३ पुष २०८२, बिहीबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

विश्वकप ट्रफीसहित स्वदेश पुग्यो अर्जेन्टिना, विमानस्थलमा भब्य स्वागत (भिडिओ)

५ पुष २०७९, मंगलवार ०७:३२

पुस ५, काठमाडौँ | अर्जेन्टिनाका कप्तान लियोनल मेसी विश्वकप ट्रफी बोकेर स्वदेश पुगेका छन्।

विशेष जहाजबाट स्थानीय समय अनुसार मंगलबार बिहान करिब ३ बजे मेसी नेतृत्वको टोली राजधानी ब्युनर्स आयर्स पुगेको हो।

विश्वकप जितेको खुसीमा राष्ट्रिय विदा दिएको अर्जेन्टिनाले खेलाडीहरूको सम्मानमा विशेष कार्यक्रम आयोजना गर्ने भएका छ।


खेलाडी र पदाधिकारीको प्रतिक्षामा रातभर विमानस्थलमा कुरेर बसेका समर्थकहरूले चर्को स्वरमा गीत गाउँदै राष्ट्रिय झन्डासहित टोलीलाई स्वागत गरेका छन्।

‍विमान रोकिएपछि पाइलटले अर्जेन्टिनाको झण्डा फहराउन ककपिटको झ्याल खोलेका थिए। ट्रफीसहित प्लेनबाट बाहिर निस्किएका मेसीसहितको टोलीलाई रातो कार्पेट बिच्छाएर भब्य स्वागत गरियो।

विश्वकपको फाइनलमा डिफेन्डिङ च्याम्पियन फ्रान्सलाई पेनाल्टी सुटआउटमा पराजित गरेपछि टोलीको विजयी परेडमा सहभागी हुन मंगलबार राजधानी पुगेको हो।

राजधानीका सडकमा लाखौं प्रशंसक भेला भएर राष्ट्रिय हिरोहरूलाई सम्मान गरिरहेका छन्।


मिडिया एजेन्सी तेलामका अनुसार टोलीले पहिले अर्जेन्टिना फुटबल संघको प्रशिक्षण मैदानमा समर्थकमाझ रात बिताउनेछ।

टोलीको आगमन अघि सोमबार प्रशिक्षणस्थलमा समर्थकहरूको थामिनसक्नु भीड थियो। 

विश्वकप जितेपछि कप्तान लियोनल मेसीले यो सफलताको खुसियाली आफू अर्जेन्टिना पुगेर हेर्न चाहेको बताएका थिए। 

‘यो जितको खुसियाली कस्तो हुनेछ म अर्जेन्टिना पुगेर हेर्न आँतुर छु। म सम्पूर्ण अर्जेन्टिनी समर्थकलाई धैर्य गर्न आग्रह गर्छु। म पनि त्यहाँ आउन र खुसियाली साट्न ब्यग्र छु, मेस्सीले भनेका थिए।

भिडिओ हेर्नुहोस्:


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
एमाले महासचिवमा पुनःनिर्वाचित पोखरेलको राजनीतिक यात्रा केपी शर्मा ओलीले लिए शपथ रास्वपाद्वारा समन्वय कार्यदल गठन रवि लामिछानेलाई धरौटीमा रिहा गर्न उच्च अदालतको आदेश नेपाल एक चीन नीतिप्रति प्रतिवद्ध छ, सञ्चारमन्त्री खरेल निर्वाचन महोत्सव बन्दैछः सञ्चारमन्त्री पाकिस्तानबाट १६७ जना अफगान कैदी स्वदेश फिर्ता अवैध लागुऔषधसहित विभिन्न स्थानबाट १९ जना पक्राउ एमाले अध्यक्षमा पुनःनिर्वाचित ओलीको यस्तो छ सङ्घर्षपूर्ण राजनीतिक यात्रा एमाले पदाधिकारी निर्वाचित एमाले अध्यक्षमा ओली विजयी मुलुकको विकासका लागि सरकार र निजी क्षेत्रबीच सहकार्य हुनुपर्छः उपराष्ट्रपति यादव भारतद्वारा स्वतन्त्र व्यापार सम्झौतालाई तीव्रता तीन महिनामा १० प्रतिशतले राजस्व वृद्धि भएको छः अर्थमन्त्री खनाल सुनको मूल्य बढ्यो झुटो विवरण पेस गरी नागरिकता तथा राहदानी बनाएको अभियोगमा तीन जना पक्राउ एमाले महाधिवेशनः मतगणना सुरु सशस्त्र प्रहरी बल नेपाल नं २१ दक्षिणकाली गणलाई ललितपुर महानगर गौरव पुरस्कार राष्ट्रसङ्घ प्रणालीलाई अझ प्रभावकारी बनाउनुपर्छ : प्रधानमन्त्री कार्की प्रधानमन्त्रीसँग चिनियाँ राजदूतको शिष्टाचार भेट