२०८३ असार २, मंगलबार | ०४:०६ बिहान

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

सन्दीपको लामिछानेको पुनरावेदन मुद्दामा आज पेशी, धरौटीमा छुट्न सक्ने सम्भावना कति ?

२०२२-१२-२२

पुस ७, काठमाडौँ | नबालिका जबरजस्ती बलात्कार मुद्दामा क्रिकेटर सन्दीप लामिछानेलाई पुर्पक्षका लागि कारागार चलान गर्ने जिल्ला अदालतको आदेश विरुद्धको पुनरावेदन मुद्दामा पेशी तोकिएको छ । पुर्पक्षका लागि कारागार चलान गर्ने जिल्ला अदालतको आदेश विरुद्ध लामिछानेका कानुन व्यवसायीले गत मंसिर २९ गते दर्ता गरेका मुद्दाको पेशी आजका लागि तोकिएको हो ।

पीडित भनिएकी किशोरीको २ वटा जन्मदर्ताको कागज बोकेर कानुन व्यवसायी उच्च अदालत गएका हुन् । उच्चअदालतमा दिएको निवेदनमा किशोरीको उमेर १८ वर्ष माथि रहेको दाबी गरिएको छ । साथै जबरजस्ती करणी वा सहमतिमै भए पनि केही नगरिएको जिकिर गरिएको छ । त्यही जन्म दर्ताको प्रमाणले सन्दीपलाई जेलमुक्त पार्न सक्ने सन्दीपका कानुन व्यवसायीको आशा छ ।


उनको मुद्दा हेरिरहेका कानुन व्यवसायीहरू भने सन्दीपले जेलमुक्त, भएर मुद्दा लड्नु पाउनुपर्ने माग राखेका छन्। बिहीबारकै पेशीमा सन्दीप संभवत धरौटीमा छुट्न सक्ने वा जिल्ला अदालतकै आदेश सदर गरेर जेलमै रहने भन्ने आदेश टुङ्गो लाग्न सक्छ।

सन्दीपका कानुन व्यवसायी सरोजकृष्ण घिमिरे भन्छन्, ‘‘हामीले पीडित भनिएकी युवतीबारे सम्बन्धित कागजात सम्बन्धित कार्यालयबाट मगाउन माग गरेपछि अदालतले त्यो मगाएको छ। त्यो कागजात आइसकेकाले कागजातको भरिफाई भइसकेको छ। आशा छ त्यो प्रमाणलगायतका विभिन्न प्रमाणका आधारमा सन्दीप निर्दोष ठहरिनेछन्। उहाँ छुट्ने विश्वास छ।’’

जन्म दर्ताको विषय घटनाको सुरुआतदेखि नै विवादमा रहेपछि थप विषयमा सन्दीप पक्षका कानुन व्यवसायीले मुख खोल्न चाहेका छैनन्।

जिल्ला अदालतकै आदेशमा सन्दीप छुट्ने आश गरिए पनि घटनाका बारेमा धेरै मिडियाबाजी भएकोले उनी नछुटेका हुनसक्ने कतिपयको आंकलन छ।

जिल्ला अदालतको आदेशविरुद्ध रितपूर्वक दर्ता भएको पुनरावेदनमा प्रक्रिया जारी रहेको उच्च अदालतका रजिस्टार ठगिन्द्र कट्टेल बताउँछन्।

उनी भन्छन् ‘‘आफ्नो स्वतन्त्र रहेर काम गर्ने हकमा बन्देज गरियो। यसैले फौजदारी संहितको ७३ बमोजिम ‘जिल्ला अदालतको आदेश के हो’ भन्दै उहाँहरू मुद्दा पुनरावेदनको लागि आउनुभएको छ। अस्तिको बिहीबार ७३ नंबरको निवेदन दर्ता भएको छ।’’

राष्ट्रिय क्रिकेट टिमका कप्तान सन्दीपविरुद्ध गत २१ भदौमा उजुरी परेको थियो। काठमाडौंको एक कलेजमा अध्ययनरत पीडित युवती सन्दीपकी ‘फ्यान’ थिइन्। सन्दीप ६ भदौमा टी–२० सिरिज खेल्न केन्या गएका थिए।

