By using this site, you agree to the Privacy Policy and Terms of Use.
Accept
Sajha Sabal | sajhasabal.comSajha Sabal | sajhasabal.comSajha Sabal | sajhasabal.com
• मुख्य समाचार
• बैदेशिक रोजगार
बैदेशिक रोजगारShow More
जेठ महिनामा ६१ हजार नेपालीले लिए विदेश जान श्रम स्वीकृति, मलेसिया जाने सबैभन्दा बढी
4 weeks ago
भारतको बाटो हुँदै वैदेशिक रोजगारमा उडान: नेपाललाई दैनिक करोडौं क्षति, विभागले माग्यो उडान विवरण
4 weeks ago
नेपाल वैदेशिक रोजगार व्यवसायी संघको बहुमत पदाधिकारी तथा सदस्यद्वारा सामूहिक राजीनामा
3 months ago
बिदेशी कामदार भर्ना गर्न TURAP प्रणाली अपनाउने योजनामा मलेसिया सरकार !
3 months ago
श्रम स्वीकृति रोक्का र शुल्क कडाइको असर: वैदेशिक रोजगारको माग क्रमश खुम्चदै
3 months ago
• राजनीति
राजनीतिShow More
प्रतिनिधिसभाको बैठक बस्दै
4 hours ago
मन्त्रिपरिषद् बैठकका पाँच निर्णय सार्वजनिक
22 hours ago
गलत हो छानबिन गर्नुपर्छ, हुनुपर्छ भनेर रास्वपाले भनिसकेको छ: रवि लामिछाने
22 hours ago
राष्ट्रपति पौडेलले गरे तीन वटा विधेयक प्रमाणीकरण
23 hours ago
मन्त्रिपरिषद् बैठक बस्दै
1 day ago
• अर्थ/विकास
अर्थ/विकासShow More
बुधबार १४ अंकले बढ्यो नेप्से
28 minutes ago
सुनचाँदीको मूल्य बढ्यो
5 hours ago
सेयर बजारमा झिनो अंकको सुधार
1 day ago
मंगलबार सुनचाँदीको मूल्य घट्यो
1 day ago
नेप्से परिसूचक ३०.६० अंकले घट्यो
2 days ago
• समाज
• विश्व
• खेलकुद
Reading: के तपाईँ फेसबुकमार्फत अन्य एप वा वेबसाइट लगइन गर्नुहुन्छ ? हुन सक्छ यत्तिको जोखिम
Font ResizerAa
Sajha Sabal | sajhasabal.comSajha Sabal | sajhasabal.com
Font ResizerAa
• Search Page
• 404 Page
• Search Page
• Search Page
• Blog Index
• Contact Us
• Search Page
• 404 Page
• Pages
• Blog Index
• Contact Us
• Search Page
• 404 Page
• Pages
• Home
• Blog Index
• Contact Us
• Search Page
• 404 Page
• Pages
• Home
• Blog Index
• Contact Us
• Search Page
• 404 Page
• Pages
• Home
• Blog Index
• Contact Us
• Search Page
• 404 Page
• Pages
• Home
• Blog Index
• Contact Us
• Search Page
• 404 Page
• Personalized
• Personalized
• Personalized
• More Foxiz
• Login
• Contact
• Blog
• Buy Theme
• Personalized
• Read History
• Personalized
• Read History
• Personalized
• Read History
• Personalized
• Read History
• Personalized
• Read History
• Personalized
• Read History
• Categories
• अर्थ/विकास
• सूचना प्रबिधि
• Categories
• अर्थ/विकास
• सूचना प्रबिधि
• Categories
• अर्थ/विकास
• सूचना प्रबिधि
• Categories
• अर्थ/विकास
• सूचना प्रबिधि
• Categories
• अर्थ/विकास
• सूचना प्रबिधि
• Categories
• अर्थ/विकास
• सूचना प्रबिधि
• Categories
• अर्थ/विकास
• सूचना प्रबिधि
• Categories
• अर्थ/विकास
• सूचना प्रबिधि
• Categories
• अर्थ/विकास
• सूचना प्रबिधि
Follow US
Sajha Sabal | sajhasabal.com > Blog > प्रदेश समाचार > बागमती प्रदेश > काठमाडौँ - KTM > के तपाईँ फेसबुकमार्फत अन्य एप वा वेबसाइट लगइन गर्नुहुन्छ ? हुन सक्छ यत्तिको जोखिम
काठमाडौँ - KTMसूचना प्रबिधि

