१२ माघ २०८२, आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

खुमलटारबाट फर्किए ओली, के-के भयो छलफल?

१३ पुष २०७९, बुधबार ०८:५७

पुस १३, काठमाडौँ | प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीबीचको छलफल सकिएको छ । प्रचण्डलाई भेट्न पुगेका ओली उनको निवास खुमलटारबाट फर्केका छन् । सञ्चारमाध्यमसँग संक्षिप्त कुराकानी गरेका ओलीले सरकारकै विषयमा छलफल भएको बताए । ‘भर्खर सरकार गठन भएको छ, त्यसलाई अगाडि बढाउनुपर्छ भन्ने कुरा भयो,’ उनले भने ।


प्रधानमन्त्रीका स्वकीय सचिव रमेश मल्लले भने सरकारको काम प्रभावकारी बनाउने विषमया छलफल भएको बताए । सरकारको न्यूनतम साझा कार्यक्रम तयार गर्ने विषयमा पनि नेताहरुबीच कुराकानी भएको उनको भनाइ छ ।

प्रधानमन्त्री प्रचण्ड र ओलीबीच बिहीबार प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा पनि छलफल गर्ने तय भएको मल्लले जानकारी दिए । ‘सरकारको नीति कार्यक्रम कस्तो बनाउने, सरकारको कामकारबाहीलाई कसरी प्रभावकारी बनाउने भन्ने विषयमा छलफल भएको हो,’ उनले भने ।

सरकारलाई पूर्णता दिने विषयमा बुधबार नै नयाँ वानेश्वरमा सत्ता साझेदार दलहरुको बैठक छ । त्यसअघि प्रचण्ड र ओलीले छलफल गरेकाले मन्त्री भागवण्डाका विषयमा पनि छलफल भएको हुन सक्ने नेताहरुले बताएका छन् ।


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
स्वच्छ र निष्पक्ष निर्वाचनका लागि सबै जिम्मेवार बनौँ: प्रचण्ड गगन थापाले यसपटक आँट गरेर सर्लाहीबाट उम्मेदवारी दिएको बताए गाजामा नागरिकको हत्या जारी रहने राष्ट्रसंघको चेतावनी कुलमान घिसिङले रास्वपासँग कुनै पदको बार्गेनिङ नगरेको बताए पश्चिमी वायुको प्रभावका कारण काठमाडौँ उपत्यकामा मौसम परिवर्तन प्रधानमन्त्रीले बन्दुक समातेर गोली चलाउँदैन, जेनजी हत्याको आरोप मलाई लगाइयो: केपी ओली चुनावी अभियानको क्रममा तेह्रथुम पुगे बालेन शाह हिमपातले सुदूर पहाडको जनजीवन प्रभावित आज अन्तर्राष्ट्रिय शिक्षा दिवस मनाइँदै देश अझै संकटमा छ, दुर्घटनामा पर्न सक्छ: प्रचण्ड महावीर पुनले पाए त्रिभुज चुनाव चिन्ह मन्त्रिपरिषद् बैठकका निर्णयहरु सार्वजनिक बदलिएको कांग्रेसले देशलाई बदल्छ : सभापति गगन थापा गगन थापालाई प्रधानमन्त्रीको उम्मेदवार बनाउने कांग्रेसको निर्णय हल्लाको पछि नलाग्न आशिका तामाङको आग्रह राष्ट्रिय सभाको बैठक जारी आशिका तामाङले उम्मेदवारी फिर्ता लिन निर्वाचन अधिकृतलाई गरिन् फोन बाबुराम भट्टराईले फिर्ता लिए उम्मेदवारी गगन थापा सभापति बनेपछि पहिलोपटक सानेपामा पुगेर बैठक गर्दै पाथीभरा पुगे बालेन शाह