५ माघ २०८२, आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

मेस्सीलाई लगाइएको कालो पहिरन के हो जसको सामाजिक सञ्जालमा चर्चा भइरहेको छ

४ पुष २०७९, सोमबार ११:२४

पुस ४, काठमाडौँ | आइतबार रात, लियोनल मेस्सी र उनका फ्यानहरूको सपना साकार भयो । ३६ वर्षको लामो प्रतिक्षापछि अर्जेन्टिनाले फुटबल मैदानमा फेरी आफ्नो साम्राज्य स्थापित गरेको छ । यसअघि अर्जेन्टिनाले सन् १९७८ र १९८६ मा विश्वकप जितेको थियो ।

अर्जेन्टिनाको जितपछि मेस्सीले स्टेजमा अवार्ड लिन दुई पटक स्टेजमा पाइला टेकेका थिए, जसमध्ये एउटालाई लिएर सामाजिक सञ्जालमा मानिसहरुले प्रश्न र जवाफ दिइरहेका छन् ।


मेस्सी पहिलो पटक स्टेज चढ्दा उनलाई गोल्डेन बल अवार्ड दिइएको थियो । यो अवार्ड प्रतियोगितामा उत्कृष्ट प्रदर्शन गर्ने खेलाडीलाई दिइन्छ । त्यसपछि अर्जेन्टिनाका खेलाडीहरू फिफा विश्वकप ट्रफी लिन एक–एक गरेर स्टेजमा पुगे, यसैबीच सबैका आँखा मेस्सीलाई खोजिरहेका थिए ।

मेस्सी सबैभन्दा अन्तिममा स्टेजतर्फ अघि बढे । उनलाई स्टेजमा पदक दिएपछि कतारका अमिर शेख तमिम बिन हमाद अल थानीले उनलाई कालो र सुनौलो रङको जालीदार पोशाक लगाइदिए । यो पोशाकलाई लिएर सामाजिक सञ्जालमा केहीले प्रश्न उठाइरहेका छन् भने केहीले यसको पक्षमा लेखिरहेका छन् । योसँगै कतिपयले यो पहिरन के हो र यसलाई के भनिन्छ भनेर जान्न खोजिरहेका छन्  ।

मेस्सीले लगाउने पहिरनलाई बिष्ट पनि भनिन्छ । यो अरब देशहरूमा एक प्रकारको सांस्कृतिक पोशाक हो । यो विशेष अवसरहरूमा मात्र लगाइन्छ । यसै कारण आइतबार राती जितलाई विशेष बनाउनका लागि मेस्सीलाई जालीदार, सुनौलो रङले सजाइएको पोसाक लगाइएको थियो ।


तर, यो पोशाक मेस्सीलाई लगाइदिँदा उनी आफैँलाई पनि कसरी लगाउने भन्ने बुझेका थिएनन् । शेख तमिम बिन हमादले मेस्सीलाई यो पोशाक लगाउन मद्दत गरे । त्यसपछि मेस्सी ट्रफी लिएर खुसी हुँदै आफ्नो टोली तर्फ लागे र रंगशालामा आतिशबाजी सुरु भयो ।

बिष्ट के हो ?

कतार विश्व कप आयोजक समितिका महासचिव हसन अल थावादीले बीबीसी स्पोर्टसँगको कुराकानीमा यसबारे जानकारी दिएका छन् । उनले भने, ‘यो आधिकारिक पोशाक हो र यो विशेषगरी समारोहको लागि लगाइन्छ । यो मेस्सीको जीतको सम्मानमा उनलाई लगाइएको थियो । ’

उनले भने, ‘विश्वकप हाम्रा लागि अरब र मुस्लिम संस्कृतिको दुनियाँलाई देखाउने अवसर थियो । यो कतारको लागि होइन, यसले एक क्षेत्रको उत्सवको आनन्द देखाएको छ ।’

सामाजिक सञ्जालमा के भनिरहेका छन् मानिस ?

आयरिश ब्लगर जोनी वार्डले लेखेका छन् – कालो पोशाकले फोटो खिच्ने बेला मेस्सीको प्रतिष्ठित १० नम्बरको टी–सर्टलाई छोप्ने काम गर्यो । किन यस्तो गरेको होला ? यो अपमान हो र यसका लागि जिम्मेवार कतार हो ।’

‘त्यो क्षण जसलाई मेस्सीले सपनामा देखेका थिए’ लेखिएको ट्वीटलाई रिट्वीट गर्दै शोभिक बर्नीले लेखे, ‘निश्चित रुपमा कालो कपडा उनको सपनामा थिएन ।’

बालुमा नामका एक ट्वीटर प्रयोगकर्ताले लेखेका छन्, ‘मेस्सीले मेरो लागि कप उठाएको क्षणलाई कालो पोशाकले बर्बाद बनायो ।’

बीडीएम नामका एक प्रयोगकर्ताले लेखेका छन्, ‘ मेस्सीले कालो लुगा नलगाई ट्रफी उचालेको तस्बिर हेर्ने चाहन्छु ।’

यस्तै, आदि शाहले लेखेका छन्, ‘के कसैले तस्बिरबाट कालो पोशाक एडिट गरेर हटाउन सक्छ ?’

रोब वाग्नर नामका एक ट्विटर प्रयोगकर्ताले मेस्सीलाई अहिलेसम्मकै सबैभन्दा प्रतिष्ठित फोटोका लागि कालो पहिरन लगाउन बाध्य पारिएको लेखेका छन् । खेल सकिएपछि राजनीतिक नेताहरूलाई मैदानमा जान दिनु हुँदैन ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
जर्मनीको मुद्रास्फीति दर स्थिर, डिसेम्बरमा १.८ प्रतिशतमा झर्‍यो रवि लामिछानेको मुद्दा फिर्ता लिने निर्णयविरुद्ध युवा संघको प्रदर्शन पार्टी छाडेकालाई कांग्रेसमा फर्कन आग्रह संविधान संरक्षणमा पूर्वराष्ट्रपति यादवको जोड भावी सरकारमा पनि ‘मिडिया’कर्मीको प्रतिनिधित्व हुनुपर्छः सञ्चारमन्त्री छ महिनामा ३९ अर्ब बढीको वैदेशिक लगानी प्रतिबद्धता सनासो प्रहार गरी श्रीमतीको हत्या मानसिक सन्तुलन गुमाएका युवकद्वारा आमाको हत्या कांग्रेसलाई एकढिक्का बनाएर अगाडि लैजान्छौँः सभापति थापा छतबाट खसेर वृद्धाको मृत्यु ग्रीनल्याण्ड राष्ट्रिय सुरक्षाका लागि महत्वपूर्ण : राष्ट्रपति ट्रम्प सामाजिक विकासका लागि ३३ वटा संस्थाहरूबाट प्रस्ताव पेस काठमाडौँका यी स्थानमा आज बिजुली कटौती हुने कांग्रेस केन्द्रीय समितिको बैठक बस्दै रवि लामिछानेको मुद्दा फिर्ता गर्नेे निर्णयमा बारको आपत्ति भूकम्पलगायत विपद्बाट हुनसक्ने क्षति न्यूनीकरण गर्न एकढिक्का भएर लाग्न गृहमन्त्रीको आह्वान केन्द्रीय कार्यसमितिको अधिकार मिचेर गरिएको भेलालाई आयोगले वैधता दिनेछैन– कार्यवाहक सभापति खड्का बैंक लुटपाटमा संलग्न सात जना पक्राउ चीन–क्यानाडा सम्बन्ध सुधारको सङ्केत मन्त्री चौलागाईंसँग जापानी राजदूतको भेटवार्ता