के तपाईँ फेसबुकमार्फत अन्य एप वा वेबसाइट लगइन गर्नुहुन्छ ? हुन सक्छ यत्तिको जोखिम

साझासवाल
Last updated: December 29, 2022 10:24 am
साझासवाल
8 Min Read
Share

पुस १४, काठमाडौँ | सम्भवतः तपाईँले धेरैभन्दा धेरै वेबसाइट तथा एपले फेसबुक अकाउन्ट मार्फत लगइन गर्ने विकल्प दिने गरेको कुरा ख्याल गर्नु भएकै होला । अवश्य पनि यो विकल्प निकै सहज लाग्छ । तर यो उपाय त्यति सुरक्षित भने होइन । यसमा केही जोखिमहरू पनि छन् भन्ने कुरा नबिर्सिनुहोस् ।

पहिलो कुरा त यसमा के स्पष्ट छ भने तपाईँले त्यस्तो एप तथा वेबसाइटलाई आफ्नो फेसबुक अकाउन्टमा पहुँच दिँदै हुनुहुन्छ । यसका अन्य जोखिमहरू पनि हुनसक्छन्, जुन त्यति स्पष्ट छैनन् । त्यसैले आज हामी फेसबुकमार्फत अन्य एप तथा वेबसाइट लगइन गर्दाका फाइदा र बेफाइदाको विषयमा चर्चा गर्दैछौँ । जसको आधारमा तपाईँले जोखिम लिएर यो विकल्प प्रयोग गर्ने कि नगर्ने भन्ने कुरा तय गर्न सक्नु हुनेछ ।

फेसबुक लगइन के हो र यसले कसरी काम गर्छ ?

फेसबुक लगइन एउटा त्यस्तो फिचर हो जसले तपाईँलाई आफ्नो फेसबुक अकाउन्टको सहयोगमा अन्य एप लगइन गर्ने अनुमति दिन्छ । जब तपाईँ फेसबुक लगइन प्रयोग गर्नुहुन्छ, उक्त एपले तपाईँको पब्लिक प्रोफाइल र ईमेल एड्रेसमा पहुँच बनाउन 'पर्मिसन' (अनुमति) माग्छ ।

यदि तपाईँले पर्मिसन दिनु भयो भने यसले तपाईँको युजरनेम र पासवर्ड नराखेरै लगइन गर्ने सुविधा दिन्छ । केही एपहरूले यस बाहेक फ्रेन्ड लिस्ट तथा तपाईँको तर्फबाट पोस्ट गर्नेसम्मको अतिरिक्त अनुमति पनि माग्न सक्छन् । तर तपाईँले यस्ता अतिरिक्त पर्मिसन अस्वीकार गर्न सक्नुहुन्छ ।

फेसबुक लगइनका फाइदाः

फेसबुक लगइनका केही फाइदा पनि छन्, जसमध्ये केहीकाे चर्चा यहाँ गरेका छाैं:

१. सहजता

तपाईँ हामी सबैले महसुस गरेकै विषय होः कुनै नयाँ एप डाउनलोड गर्ने बित्तिकै त्यसलाई प्रयोग गर्न थाल्न हतारो हुन्छ । तर त्यसका लागि तपाईँले पूरा नयाँ अकाउन्ट बनाउनुपर्ने हुन्छ ।

तर फेसबुक लगइन प्रयोग गर्ने हो भने त्यो सम्पूर्ण प्रक्रिया क्षणभरमै पूरा हुन्छ र एपमा अकाउन्ट तयार हुन्छ ।

