२०८३ असार २, मंगलबार | ०४:०६ बिहान

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

बैतडीमा मृत भेटिएका शिक्षकको हत्या भएको प्रहरीको निष्कर्ष, विद्यार्थी दम्पत्ति नै संलग्न!

२०२२-१२-२२

पुस ७, बैतडी | बैतडीको पाटन नगरपालिका–६ मा रहस्यमय तरिकाले मृत भेटिएका शिक्षक धनबहादुर विष्टको हत्या भएको प्रहरी अनुसन्धानबाट खुलेको छ। 

प्रहरीको प्रारम्भिक अनुसन्धानबाट घटनामा एक दम्पती संलग्न रहेको खुलेको छ। प्रहरी स्रोतका अनुसार विष्टले पढाउने कृष्ण माध्यमिक विद्यालयको छात्रावासमा बसेर कम्प्युटर डिप्लोमा अध्ययन गर्ने युवती र उनका श्रीमान् घटनामा संलग्न छन्। उनीहरुलाई नियन्त्रणमा लिएर  प्रहरीले सोधपुछ गरिरहेको छ। उनीहरुले अपराध स्वीकारेको समेत प्रहरी स्रोतको दाबी छ।


कृष्ण माध्यमिक विद्यालयमा तीन दशकदेखि गणित पढाइरहेक शिक्षक विष्ट शनिबार दिउँसो विद्यालयको छात्रावासनजिकै मृत भेटिएका थिए। उनी विद्यालयको छात्रावासमै बस्थे। घटनाअघि शुक्रबार दिउँसो कृष्ण माध्यमिक विद्यालयमा नयाँ शिक्षक नियुक्तिको खुसियालीमा भोजसमेत भएको थियो। उक्त कार्यक्रममा शिक्षक विष्ट पनि सहभागी भएका थिए। 

त्यसपछि अर्को दिन उनी छात्रावासनजिकै मृत भेटिएका थिए। मृतक विष्टको शरीरभरी कुटपिट गरेका चोट थिए। केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) ले पनि घटना अनुसन्धान गरिरहेको छ। गत शुक्रबार राति शिक्षक विष्टको हत्या गरेर भवितव्य घटना जस्तो देखाउन भिरालो ठाउँमा शव फालिएको खुलेको छ।

त्यसैले घटना शंकास्पद भएको भन्दै स्थानीयहरु छानबिन गरेर दोषीलाई कानुनी दायरामा ल्याउनुपर्ने माग गरेर आन्दोलित छन्।


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
कोशीको बजेट ४० अर्ब ४४ करोड मन्त्री आएपछि शुरू भयो प्रतिनिधिसभा बैठक सीमा रक्षामा विदेशी सेनासँग निहत्था लडिरहनुहुने नेपाली दाजुभाइ दिदीबहिनीहरूको पोषण तथा पोशाकमा पनि बजेट छुट्टाउनुपर्छ : हर्क साम्पाङ राष्ट्रियसभामा बजेटमाथि छलफल प्रारम्भ स्वास्थ्यमन्त्री मेहतासँग जर्मनी राजदूतको भेटवार्ता खैरो हेरोइनसहित एक जना भारतीय नागरिकलाई पक्राउ सुनचाँदीको मूल्य बढ्यो पहिलो खेलमै मोरक्कोसँग बराबरीमा रोकियो ब्राजिल रास्वपा बागमती प्रदेश सभापतिमा उत्सव अर्याल निर्वाचित, दुई मतले हारे लामिछानेलाई संसारमा अहिले सबै भन्दा धेरै गाली र अपमान गरिने मान्छे म नै हुँला: हर्क साम्पाङ पुराना शक्तिहरूसँग अब देश सुधार्ने कुनै योजना र ठाउँ बाँकी छैन, वैकल्पिक शक्तिहरू नै अबको निकास हुन्: बाबुराम भट्टराई काभ्रे बस दुर्घटना छानबिन गर्न समिति गठन आगामी आर्थिक वर्षमा जलविद्युत् उत्पादन क्षमता पाँच हजार ३३५ मेगावाट पुग्ने पार्टीको अस्तित्व कायम गरेर नै अरूलाई पनि जोड्दै जानेछौँ: कुलमान घिसिङ प्रधानमन्त्री बालेनको अभिव्यक्तिबारे हर्क साम्पाङले मागे रास्वपाको धारणा ट्राफिक कारबाहीमा १७ लाख ८६ हजार राजस्व संकलन जग्गा विवादका क्रममा कुटपिट हुँदा एक वृद्धको मृत्यु मन नपरेको खण्डमा सरकारै ढाल्न पाइने अधिकार यही थलोले राख्छ: अर्थमन्त्री वाग्ले अर्थमन्त्रीको कुरा फेरियो, नयाँ भनिनेहरू नै पुराना हुन्: रामकुमारी झाँक्री बीपी राजमार्गमा बस दुर्घटना अपडेट: मृतकको संख्या ८ पुग्यो, १६ घाइते