असोज १, बनेपा। काभ्रेपलाञ्चोकमा प्रहरीले अभियोग प्रमाणित गर्न जिल्ला अदालत, धुलिखेलमा अभियुक्तका ४४१ जना साक्षी उपस्थित गराएक"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... असोज १, बनेपा। काभ्रेपलाञ्चोकमा प्रहरीले अभियोग प्रमाणित गर्न जिल्ला अदालत, धुलिखेलमा अभियुक्तका ४४१ जना साक्षी उपस्थित गराएक"/>
२८ मंसिर २०८२, शनिबार
काठमाडौँ - KTM

अभियोग प्रमाणित गर्न चारसय ४१ साक्षी अदालतमा

१ आश्विन २०७३, शनिबार ०९:३३

असोज १, बनेपा। काभ्रेपलाञ्चोकमा प्रहरीले अभियोग प्रमाणित गर्न जिल्ला अदालत, धुलिखेलमा अभियुक्तका ४४१ जना साक्षी उपस्थित गराएको छ ।

सरकारले विभिन्न अभियुक्तको अभियोग प्रमाणित गर्न साक्षी उपस्थिति तथा खर्च व्यवस्थापनको कार्यक्रम ल्याएपछि उनीहरुलाई अदालतमा उपस्थित गराइएको जिल्ला प्रहरी कार्यालय, काभ्रेपलाञ्चोकका प्रहरी उपरीक्षक राजेशनाथ बास्तोलाले जानकारी दिनुभयो । 

‘सरकारले साक्षीको सुरक्षासहित आर्थिक खर्च पनि व्यवस्थापन गरेको हुन्छ, त्यसैले हामीले यो काम गरेका हौँ उहाँले भन्नुभयो ।’ आर्थिक वर्ष २०७२ ÷०७३ मा अदालतमा उपस्थित गराइएको साक्षीका लागि रु एक लाख ७० हजार ३५२ खर्च भएको समेत प्रहरी उपरीक्षक बास्तोलले बताउनुभयो । 

उहाँले एकजना साक्षीका लागि नायब सुब्बाको तलब बराबर कति दिन लाग्छ सोही अनुसार साक्षीको खर्च व्यवस्थापन हुने जनाउँदै प्रत्येक मुद्दामा साक्षी हुने विश्वास दिलाउनुभयो । तीन वर्षअघिदेखि सरकारले साक्षीको सुरक्षासहित आर्थिक व्यवस्थापन गरेको हो । 

प्रहरीले काभ्रेपलाञ्चोकमा गत वर्ष एकसय ७८ थान मुद्दा दर्ता गरेकोमा एकसय ७४ थान मुद्दा अदालतमा पेस गरेको तर त्यसमध्ये ९५ थान मुद्दा मात्रै फैसला भएको थियो । फैसला भएका मुद्दामध्ये ९१ थान सफल भएको र चार थान मुद्दा असफल भएको र ८३ थान मुद्दा विचाराधिन अवस्थामा रहेको प्रहरी उपरीक्षक बास्तोलाले बताउनुभयो । 

यसैबीच प्रहरीले जिल्ला अदालत, धुलिखेलबाट दोषी ठहर भई फरार रहेका २३१ जनालाई प्रहरीले पक्राउ गरेको छ । उनीहरुलाई १४ महिनाको अवधिमा जिल्लाका विभिन्न स्थानबाट विभिन्न मितिमा पक्राउ गरेको हो । 

त्यस्तै २०७२ साउनदेखि अहिलेसम्म अनुसन्धानको क्रममा पाँचसय ७६ जनालार्ई प्रहरीले पक्राउ गरेको छ । अनुसन्धानका क्रममा फरार रहेका अझै ४२ जनालाई पक्राउ गर्न बाँकी रहेको प्रहरीले जनाएको छ । रासस 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
केपी शर्मा ओलीले एमाले अजम्बरी रहेको बताए एमाले महाधिवेशनको भव्य उद्घाटन अमेरिकामा मौसमी फ्लु प्रकोप ः अस्पताल भर्ना र मृत्युको सङ्ख्या बढ्दो मेसीलाई हेर्न नपाएपछि कोलकोतामा फ्यानहरुको हङ्गामा ट्रम्पको मध्यस्थता पछि पनि थाइल्यान्ड–कम्बोडिया तनाव कायमै विद्यालयलाई ४२ थान कम्युटर प्रदान थाइल्याण्ड–कम्बोडिया सीमा विवादः हवाई आक्रमण जारी एमाले महाधिवेशनस्थलमा कार्यकर्ताको भीड एनपिएलले नेपाल शान्त, सुन्दर र सक्षम छ भन्ने सन्देश दिएको छ : प्रधानमन्त्री सपना बोकेर गोवा पुगेका सविन नाइटक्लबमै अस्ताए एनपिएल : उपाधिका लागि सुदूरपश्चिम र लुम्बिनी भिड्दै एमालेको ११औँ महाधिवेशन आजदेखि सुरु हुँदै पूर्वराजाको ‘भान्जा’ भन्दै ४८ जनालाई ठगी गर्ने सिंह पक्राउ, यसअघि नै दर्ता भएका थिए सात मुद्दा नवनियुक्त भूमिमन्त्रीद्वारा पदवहाली महिला तथा बालबालिकामन्त्री श्रेष्ठद्वारा पदभार ग्रहण उपचारको क्रममा कैदीबन्दीको मृत्यु आगामी निर्वाचनमा सही नेतृत्व चयन गर्न मन्त्री घिसिङको आग्रह नागढुङ्गाबाट खैरो हेरोइनसहित दुई जना पक्राउ विदेशमा पनि मतदानको व्यवस्था मिलाउन प्रमुख आयुक्तलाई अनुरोध नवनियुक्त चार मन्त्रीले लिए शपथ