असोज १, कञ्चनपुर । सीमा विवादले कञ्चनपुरको गडविजला तालको संरक्षण हुन नसक्दा अतिक्रमणको चेपेटामा परेको छ । 
Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... असोज १, कञ्चनपुर । सीमा विवादले कञ्चनपुरको गडविजला तालको संरक्षण हुन नसक्दा अतिक्रमणको चेपेटामा परेको छ । 
2026-09-08 11:19 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

कन्चनपुर - KNC

सीमा विवादले गडविजला ताल अतिक्रमणको चपेटामा

असोज १, कञ्चनपुर । सीमा विवादले कञ्चनपुरको गडविजला तालको संरक्षण हुन नसक्दा अतिक्रमणको चेपेटामा परेको छ । 

ताल कृष्णपुर नगरपालिकामा पर्ने देखतभूली गाविसमा पर्ने भन्ने वर्षौदेखिको सीमा विवादले संरक्षण हुन नसकेको हो । २२ बिगाहा क्षेत्रफलमा फैलिएको ताल पाँच बिगाहा क्षेत्रफलमै सीमित भएको छ । 

ताल वरिपरिको जग्गा कब्जा गरी ४० भन्दा बढी परिवारले बसोवास गरेका छन् । देखतभूली गाविसका सचिव आनन्दप्रसाद भट्टले सीमा विवाद समाधान गर्नका लागि नक्सा हेरेर सीमा छुट्ट्याउनेमा सहमति भए पनि कार्यान्वयन नगरिँदा ताल संरक्षण गर्न गाह्रो परेको बताउनुभयो । 

“गाविस र नगरपालिकाले तालमा दाबी गर्दै आए पनि कसको क्षेत्रभित्र पर्छ भन्ने यकिन नहँुदा ताल संरक्षणमा चासो दिएको छैन” सचिव भट्टले भन्नुभयो । तालको वरीपरी बसोवास गर्दै आएका बासिन्दाले विसं २०५४ पछि तालक्षेत्र वरीपरीको क्षेत्रमा अतिक्रमण गर्न थालेपछि तालको क्षेत्रफलमा कमी आउन थालेको हो । 

ताल वरीपरीको जग्गा अतिक्रमण गरी स्थानीय बासिन्दाले खेती गर्न थालेपछि ताल पुरिने क्रम बढेको स्थानीयवासी भागिराम चौधरीले बताउनुभयो । ताल वारीपारीको क्षेत्रमा बस्ती बस्न सुरु भएपछि तालको जैविक विविधता समेत खतरामा परेको उहाँले बताउनुभयो । 

तालमा देखापर्ने गरेका जल पक्षीसमेत बस्तीकै कारण नदेखिने गरेका छन्, उहाँले भन्नुभयो, “तालको संरक्षणका लागि स्थानीय निकायले चासो नदिँदा तालको अस्तित्व खतरामा पर्दै जान थालेको छ ।” 

तालको संरक्षण भएमा पर्यटन व्यवसायलाई बढाउन सकिने उहाँले बताउनुभयो । ताल वरिपरीको क्षेत्रमा सुकुम्वासी र दलित समुदायको बस्ती रहेको छ । तालको पानी चुहिएर ताल पानी विहीन नबनोस भनेर डिल मर्मत गर्न र माछापालनका लागि आउटलेट निर्माण गर्नका लागि जिल्ला कृषि विकास कार्यालयले छ वर्ष अघि समूहमार्फत रु चार लाख बजेटको व्यवस्था गरेको थियो । जिल्ला विकास समिति कञ्चनपुरले हाल पाँच वर्षका लागि रु २७ लाख भाडा तिर्ने गरी ताल ठेक्कामा दिएको छ । रासस 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सुनचाँदीको मूल्य बढ्यो, सुन प्रतितोला ३ लाख ५ हजार ४ सय रुपैयाँ भोटेकोशी बाढीपीडितका लागि राष्ट्र बैंकले दियो १ करोड ३८ लाख रकम कांग्रेसले बोलायो केन्द्रीय निर्वाचन समितिको बैठक बाढीपीडितको मानव अधिकार संरक्षण गर्न सरकारलाई राष्ट्रिय मानव अधिकार आयोगको आग्रह मृतकको पहिचान सावधानी र संवेदनशीलताका साथ गरिनुपर्छ : राष्ट्रपति पौडेल भोटेकोशी बाढीपीडितका लागि कांग्रेसले प्रधानमन्त्री राहत कोषमा १ करोड दियो म्याग्दीमा ७२ वर्षीया वृद्धाको हत्या, नाति पक्राउ ‘ग्रीन आर्मी’खारेज गर्न सरकारसँग नेकपाको माग एक जना पनि पीडितले सरकार पाइनँ भन्ने अवस्था आउनुहुँदैन : सभामुख अर्याल राष्ट्रपति पौडेलले आज दिउँसो ३ः३० बजे राष्ट्रका नाममा सम्बोधन गर्ने विपत्तिका बेला विद्युत् संरचनाका तार चोरी हुनु दुःखद र गम्भीर विषय हो : ऊर्जामन्त्री श्रेष्ठ भोटेकोशी बाढीको क्षति बुझ्न प्रभावित क्षेत्रमा पुगे राष्ट्रपति पौडेल राजमार्ग अवरुद्ध भएपछि काठमाडौँमा ग्यास संकट बाढीपीडितको अपमानजनक भिडियो पोस्ट गर्ने युवक पक्राउ भोटेकोशी बाढीमा १ हजार ३५६ शव फेला, ४ हजार ७७ जना अझै बेपत्ता ३९ जिल्लामा आकस्मिक बाढीको जोखिम हतारमा गरिएको पुनर्निर्माण अस्थायी हुन्छ : सभामुख अर्याल कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठक बस्दै सुनचाँदीको मूल्य घट्यो भोटेकोसी बाढीको १३औँ दिन राष्ट्रिय शोक, झण्डा आधा झुकाइयो