनको हत्या कसले गरेको भन्ने अहिलेसम्म खुल्न सकेको छैन।

७५ वर्षीय ब्यारीको मृत्यु हुँदा उनीसँग ३ अर्ब डलर सम्पत्ति थियो। सन् १९७४ मा उनले औषधी उत्पादन गर्ने कम्पनी स्थापना गरेका थिए। उनीहरूले करोडौं डलर दान गरेका थिए।

उनीहरूका छोरा जोनाथन सेर्मनले पाँच वर्षदेखि आफ्ना बुवा-आमाको हत्या कसले गरेको भन्ने थाहा नपाउँदा निकै पीडा भएको बताएका छन्।

हत्यारा पत्ता लगाउनलाई यसअघि नै  १ करोड डलर इनाम घोषणा गरिएको थियो। बुवा-आमाको हत्या भएको पाँच वर्ष पुगेको दिन विज्ञप्ति जारी गर्दै उनले थप साढे २ करोड डलर इनाम दिने घोषणा गरेका हुन्।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
साउदी अरबको सुरक्षाका लागि बेलायतले खटाउने भयो टाइफून लडाकु विमान, यस्ता छन् विशेषता रास्वपा सभापति रवि लामिछाने पत्नीसहित भारत प्रस्थान, तीनदिने धार्मिक भ्रमण गर्ने लुम्बिनी विकास कोषमा आनी छोइङ डोल्माको नियुक्ति बदर गर्न माग गर्दै आन्दोलन जारी युरोपका ६ देशमा प्रदर्शन चर्कियो, फ्रान्समा १८ सय पक्राउ, इटालीमा विद्यालय कब्जा दसैँमा काठमाडौँ उपत्यकाभित्र सशस्त्र प्रहरीको निःशुल्क बस सेवा कांग्रेसका ३५ वर्ष मुनिका ७ युवा केन्द्रीय सदस्यमा निर्वाचित मलेसिया जाने श्रमिकसँग अतिरिक्त शुल्क असुलेको आरोपमा चार जना पक्राउ बाढीले बगाएको आरुघाट पुलको मर्मत सुरु, दसैँअघि सञ्चालन गर्ने लक्ष्य कर्णालीमा नुहाउने क्रममा १२ वर्षीया बालिका बेपत्ता रोजगारीको मूल्य काम गरेको समयले होइन, आम्दानीले निर्धारण गर्छ : ओली खगेन्द्र सुनारको अडिओ प्रकरणमा रास्वपाले गठन गर्‍यो छानबिन समिति संसद् आरोप–प्रत्यारोपमा केन्द्रित हुँदा जनसरोकारका मुद्दा कमजोर बने : खुश्बु ओली भदौमा मात्रै भित्रियो २ खर्ब २१ अर्ब रुपैयाँ रेमिट्यान्स पोखरामा मोटरसाइकलको ठक्करबाट पैदलयात्रीसहित दुई जनाको मृत्यु देउवा पक्षको महाधिवेशनमा केन्द्रीय नेतादेखि सांसदसम्म स्वतः प्रतिनिधि हुने व्यवस्था काठमाडौँको रानीपोखरीमा पुरुषको शव फेला पढाउने भन्दै भारत लैजाँदै गरिएका २५ बालबालिका सीमाबाटै फर्काइए दसैँ मनाउन काठमाडौँ छाड्नेको संख्या साढे २ लाख नाघ्यो विरोध प्रदर्शनमा सहभागी भएपछि इमरान खानलाई भारत छोड्न आदेश कांग्रेस महाधिवेशन : केन्द्रीय कार्यसमितिको सम्पूर्ण नतिजा आज रातिसम्म आउने