पक्कै पनि तपाईँ सबै एप तथा वेबसाइटमा फेसबुक लगइन प्रयोग गर्न त चाहनुहुन्छ होला । यसले कहिलेकाहीँ समयको राम्रै बचत गरिदिन्छ ।

२. पासवर्ड सम्झिराख्नुपर्ने बाध्यता नहुने

यदि तपाईँ पनि आधिकांश मान्छेले जस्तै गर्नुहुन्छ भने सम्भवतः तपाईँले ट्र्याकिङबाट बच्न भिन्नाभिन्नै पासवर्ड राख्नु हुन्छ । फेसबुक लगइन प्रयोग गर्नुको अर्थ छुट्टै पासवर्ड सम्झिराख्नुपर्ने झन्झट नलिनु जस्तै हो । यसका लागि तपाईँले केवल फेसबुकको पासवर्ड याद गरे पुग्छ ।

३. विभिन्न अकाउन्ट एउटै पासवर्ड प्रयोग गर्नुभन्दा सुरक्षित

के तपाईँले विभिन्न अकाउन्टका लागि एउटै पासवर्ड प्रयोग गर्नु भएको छ ? त्यसो हो भने तपाईँलाई त्यो त्यति सुरक्षित उपाय होइन भन्ने कुरा पनि तपाईँले बुझ्न जरुरी छ । तर जब तपाईँ अन्य एप लगइन गर्न फेसबुक प्रयोग गर्नु हुन्छ, तपाईँका क्रेडेन्सियल थप सुरक्षित हुन्छन् ।

किनभने ती तपाईँको फेसबुक अकाउन्टसँग जोडिएका हुन्छन् । यहाँनिर उदाहरणका लागि टु फ्याक्टर अथेन्टिकेसन इनेबल गरिएको कुनै फेसबुक अकाउन्टलाई लिन सक्छौँ ।

४. अन्य माध्यममा समेत साथीहरूसँग जोडिन सहज

जब तपाईँ अन्य एपका लागि फेसबुक लगइन प्रयोग गर्नुहुन्छ, यस्तोमा ती अन्य एप प्रयोग गरिरहेका साथीहरूसँग सम्पर्कमा रहन तपाईँका लागि यो निकै प्रभावकारी तरिका बन्न पुग्छ ।

उदाहरणका लागि तपाईँ सामाजिक सञ्जालमा लगइन गर्नुपर्ने कुनै गेम खेल्दै हुनुहुन्छ भने फेसबुक लगइनले उक्त गेम तपाईँका कुन कुन साथीहरूले समेत खेल्ने गरेका छन् भन्ने कुरा थाहा पाउने अनुमति दिन्छ ।

५. 'गेम प्रोग्रेस' ब्याकअप गर्ने र रिस्टोर गर्ने सुविधा

यदि तपाईँले आफ्नो मोबाइल परिवर्तन गर्नु भयो र कुनै गेम सुरुदेखि पुनः खेल्नुपर्ने भयो भने कति दिक्क लाग्दो हुन्छ भन्ने कुरा राम्रैसँग महसुस गर्नु भएकै होला ।

तर जब तपाईँ गेमका लागि फेसबुक लगइन प्रयोग गर्नुहुन्छ, तपाईँको प्रोग्रेस ब्याकअपमा बस्छ र यदि मोबाइल परिवर्तन गर्ने हो भने पनि पुरानै स्थानबाट पुनः रिस्टोर गर्न सकिन्छ ।

६. कुनै कुनैमा यो अनिवार्य नै हुन्छ

कुनै कुनै यस्ता माध्यम पनि हुन्छन्, जहाँ लगइन गर्न फेसबुक बाहेकको विकल्प हुँदैन । यस्तोमा जब तपाईँ त्यस्तो प्लेटफर्म प्रयोग गर्न चाहनुहुन्छ, तपाईँसँग फेसबुक लगइनको सहायता लिनुको कुनै विकल्प हुँदैन । मेसेन्जर त्यसको एउटा उदाहरण हो ।

