१२ माघ २०८२, आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

एमाले बागमती प्रदेश संसदीय दलको नेतामा थपलिया चयन

१४ पुष २०७९, बिहीबार ०८:२१

पुस १४, काठमाडौँ | नेकपा एमाले बागमती प्रदेश संसदीय दलको नेतामा जगन्नाथ थपलिया चयन भएका छन् । एमाले बागमती प्रदेशको संसदीय दलको बैठकले थपलियालाई सर्वसम्मत रुपमा दलको नेतामा चयन गरेको हो । 


प्रदेशसभाको दोस्रो ठूलो दल एमालेका थपलिया चितवन क्षेत्र नम्बर–१ (क) बाट निर्वाचित सांसद हुन् । एमाले अध्यक्ष केपी शर्मा ओली निकट रहेका उनी एमालेका निर्वाचित सांसदहरु मध्ये जेष्ठ सदस्य पनि हुन् । 

जेष्ठ सदस्यको रुपमा उनले बिहीबारको संसदीय दलको अध्यक्षता गरेका थिए । थपलिया एमालेको केन्द्रीय सदस्य समेत हुन् भने उनी २०७४ सालमा तत्कालीन मुख्यमन्त्री डोरमणि पौडेलको प्रमुख राजनीतिक सल्लाहकार थिए । 

बागमती प्रदेशसभामा एमालेबाट प्रत्यक्ष तर्फ १३ र समानुपातिक तर्फ १४ जना गरि २७ जना सांसद रहेका छन् ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
स्वच्छ र निष्पक्ष निर्वाचनका लागि सबै जिम्मेवार बनौँ: प्रचण्ड गगन थापाले यसपटक आँट गरेर सर्लाहीबाट उम्मेदवारी दिएको बताए गाजामा नागरिकको हत्या जारी रहने राष्ट्रसंघको चेतावनी कुलमान घिसिङले रास्वपासँग कुनै पदको बार्गेनिङ नगरेको बताए पश्चिमी वायुको प्रभावका कारण काठमाडौँ उपत्यकामा मौसम परिवर्तन प्रधानमन्त्रीले बन्दुक समातेर गोली चलाउँदैन, जेनजी हत्याको आरोप मलाई लगाइयो: केपी ओली चुनावी अभियानको क्रममा तेह्रथुम पुगे बालेन शाह हिमपातले सुदूर पहाडको जनजीवन प्रभावित आज अन्तर्राष्ट्रिय शिक्षा दिवस मनाइँदै देश अझै संकटमा छ, दुर्घटनामा पर्न सक्छ: प्रचण्ड महावीर पुनले पाए त्रिभुज चुनाव चिन्ह मन्त्रिपरिषद् बैठकका निर्णयहरु सार्वजनिक बदलिएको कांग्रेसले देशलाई बदल्छ : सभापति गगन थापा गगन थापालाई प्रधानमन्त्रीको उम्मेदवार बनाउने कांग्रेसको निर्णय हल्लाको पछि नलाग्न आशिका तामाङको आग्रह राष्ट्रिय सभाको बैठक जारी आशिका तामाङले उम्मेदवारी फिर्ता लिन निर्वाचन अधिकृतलाई गरिन् फोन बाबुराम भट्टराईले फिर्ता लिए उम्मेदवारी गगन थापा सभापति बनेपछि पहिलोपटक सानेपामा पुगेर बैठक गर्दै पाथीभरा पुगे बालेन शाह