2026-08-22 07:20 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

राजनीति

हर्क साम्पाङलाई साबुन उद्योगको काम रोक्न अदालतको आदेश

पुस ७, सुनसरी | उच्च अदालत विराटनगरले धरान उपमहानगरपालिकालाई वन क्षेत्रमा साबुन उद्योग निर्माणको काम रोक्न अन्तरिम आदेश दिएको छ ।

धरान उपमहानगरपालिकाले कार्यपालिका निर्णयका आधारमा धरान- २० मा पर्ने जलकन्या सामुदायिक वनको जग्गामा सावुन उद्योग निर्माणको काम सुरु गरेको थियो ।

मेयर हर्क सम्पाङले वनको जग्गामा वातावरणीय प्रभाव मूल्यांकन नगरी काम सुरु गरेपछि जिल्ला वन कार्यालय सुनसरीले उच्च अदालत विराटनगरमा रिट दायर गरेको थियो ।

न्यायाधीश रामबहादुर थापा र किरणकुमारी गुप्ताको संयुक्त इजलासले बुधबार निवेदनको किनारा नलागेसम्म काम अघि नबढाउन अन्तरिम आदेश जारी गरेको उच्च अदालत विराटनगरका सूचना अधिकारी ओम सुवेदीले जानकारी दिए ।

मेयर साम्पाङले कार्यपालिका बैठकको निर्णयको आधारमा उद्योग निर्माणको काम सुरु गराएका थिए । तर प्रक्रिया पुरा नगरि वन क्षेत्रको जग्गामा साबुन उद्योगको काम अघि बढाएपछि विवादमा आएका मेयर हर्क साम्पाङलाई अदालतले अंकुश लगाएको हो।

मेयर साम्पाङले साबुन उद्योग खोल्ने प्रस्ताव गरेपछि स्थानीयबासी, वन उपभोक्ता समुह र वन कार्यालयले जग्गाको भोगाधिकार प्राप्त गर्ने प्रक्रिया पुरा गर्न आग्रह गरेको थियो। डिभिजन वन कार्यालयले उपमहानगरपालिकालाई पत्राचार गरेर पनि कानुन वमोजिम प्रक्रिया पुरा गर्न भनेपनि वेवास्ता गर्दै मेयर साम्पाङले वनको जग्गा होइन भन्दै काम अघि बढाएपछि डिभिजन वन कार्यालय उच्च अदालत पुगेको थियो।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
विभिन्न देश पठाइदिन्छु भन्दै रकम ठगी गरेको आरोपमा २ जना पक्राउ रास्वपाको नीति–कार्यक्रम माथिल्लो वर्गको हितमा मात्रै छ : झलनाथ खनाल विश्वप्रकाश शर्माको अपिल: अदालत होइन, पार्टी कार्यालयमै बसेर कांग्रेसको विवाद समाधान गरौँ सामाजिक सञ्जालमा अनेकौँ पेज सञ्चालन गर्दैमा पार्टी बलियो बन्दैन : दीपक खड्का म्याग्दीबाट मुस्ताङतर्फ अघि बढे प्रधानमन्त्री बालेन गरिमा चौधरीलाई न्याय माग्दै काठमाडौँमा प्रदर्शन यो सरकार पाँच वर्ष कुनै हालतमा जाँदैन : केपी ओली पहिरो खसेपछि पासाङल्हामु सडक पूर्ण रूपमा अवरुद्ध अनुदानको मल कालोबजारी गरेको आरोपमा तीन जना पक्राउ गरिमाको हत्यामा गृहमन्त्रीको स्पष्ट सन्देश: ‘दोषी उम्कनु हुँदैन, निर्दोष फस्नु हुँदैन’ मतदाता नामावली अद्यावधिक गर्न निर्वाचन आयोगको अनुरोध राष्ट्रियसभाबाट ‘नेपाल विशेष सेवा ऐनसम्बन्धी विधेयक’सर्वसम्मतिले स्वीकृत रास्वपामा तीन पदाधिकारीसहित ४२ केन्द्रीय सदस्य अर्को बैठकबाट मनोनीत हुने साताको अन्तिम दिन घट्यो नेप्से शंखमुलको होस्टलमा कुटपिटपछि २२ वर्षीय युवकको मृत्यु गरिमालाई न्याय माग्दै काठमाडौँमा प्रदर्शन प्रधानमन्त्री शाह काठमाडौँबाट पोखरातर्फ प्रस्थान राजनीतिक मुद्दाको समाधान केवल राजनीतिक संवादबाट मात्र सम्भव छ: प्रदीप पौडेल जाजरकोटमा जीप दुर्घटना हुँदा एकजनाको मृत्यु भएको छ भने ६ जना घाइते सुनको मूल्य एकैदिन तोलामा ३ हजार ३०० रुपैयाँले बढ्यो