१२ माघ २०८२, आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

बैतडीमा मृत भेटिएका शिक्षकको हत्या भएको प्रहरीको निष्कर्ष, विद्यार्थी दम्पत्ति नै संलग्न!

७ पुष २०७९, बिहीबार ०५:५६

पुस ७, बैतडी | बैतडीको पाटन नगरपालिका–६ मा रहस्यमय तरिकाले मृत भेटिएका शिक्षक धनबहादुर विष्टको हत्या भएको प्रहरी अनुसन्धानबाट खुलेको छ। 

प्रहरीको प्रारम्भिक अनुसन्धानबाट घटनामा एक दम्पती संलग्न रहेको खुलेको छ। प्रहरी स्रोतका अनुसार विष्टले पढाउने कृष्ण माध्यमिक विद्यालयको छात्रावासमा बसेर कम्प्युटर डिप्लोमा अध्ययन गर्ने युवती र उनका श्रीमान् घटनामा संलग्न छन्। उनीहरुलाई नियन्त्रणमा लिएर  प्रहरीले सोधपुछ गरिरहेको छ। उनीहरुले अपराध स्वीकारेको समेत प्रहरी स्रोतको दाबी छ।


कृष्ण माध्यमिक विद्यालयमा तीन दशकदेखि गणित पढाइरहेक शिक्षक विष्ट शनिबार दिउँसो विद्यालयको छात्रावासनजिकै मृत भेटिएका थिए। उनी विद्यालयको छात्रावासमै बस्थे। घटनाअघि शुक्रबार दिउँसो कृष्ण माध्यमिक विद्यालयमा नयाँ शिक्षक नियुक्तिको खुसियालीमा भोजसमेत भएको थियो। उक्त कार्यक्रममा शिक्षक विष्ट पनि सहभागी भएका थिए। 

त्यसपछि अर्को दिन उनी छात्रावासनजिकै मृत भेटिएका थिए। मृतक विष्टको शरीरभरी कुटपिट गरेका चोट थिए। केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) ले पनि घटना अनुसन्धान गरिरहेको छ। गत शुक्रबार राति शिक्षक विष्टको हत्या गरेर भवितव्य घटना जस्तो देखाउन भिरालो ठाउँमा शव फालिएको खुलेको छ।

त्यसैले घटना शंकास्पद भएको भन्दै स्थानीयहरु छानबिन गरेर दोषीलाई कानुनी दायरामा ल्याउनुपर्ने माग गरेर आन्दोलित छन्।


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
स्वच्छ र निष्पक्ष निर्वाचनका लागि सबै जिम्मेवार बनौँ: प्रचण्ड गगन थापाले यसपटक आँट गरेर सर्लाहीबाट उम्मेदवारी दिएको बताए गाजामा नागरिकको हत्या जारी रहने राष्ट्रसंघको चेतावनी कुलमान घिसिङले रास्वपासँग कुनै पदको बार्गेनिङ नगरेको बताए पश्चिमी वायुको प्रभावका कारण काठमाडौँ उपत्यकामा मौसम परिवर्तन प्रधानमन्त्रीले बन्दुक समातेर गोली चलाउँदैन, जेनजी हत्याको आरोप मलाई लगाइयो: केपी ओली चुनावी अभियानको क्रममा तेह्रथुम पुगे बालेन शाह हिमपातले सुदूर पहाडको जनजीवन प्रभावित आज अन्तर्राष्ट्रिय शिक्षा दिवस मनाइँदै देश अझै संकटमा छ, दुर्घटनामा पर्न सक्छ: प्रचण्ड महावीर पुनले पाए त्रिभुज चुनाव चिन्ह मन्त्रिपरिषद् बैठकका निर्णयहरु सार्वजनिक बदलिएको कांग्रेसले देशलाई बदल्छ : सभापति गगन थापा गगन थापालाई प्रधानमन्त्रीको उम्मेदवार बनाउने कांग्रेसको निर्णय हल्लाको पछि नलाग्न आशिका तामाङको आग्रह राष्ट्रिय सभाको बैठक जारी आशिका तामाङले उम्मेदवारी फिर्ता लिन निर्वाचन अधिकृतलाई गरिन् फोन बाबुराम भट्टराईले फिर्ता लिए उम्मेदवारी गगन थापा सभापति बनेपछि पहिलोपटक सानेपामा पुगेर बैठक गर्दै पाथीभरा पुगे बालेन शाह