३ पुष २०८२, बिहीबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

विश्वकप जितेको खुसीयाली मनाउन अर्जेन्टिनामा सार्वजनिक बिदा

५ पुष २०७९, मंगलवार ०६:०२

पुस ५, काठमाडौँ | अर्जेन्टिनाको राष्ट्रिय टिमले ३६ वर्षपछि विश्वकपको उपाधि जितेपछि त्यसको खुसी मनाउन मंगलबार सार्वजनिक बिदाको घोषणा गरिएको छ। ब्युनस आयर्स र देशका विभिन्न ठाँउमा जम्मा भएर खुसीयाली मनाउन पनि सरकारले आग्रह गरेको छ।

त्यसकै लागि सरकारले मंगलबार राष्ट्रिय बिदाको घोषणा गरेको हो। उसले यो देशका लागि सर्वाधिक खुसीको क्षण भएको भन्दै अर्जेन्टिनाले सबैलाई खुसी मनाउनका लागि स्वतन्त्र तरिकाले फुर्सद मिलोस् भन्नका लागि राष्ट्रिय बिदाको घोषणा गरिएको जनाएको छ।

राष्ट्रिय फुटबल टिम स्थानीय समयअनुसार मंगलबार चाँडै अर्जेन्टिना पुग्ने जनाइएको छ।

अर्जेन्टिनाले विश्वकप फुटबलको रोमाञ्चक फाइनलमा निर्धारित र अतिरिक्त समय ३-३ गोलको बराबरी भएपछि पेनाल्टी सुटआउटमा ४-२ ले जितेको थियो। अर्जेन्टिनाले तेस्रो पटक विश्वकप ट्रफी हात पारेको हो।


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
एमाले महासचिवमा पुनःनिर्वाचित पोखरेलको राजनीतिक यात्रा केपी शर्मा ओलीले लिए शपथ रास्वपाद्वारा समन्वय कार्यदल गठन रवि लामिछानेलाई धरौटीमा रिहा गर्न उच्च अदालतको आदेश नेपाल एक चीन नीतिप्रति प्रतिवद्ध छ, सञ्चारमन्त्री खरेल निर्वाचन महोत्सव बन्दैछः सञ्चारमन्त्री पाकिस्तानबाट १६७ जना अफगान कैदी स्वदेश फिर्ता अवैध लागुऔषधसहित विभिन्न स्थानबाट १९ जना पक्राउ एमाले अध्यक्षमा पुनःनिर्वाचित ओलीको यस्तो छ सङ्घर्षपूर्ण राजनीतिक यात्रा एमाले पदाधिकारी निर्वाचित एमाले अध्यक्षमा ओली विजयी मुलुकको विकासका लागि सरकार र निजी क्षेत्रबीच सहकार्य हुनुपर्छः उपराष्ट्रपति यादव भारतद्वारा स्वतन्त्र व्यापार सम्झौतालाई तीव्रता तीन महिनामा १० प्रतिशतले राजस्व वृद्धि भएको छः अर्थमन्त्री खनाल सुनको मूल्य बढ्यो झुटो विवरण पेस गरी नागरिकता तथा राहदानी बनाएको अभियोगमा तीन जना पक्राउ एमाले महाधिवेशनः मतगणना सुरु सशस्त्र प्रहरी बल नेपाल नं २१ दक्षिणकाली गणलाई ललितपुर महानगर गौरव पुरस्कार राष्ट्रसङ्घ प्रणालीलाई अझ प्रभावकारी बनाउनुपर्छ : प्रधानमन्त्री कार्की प्रधानमन्त्रीसँग चिनियाँ राजदूतको शिष्टाचार भेट