३ पुष २०८२, बिहीबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

पेलेको घरमा क्रिसमस कार्यक्रम रद्द, छोरीले भनिन् : अस्पतालमा बुवासँगै बस्छौं

७ पुष २०७९, बिहीबार ०६:४८

पुस ७, काठमाडौँ | ब्राजिलका महान् फुटबलर पेलेको क्यान्सर बढ्दै गएको अस्पतालले जनाएको छ। साओ पालोस्थित हस्पिटल इस्रालिटा अलबर्ट आइन्सटाइनमा उपचार गराइरहेका पेलेलाई धेरै हेरचाहको आवश्यकता रहेको जनाइएको छ।

पेले तीन हप्तादेखि अस्पतालमा उपचाररत् छन्। पेलेकी छोरीले बुवाको स्वास्थ्य अवस्थालाई मध्यनजर गर्दै घरमा आयोजना गरिने क्रिसमस कार्यक्रम रद्द गरिएको बताएकी छिन्।


इनस्टाग्राममा पेलेकी छोरी केली नाससिमेन्टोले लेखेकी छिन् ' हाम्रो घरको क्रिसमस रद्द गरिएको छ।' केलीले चिकित्सकहरुको सल्लाह बमोजिम अस्पतालमै रहेर पेलेको हेरचाह गर्ने निर्णयमा पुगेको बताइन्।

पेलेको स्वास्थ्य अवस्था बिग्रिएको समाचार सार्वजनिक भएपछि कतारमा विश्वकप चल्दै थियो। त्यसपछि उनको स्वास्थ्य अवस्थाबारे धेरै फुटबल फ्यानहरुले चिन्ता व्यक्त गरेका थिए। दक्षिण कोरियासँगको खेलमा ब्राजिलको फुटबल टोलीले पेलेको स्वास्थ्यमा सुधारको कामना गर्दै 'ट्रिब्युट' पनि दिएको थियो।

पेलेले ब्राजिललाई ३ पटक विश्वकप उपाधि जिताउन महत्वपूर्ण भूमिका निर्वाह गरेका थिए। ब्राजिलका लागि उनले ९२ खेलमा ७७ गोल गरेका छन्।


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
एमाले महासचिवमा पुनःनिर्वाचित पोखरेलको राजनीतिक यात्रा केपी शर्मा ओलीले लिए शपथ रास्वपाद्वारा समन्वय कार्यदल गठन रवि लामिछानेलाई धरौटीमा रिहा गर्न उच्च अदालतको आदेश नेपाल एक चीन नीतिप्रति प्रतिवद्ध छ, सञ्चारमन्त्री खरेल निर्वाचन महोत्सव बन्दैछः सञ्चारमन्त्री पाकिस्तानबाट १६७ जना अफगान कैदी स्वदेश फिर्ता अवैध लागुऔषधसहित विभिन्न स्थानबाट १९ जना पक्राउ एमाले अध्यक्षमा पुनःनिर्वाचित ओलीको यस्तो छ सङ्घर्षपूर्ण राजनीतिक यात्रा एमाले पदाधिकारी निर्वाचित एमाले अध्यक्षमा ओली विजयी मुलुकको विकासका लागि सरकार र निजी क्षेत्रबीच सहकार्य हुनुपर्छः उपराष्ट्रपति यादव भारतद्वारा स्वतन्त्र व्यापार सम्झौतालाई तीव्रता तीन महिनामा १० प्रतिशतले राजस्व वृद्धि भएको छः अर्थमन्त्री खनाल सुनको मूल्य बढ्यो झुटो विवरण पेस गरी नागरिकता तथा राहदानी बनाएको अभियोगमा तीन जना पक्राउ एमाले महाधिवेशनः मतगणना सुरु सशस्त्र प्रहरी बल नेपाल नं २१ दक्षिणकाली गणलाई ललितपुर महानगर गौरव पुरस्कार राष्ट्रसङ्घ प्रणालीलाई अझ प्रभावकारी बनाउनुपर्छ : प्रधानमन्त्री कार्की प्रधानमन्त्रीसँग चिनियाँ राजदूतको शिष्टाचार भेट