१२ माघ २०८२, आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

भारतीय प्रधानमन्त्री मोदीकी आमा अस्पताल भर्ना

१३ पुष २०७९, बुधबार १०:४७

पुस १३, काठमाडौँ | भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीकी आमा हिराबेनको स्वास्थ्य बिग्रिएको छ । मोदी आमालाई भेट्न अहमदाबाद पुगेका छन् । 

उनीसँगै गुजरातका मुख्यमन्त्री भूपेन्द्र पटेल र केही राज्यमन्त्री पनि छन् । यसअघि मंगलबार राति अचानक स्वास्थ्य बिग्रिएपछि हिराबेनलाई अहमदाबादको युएन मेहता अस्पतालमा भर्ना गरिएको थियो । अस्पतालका चिकित्सकको टोलीले उनको स्वास्थ्यको निरन्तर अनुगमन गरिरहेको छ । 

अस्पतालले बुधबार दिउँसो एक हेल्थ बुलेटिन जारी गर्दै हिराबेनको स्वास्थ्य अहिले स्थिर रहेको जनाएको छ । हिराबेनले गत जुनमा आफ्नो १०० औँ जन्मदिन मनाएकी थिन् । त्यसबेला पनि प्रधानमन्त्री मोदी उनलाई भेट्न आएका थिए । 

उता कांग्रेस नेता राहुल गान्धीले हिराबाको शीघ्र स्वास्थ्यलाभको कामना पनि गरेका छन् । राहुलले लेखेका छन्, ’आमा र छोराको माया अनन्त र अमूल्य हुन्छ । मोदीजी, यो कठिन समयमा मेरो माया र समर्थन तपाईंसँग छ। आशा छ तपाईंकी आमा छिट्टै निको हुनुहोस् ।’

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
स्वच्छ र निष्पक्ष निर्वाचनका लागि सबै जिम्मेवार बनौँ: प्रचण्ड गगन थापाले यसपटक आँट गरेर सर्लाहीबाट उम्मेदवारी दिएको बताए गाजामा नागरिकको हत्या जारी रहने राष्ट्रसंघको चेतावनी कुलमान घिसिङले रास्वपासँग कुनै पदको बार्गेनिङ नगरेको बताए पश्चिमी वायुको प्रभावका कारण काठमाडौँ उपत्यकामा मौसम परिवर्तन प्रधानमन्त्रीले बन्दुक समातेर गोली चलाउँदैन, जेनजी हत्याको आरोप मलाई लगाइयो: केपी ओली चुनावी अभियानको क्रममा तेह्रथुम पुगे बालेन शाह हिमपातले सुदूर पहाडको जनजीवन प्रभावित आज अन्तर्राष्ट्रिय शिक्षा दिवस मनाइँदै देश अझै संकटमा छ, दुर्घटनामा पर्न सक्छ: प्रचण्ड महावीर पुनले पाए त्रिभुज चुनाव चिन्ह मन्त्रिपरिषद् बैठकका निर्णयहरु सार्वजनिक बदलिएको कांग्रेसले देशलाई बदल्छ : सभापति गगन थापा गगन थापालाई प्रधानमन्त्रीको उम्मेदवार बनाउने कांग्रेसको निर्णय हल्लाको पछि नलाग्न आशिका तामाङको आग्रह राष्ट्रिय सभाको बैठक जारी आशिका तामाङले उम्मेदवारी फिर्ता लिन निर्वाचन अधिकृतलाई गरिन् फोन बाबुराम भट्टराईले फिर्ता लिए उम्मेदवारी गगन थापा सभापति बनेपछि पहिलोपटक सानेपामा पुगेर बैठक गर्दै पाथीभरा पुगे बालेन शाह