2026-07-25 04:25 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

पब्जीको ‘विश्वकप’ मा नेपाली दुई टोली, कम्तिमा १–१ करोड रकम पाउने निश्चित

पुस ४, काठमाडौँ | चर्चित मोबाइल खेल पब्जीको विश्वकप अर्थात् पब्जी मोबाइल ग्लोबल च्याम्पियनसिपको अन्तिम चरणमा नेपालका दुईवटा टोली द रिअल सोल्जर्स (डीआरएस) र ट्रेन्ड टु किल (टीटूके) अन्तिम चरणमा पुगेका छन्।

आगामी जनवरीमा उनीहरू विभिन्न देशका अन्य चौधवटा समूहविरुद्ध च्याम्पियन बन्नका लागि भिड्नेछन्।

चिनियाँ कम्पनी टेन्सेन्ट गेम्सले आयोजना गरेको यस प्रतियोगितामा कुल पुरस्कार रकम चालिस लाख अमेरिकी डलर घोषणा गरिएको छ।

उक्त रकम अन्तिम चरणमा पुगेका १६ वटै टोलीलाई उनीहरूले प्राप्त गरेको अङ्कका आधारमा भाग लगाइने छ।

त्यसमध्ये सेमिफाइनल चरण पार गरेका नेपाली दुवै समूहले कम्तीमा पनि एक-एक करोड नेपाली रुपैयाँभन्दा बढी रकम प्राप्त गर्ने निश्चित भइसकेको बताइएको छ।

सुरुमा विश्वभरिका ४८ समूहको प्रतिस्पर्धा भएको थियो त्यसमा तीनवटा नेपाली टोली थिए। तर नेपालको स्काइलाइट्स गेमिङ चाहिँ बाहिरिएको छ। यद्यपि, उक्त समूहले ३३ हजार डलर बराबरको नगद पुरस्कार प्राप्त गरेको हुनसक्ने बताइएको छ।

उनीहरूले विश्वस्तरको प्रतिस्पर्धामा जानुअघि दक्षिण एसियाली प्रतियोगिता पार गरेका हुन्। जसमार्फत् नेपालका तीन, मङ्गोलियाका दुई र पाकिस्तानको एक टोली छनौट भएका थिए। तीमध्ये नेपालको एउटासँगै पाकिस्तानी टोली अन्तिम चरणसम्म पुगेनन्। बिबिसी नेपालीबाट

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सीमा नाकामा गृहमन्त्री जाँदा धेरै घेर्नुहुँदो रहेछ, अब स्पेशल टास्क फोर्सले काम गर्छ : गृहमन्त्री गुरुङ आवश्यकताअनुसार उच्चस्तरीय भ्रमणलाई सरकारले निरन्तरता दिन्छ : परराष्ट्र मन्त्रालय दुई दिन बिदा कायम हुन्छ: शिक्षामन्त्री पोखरेल सांसदलाई स्वकीय सचिव राख्ने सरकारी निर्णयविरुद्ध सर्वोच्चमा रिट विमानस्थलबाट साढे ६ लाख नगदसहित उपसचिव पक्राउ खैरो हेरोइनसहित चार जना पक्राउ इरानमाथि लगातार १३औँ रात पनि हमला करेन्ट लागेर सशस्त्र प्रहरी जवानको मृत्यु सुनचाँदीको मूल्य घट्यो शिक्षामन्त्री पोखरेललाई नेपो बेबीको आरोप लगाउनेहरू पक्राउ अर्ग्यानिक कृषि उत्पादनको प्रमाणीकरण गर्ने व्यवस्था देशभित्रै मिलाउन प्रधानमन्त्री शाहको निर्देशन तीन पार्टीले मिलेर खाए होइन, बलिदान दिए : केपी ओली विमानस्थलबाट आठ किलो गाँजासहित दुई जना पक्राउ अबका ४ वर्षमा विश्वविद्यालयमा हुने राजनीतिकरणको पूर्णरूपमा अन्त्य हुन्छ : शिक्षामन्त्री पोखरेल चार लाख भारतीय रुपैयाँ सहित एक जना पक्राउ शैक्षिक परामर्श क्षेत्रका समस्या र नीतिगत सुधारबारे सरोकारवालासँग छलफल गर्दै शिक्षा मन्त्रालय सुनचाँदीको मूल्य बढ्यो श्रीमतीको हत्यापछि श्रीमान्‌ले गरे आत्महत्या कांग्रेस कमजोर बन्दा देश अराजकतातिर जान्छ: शेखर कोइराला मन्त्रिपरिषद् बैठकका ७ निर्णय सार्वजनिक