त्यसको अघिल्लो दिन उनले पीडित भनिएकी किशोरीलाई पिंगलास्थानस्थित होटल काठमाडौं इनमा बोलाएर दुई पटक बलात्कार गरेको आरोप छ। पछि सन्दीप असोजमा नेपाल आएपछि पक्राउ परेका थिए। उनी पुर्पक्षका लागि जेल चलान भएका छन्।

सन्दीप भन्छन् ‘म माथि खतरनाक षड्यन्त्र भयो’

सन्दीपले पहिलेदेखिनै आफूविरुद्ध षड्यन्त्र भएको बताउँदै आएका सन्दीपका कानुन व्यवसायी सरोजकृष्ण घिमिरे बताउँछन्।

उनी भन्छन् ‘‘त्यो खतरनाक षड्यन्त्रबाट मलाई बाहिर निकाल्नुहोला। तपाईँहरूले प्राप्त प्रमाणबारे तथ्यगत विश्लेषण गर्दै न्यायको लागि अदालतमा अझ बढी पहल गर्नुहोला भन्दै उहाँले हामीलाई आग्रह गर्नुभएको छ।’’

आजकै पेशीमा सन्दीप संभवत धरौटीमा छुट्न सक्ने वा जिल्ला अदालतकै आदेश सदर गरेर जेलमै रहने भन्ने आदेश टुङ्गो लाग्न सक्छ । सन्दीपलाई प्रहरीले गत असोज २० गते त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट पक्राउ गरी अनुसन्धानका लागि हिरासतमा लिएको थियो ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
कोशीको बजेट ४० अर्ब ४४ करोड मन्त्री आएपछि शुरू भयो प्रतिनिधिसभा बैठक सीमा रक्षामा विदेशी सेनासँग निहत्था लडिरहनुहुने नेपाली दाजुभाइ दिदीबहिनीहरूको पोषण तथा पोशाकमा पनि बजेट छुट्टाउनुपर्छ : हर्क साम्पाङ राष्ट्रियसभामा बजेटमाथि छलफल प्रारम्भ स्वास्थ्यमन्त्री मेहतासँग जर्मनी राजदूतको भेटवार्ता खैरो हेरोइनसहित एक जना भारतीय नागरिकलाई पक्राउ सुनचाँदीको मूल्य बढ्यो पहिलो खेलमै मोरक्कोसँग बराबरीमा रोकियो ब्राजिल रास्वपा बागमती प्रदेश सभापतिमा उत्सव अर्याल निर्वाचित, दुई मतले हारे लामिछानेलाई संसारमा अहिले सबै भन्दा धेरै गाली र अपमान गरिने मान्छे म नै हुँला: हर्क साम्पाङ पुराना शक्तिहरूसँग अब देश सुधार्ने कुनै योजना र ठाउँ बाँकी छैन, वैकल्पिक शक्तिहरू नै अबको निकास हुन्: बाबुराम भट्टराई काभ्रे बस दुर्घटना छानबिन गर्न समिति गठन आगामी आर्थिक वर्षमा जलविद्युत् उत्पादन क्षमता पाँच हजार ३३५ मेगावाट पुग्ने पार्टीको अस्तित्व कायम गरेर नै अरूलाई पनि जोड्दै जानेछौँ: कुलमान घिसिङ प्रधानमन्त्री बालेनको अभिव्यक्तिबारे हर्क साम्पाङले मागे रास्वपाको धारणा ट्राफिक कारबाहीमा १७ लाख ८६ हजार राजस्व संकलन जग्गा विवादका क्रममा कुटपिट हुँदा एक वृद्धको मृत्यु मन नपरेको खण्डमा सरकारै ढाल्न पाइने अधिकार यही थलोले राख्छ: अर्थमन्त्री वाग्ले अर्थमन्त्रीको कुरा फेरियो, नयाँ भनिनेहरू नै पुराना हुन्: रामकुमारी झाँक्री बीपी राजमार्गमा बस दुर्घटना अपडेट: मृतकको संख्या ८ पुग्यो, १६ घाइते