2026-08-22 07:13 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

पारिवारिक विवादपछि पत्नी माइतमा, पति घरमा मृत फेला

पुस ११, मोरङ । मोरङको केराबारी गाउँपालिका–९ बेलचौरीमा सोमबार दिउँसो एक जना युवक आफ्नै घरभित्र मृत फेला परेका छन्। 

काठ र कर्कटपाताको प्रयोग गरेर बनाइएको घरको माथिल्लो तलाको कोठाभित्र ३० वर्षीय राम ऋषिदेव मृत फेला परेका हुन्। 

मोरङ प्रहरीका प्रवक्ता डीएसपी टीकाबहादुर कार्कीले सडेर दुर्गन्धित भएको अवस्थामा शव भेटिएको जानकारी दिए। उनका अनुसार घटनाको प्रकृति हेर्दा ३/४ दिनअघि नै मृत्यु भएजस्तो देखिन्छ। 

६० वर्षीय वृद्ध आफ्नै घरमा मृत अवस्थामा फेला – देशसञ्चार

गाउँमा दुर्गन्ध फैलिएसँगै खोजी गर्ने क्रममा स्थानीयले घरभित्र शव देखेपछि प्रहरीलाई खबर गरेका हुन्। सिरक ओढेको र शरीर सुन्निएको अवस्थामा ऋषिदेवको शव ओछ्यानमा फेला परेको डीएसपी कार्कीले बताए। 

घटनास्थलमा पुगेको इलाका प्रहरी कार्यालय बेलबारीका प्रहरी निरीक्षक खगेन्द्र धमला नेतृत्वको टोलीले शव पोस्टमार्टमका लागि बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरान पठाएर घटनाको अनुसन्धान सुरु गरेको छ। 

प्रारम्भिक अनुसन्धानबाट घटना शंकास्पद नदेखिएको प्रहरीले जनाएको छ। प्रहरीका अनुसार मृत फेला परेका ऋषिदेव गत बिहीबारदेखि घरमा एक्लै बस्दै आएको खुलेको छ। 

पारिवारिक विवादपछि पत्नी (श्रीमती) रेखा ऋषिदेव मोरङको बेलबारी नगरपालिका–१ स्थित माइत गएको पाइएको प्रहरीले जनाएको छ। 

प्रहरीका अनुसार उनीहरुबीचको विवादका बारेमा खुल्न बाँकी छ। ‘घरमा झगडा परेपछि पत्नी माइततिर गएर बस्न थालेको पाइयो। घरमा पति मात्रै बस्दा रहेछन्,’ डीएसपी कार्कीले भने, ‘अहिले आएर पति घरभित्रै मृत फेला परेका छन्। शव सडेर दुर्गन्धित भएको अवस्थामा भेटिएको छ।’ 

तर, प्रारम्भिक अनुसन्धानबाट घटना शंकास्पद नदेखिएको उनको भनाइ छ। उनले ऋषिदेवको मृत्युको कारण भने खुल्न बाँकी रहेको बताए। 

पोस्टमार्टम रिपोर्ट प्राप्त भएर विस्तृतमा अनुसन्धान गरेपछि मृत्युको कारण प्रष्ट हुने कार्कीले बताए। 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
विभिन्न देश पठाइदिन्छु भन्दै रकम ठगी गरेको आरोपमा २ जना पक्राउ रास्वपाको नीति–कार्यक्रम माथिल्लो वर्गको हितमा मात्रै छ : झलनाथ खनाल विश्वप्रकाश शर्माको अपिल: अदालत होइन, पार्टी कार्यालयमै बसेर कांग्रेसको विवाद समाधान गरौँ सामाजिक सञ्जालमा अनेकौँ पेज सञ्चालन गर्दैमा पार्टी बलियो बन्दैन : दीपक खड्का म्याग्दीबाट मुस्ताङतर्फ अघि बढे प्रधानमन्त्री बालेन गरिमा चौधरीलाई न्याय माग्दै काठमाडौँमा प्रदर्शन यो सरकार पाँच वर्ष कुनै हालतमा जाँदैन : केपी ओली पहिरो खसेपछि पासाङल्हामु सडक पूर्ण रूपमा अवरुद्ध अनुदानको मल कालोबजारी गरेको आरोपमा तीन जना पक्राउ गरिमाको हत्यामा गृहमन्त्रीको स्पष्ट सन्देश: ‘दोषी उम्कनु हुँदैन, निर्दोष फस्नु हुँदैन’ मतदाता नामावली अद्यावधिक गर्न निर्वाचन आयोगको अनुरोध राष्ट्रियसभाबाट ‘नेपाल विशेष सेवा ऐनसम्बन्धी विधेयक’सर्वसम्मतिले स्वीकृत रास्वपामा तीन पदाधिकारीसहित ४२ केन्द्रीय सदस्य अर्को बैठकबाट मनोनीत हुने साताको अन्तिम दिन घट्यो नेप्से शंखमुलको होस्टलमा कुटपिटपछि २२ वर्षीय युवकको मृत्यु गरिमालाई न्याय माग्दै काठमाडौँमा प्रदर्शन प्रधानमन्त्री शाह काठमाडौँबाट पोखरातर्फ प्रस्थान राजनीतिक मुद्दाको समाधान केवल राजनीतिक संवादबाट मात्र सम्भव छ: प्रदीप पौडेल जाजरकोटमा जीप दुर्घटना हुँदा एकजनाको मृत्यु भएको छ भने ६ जना घाइते सुनको मूल्य एकैदिन तोलामा ३ हजार ३०० रुपैयाँले बढ्यो