१२ माघ २०८२, आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

सन्दीपको लामिछानेको पुनरावेदन मुद्दामा आज पेशी, धरौटीमा छुट्न सक्ने सम्भावना कति ?

७ पुष २०७९, बिहीबार ०५:२३

पुस ७, काठमाडौँ | नबालिका जबरजस्ती बलात्कार मुद्दामा क्रिकेटर सन्दीप लामिछानेलाई पुर्पक्षका लागि कारागार चलान गर्ने जिल्ला अदालतको आदेश विरुद्धको पुनरावेदन मुद्दामा पेशी तोकिएको छ । पुर्पक्षका लागि कारागार चलान गर्ने जिल्ला अदालतको आदेश विरुद्ध लामिछानेका कानुन व्यवसायीले गत मंसिर २९ गते दर्ता गरेका मुद्दाको पेशी आजका लागि तोकिएको हो ।

पीडित भनिएकी किशोरीको २ वटा जन्मदर्ताको कागज बोकेर कानुन व्यवसायी उच्च अदालत गएका हुन् । उच्चअदालतमा दिएको निवेदनमा किशोरीको उमेर १८ वर्ष माथि रहेको दाबी गरिएको छ । साथै जबरजस्ती करणी वा सहमतिमै भए पनि केही नगरिएको जिकिर गरिएको छ । त्यही जन्म दर्ताको प्रमाणले सन्दीपलाई जेलमुक्त पार्न सक्ने सन्दीपका कानुन व्यवसायीको आशा छ ।


उनको मुद्दा हेरिरहेका कानुन व्यवसायीहरू भने सन्दीपले जेलमुक्त, भएर मुद्दा लड्नु पाउनुपर्ने माग राखेका छन्। बिहीबारकै पेशीमा सन्दीप संभवत धरौटीमा छुट्न सक्ने वा जिल्ला अदालतकै आदेश सदर गरेर जेलमै रहने भन्ने आदेश टुङ्गो लाग्न सक्छ।

सन्दीपका कानुन व्यवसायी सरोजकृष्ण घिमिरे भन्छन्, ‘‘हामीले पीडित भनिएकी युवतीबारे सम्बन्धित कागजात सम्बन्धित कार्यालयबाट मगाउन माग गरेपछि अदालतले त्यो मगाएको छ। त्यो कागजात आइसकेकाले कागजातको भरिफाई भइसकेको छ। आशा छ त्यो प्रमाणलगायतका विभिन्न प्रमाणका आधारमा सन्दीप निर्दोष ठहरिनेछन्। उहाँ छुट्ने विश्वास छ।’’

जन्म दर्ताको विषय घटनाको सुरुआतदेखि नै विवादमा रहेपछि थप विषयमा सन्दीप पक्षका कानुन व्यवसायीले मुख खोल्न चाहेका छैनन्।

जिल्ला अदालतकै आदेशमा सन्दीप छुट्ने आश गरिए पनि घटनाका बारेमा धेरै मिडियाबाजी भएकोले उनी नछुटेका हुनसक्ने कतिपयको आंकलन छ।

जिल्ला अदालतको आदेशविरुद्ध रितपूर्वक दर्ता भएको पुनरावेदनमा प्रक्रिया जारी रहेको उच्च अदालतका रजिस्टार ठगिन्द्र कट्टेल बताउँछन्।

उनी भन्छन् ‘‘आफ्नो स्वतन्त्र रहेर काम गर्ने हकमा बन्देज गरियो। यसैले फौजदारी संहितको ७३ बमोजिम ‘जिल्ला अदालतको आदेश के हो’ भन्दै उहाँहरू मुद्दा पुनरावेदनको लागि आउनुभएको छ। अस्तिको बिहीबार ७३ नंबरको निवेदन दर्ता भएको छ।’’

राष्ट्रिय क्रिकेट टिमका कप्तान सन्दीपविरुद्ध गत २१ भदौमा उजुरी परेको थियो। काठमाडौंको एक कलेजमा अध्ययनरत पीडित युवती सन्दीपकी ‘फ्यान’ थिइन्। सन्दीप ६ भदौमा टी–२० सिरिज खेल्न केन्या गएका थिए।

त्यसको अघिल्लो दिन उनले पीडित भनिएकी किशोरीलाई पिंगलास्थानस्थित होटल काठमाडौं इनमा बोलाएर दुई पटक बलात्कार गरेको आरोप छ। पछि सन्दीप असोजमा नेपाल आएपछि पक्राउ परेका थिए। उनी पुर्पक्षका लागि जेल चलान भएका छन्।

सन्दीप भन्छन् ‘म माथि खतरनाक षड्यन्त्र भयो’

सन्दीपले पहिलेदेखिनै आफूविरुद्ध षड्यन्त्र भएको बताउँदै आएका सन्दीपका कानुन व्यवसायी सरोजकृष्ण घिमिरे बताउँछन्।

उनी भन्छन् ‘‘त्यो खतरनाक षड्यन्त्रबाट मलाई बाहिर निकाल्नुहोला। तपाईँहरूले प्राप्त प्रमाणबारे तथ्यगत विश्लेषण गर्दै न्यायको लागि अदालतमा अझ बढी पहल गर्नुहोला भन्दै उहाँले हामीलाई आग्रह गर्नुभएको छ।’’

आजकै पेशीमा सन्दीप संभवत धरौटीमा छुट्न सक्ने वा जिल्ला अदालतकै आदेश सदर गरेर जेलमै रहने भन्ने आदेश टुङ्गो लाग्न सक्छ । सन्दीपलाई प्रहरीले गत असोज २० गते त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट पक्राउ गरी अनुसन्धानका लागि हिरासतमा लिएको थियो ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
स्वच्छ र निष्पक्ष निर्वाचनका लागि सबै जिम्मेवार बनौँ: प्रचण्ड गगन थापाले यसपटक आँट गरेर सर्लाहीबाट उम्मेदवारी दिएको बताए गाजामा नागरिकको हत्या जारी रहने राष्ट्रसंघको चेतावनी कुलमान घिसिङले रास्वपासँग कुनै पदको बार्गेनिङ नगरेको बताए पश्चिमी वायुको प्रभावका कारण काठमाडौँ उपत्यकामा मौसम परिवर्तन प्रधानमन्त्रीले बन्दुक समातेर गोली चलाउँदैन, जेनजी हत्याको आरोप मलाई लगाइयो: केपी ओली चुनावी अभियानको क्रममा तेह्रथुम पुगे बालेन शाह हिमपातले सुदूर पहाडको जनजीवन प्रभावित आज अन्तर्राष्ट्रिय शिक्षा दिवस मनाइँदै देश अझै संकटमा छ, दुर्घटनामा पर्न सक्छ: प्रचण्ड महावीर पुनले पाए त्रिभुज चुनाव चिन्ह मन्त्रिपरिषद् बैठकका निर्णयहरु सार्वजनिक बदलिएको कांग्रेसले देशलाई बदल्छ : सभापति गगन थापा गगन थापालाई प्रधानमन्त्रीको उम्मेदवार बनाउने कांग्रेसको निर्णय हल्लाको पछि नलाग्न आशिका तामाङको आग्रह राष्ट्रिय सभाको बैठक जारी आशिका तामाङले उम्मेदवारी फिर्ता लिन निर्वाचन अधिकृतलाई गरिन् फोन बाबुराम भट्टराईले फिर्ता लिए उम्मेदवारी गगन थापा सभापति बनेपछि पहिलोपटक सानेपामा पुगेर बैठक गर्दै पाथीभरा पुगे बालेन शाह