त्यसो त ओक्युलस पनि अर्को त्यस्तै प्रकारको माध्यम थियो, तर अहिले भने त्यसको साटो मेटा अकाउन्ट आवश्यक पर्छ, जुन प्राविधिक हिसाबले मामिला उही हो ।

फेसबुक लगइनका बेफाइदा

अन्य कुरामा जस्तै फेसबुक लगइनका पनि केही बेफाइदा छन् । त्यस्ता सम्भावित जोखिमहरू निम्न अनुसार छन् ।

१. यो तपाईँले सोचेजस्तो 'प्राइभेट' छैन

जबजब तपाईँ आफ्नो फेसबुक अकाउन्टमार्फत कुनै माध्यममा लगइन गर्नुहुन्छ, तपाईँले उक्त एप तथा वेबसाइटलाई आफ्ना केही व्यक्तिगत सूचनाहरू दिइहरनु भएको हुन्छ ।

तपाईँका कति सूचना त्यसरी शेयर भइरहेका छन् भन्ने कुरा तपाईँले कस्तो पर्मिसन दिनु भएको छ भन्ने कुरामा भर पर्छ । तर त्यो निकै धेरै पनि हुनसक्छ ।

२. झुक्किएर धेरै सूचना बाहिरिने जोखिम

फेसबुकले अन्य एपहरूसँग आफ्नो अकाउन्टमा रहेका कति सूचना शेयर गर्ने भन्ने कुरा नियन्त्रण गर्ने सुविधा प्रयोगकर्तालाई दिएको हुन्छ । तर त्यसका बाबजुद सहजै झुक्किएर धेरै सूचना शेयर हुने सम्भावना हुन्छ ।

उदाहरणका लागि मानौँ तपाईँले कुनै एउटा एप डाउनलोड गर्नु भयो र त्यसलाई आफ्नो पब्लिक प्रोफाइलमा एक्सेस गर्ने अनुमति दिनु भयो । तर त्यसले तपाईँको फ्रेन्ड लिस्टमा समेत पहुँच बनाएको कुरा पछि मात्र थाहा पाउनु भयो ।

३. असफलताको एउटै विन्दु हुनसक्छ

यदि कसैगरी तपाईँको फेसबुक अकाउन्ट ह्याक भयो भने साइबर अपराधीले फेसबुकमार्फत लगइन भएका सबै एप तथा वेबसाइटमा एक्सेस पाउँछ, जुन तपाईँका लागि निकै धेरै क्षति पुर्‍याउने कारण बन्न सक्छ, खासगरी यदि तपाईँले सम्वेदनशील अकाउन्टका लागि आफ्नो फेसबुक लगइन प्रयोग गर्नु भएको छ भने ।

४. केही एपले तपाईँको डेटा बिक्री गर्न सक्छन्

हुन त थर्ड-पार्टी एपले तपाईँको डेटा कसरी प्रयोग गर्न सक्छन् भन्ने विषयमा फेसबुकको कडा नीति छ । तर सबै एपहरूले उक्त नीति पालना गर्दैनन् । केही सन्दर्भमा फेसबुक लगइन आवश्यक पर्ने कुनै एपले तपाईँको डेटा विज्ञापनदातासँग बिक्री गर्न सक्छ ।

५. तपाईँले फेसबुकलाई पनि आफ्नोबारे थप धेरै डेटा दिनुहुन्छ

गोपनीयता केही मानिसहरूले फेसबुकलाई मन नपराउने कारण मध्येको एउटा प्रमुख हो । यदि तपाईँ आफ्नो बारे एकदमै धेरै डेटा रहेकाले फेसबुकलाई लिएर चिन्तित हुनुहुन्छ भने फेसबुक लगइन प्रयोग गर्दा तपाईँको त्यस्तो चिन्तालाई थप बढाउनेछ ।

६. तपाईँको अकाउन्ट नै लक हुन सक्छ

यदि तपाईँले केही गरी आफ्नो फेसबुक पासवर्ड बिर्सिनु भयो भने फेसबुकमार्फत लगइन गरेका अन्य सबै एप तथा वेबसाइट समेत लक हुन सक्छन् । त्यसैले केही सन्दर्भमा यस्ता अन्य अकाउन्टमा पहुँच बनाइराख्न ब्याकअपका अन्य विधिहरू पनि महत्त्वपूर्ण हुन्छन् ।

अन्य एपमा फेसबुक लगइन प्रयोग गर्ने कि नगर्ने ?

यसका फाइदा र बेफाइदाको लेखाजोखा गरेर तपाईँले अन्य एपमा फेसबुक लगइन प्रयोग गर्ने कि नगर्ने भन्ने निर्णय लिन सक्नु हुन्छ । तपाईँका लागि सहजता र सुरक्षा मध्ये कुन कति महत्त्वपूर्ण छ भन्ने कुरा विचार गर्नुहोस् । अनि अर्को कुरा फेसबुक र अन्य कम्पनीसँग तपाईँ आफ्नो कतिसम्म डेटा शेयर गर्दा सहज महसुस गर्नु हुन्छ भन्ने कुरा पनि नभुल्नुहोस् ।

यदि तपाईँ आफ्नो गोपनीयताको विषयमा बढी सरोकार राख्नु हुन्छ भने त्यस्तोमा पक्कै पनि फेसबुक लगइन प्रयोग गरिएको कुनै एपमा चाहिने भन्दा बढी डेटा शेयर गर्न चाहनुहुन्न । यस्तोमा सकेसम्म त तपाईँ फेसबुक लगइन नै प्रयोग गर्नुहुन्न ।

तर यदि तपाईँ आफ्नो सहजतालाई बढी महत्त्वपूर्ण ठान्नुहुन्छ भने फेसबुक लगइन प्रयोग गर्न पनि सक्नुहुन्छ । यस्तोमा त्यस्ता प्रत्येक एपले लिने पर्मिसनको समीक्षा गर्न भने नभुल्नुहोस् ।

फेसबुक लगइनः मूल्य चुकाएर पाएको सहजता

अन्त्यमा बटम लाइन यही हो कि फेसबुक लगइन अन्य एपका लागि सहज हुनसक्छ । तर त्यसको मूल्य भने चुकाउनै पर्ने हुन्छ । अनेक युजरनेम र पासवर्ड सम्झिरहनु पर्ने झन्झट नलिने सजिलोको लागि तपाईँले आफ्नो केही गोपनीयता र सुरक्षा दाउमा लगाउनु पर्छ ।

त्यसैले अन्य एपहरूमा फेसबुक लगइन प्रयोग गर्ने कुरा गोपनीयता तथा सुरक्षासँग सहजताको सौदा भएकाले गम्भीर भएर सोच्नुहोस् ।

Share This Article
Facebook Email Copy Link Print
Previous Article अनन्त सर्वोत्कृष्ट खेलाडी सम्मानबाट सम्मानित
Next Article तन्नेरीमा बढ्दो हृदयघातको समस्या,के के हुन् कारणहरु?
Leave a Comment Leave a Comment

Leave a Reply Cancel reply

You must be logged in to post a comment.

You Might Also Like

काठमाडौँ - KTMसमाज

नेपालका लागि मोरिससका राजदूत नेपालमा

57 years ago
काठमाडौँ - KTMराजनीति

रवि लामिछानेलाई डेंगु संक्रमण

57 years ago
काठमाडौँ - KTMमुख्य समाचारराजनीति

ऋषिकेश पोखरेलकी श्रीमती अदालतमा उपस्थित हुनु राम्रो हुन्छ : योगेश भट्टराई

2 years ago
काठमाडौँ - KTMविश्व

मलेसियामा दक्षिणपूर्वी एसियाकै सबैभन्दा बढी कोरोना संक्रमण, दुईको मृत्यु

57 years ago

Sport News

• About Us
• Blog
• Blog
• Buzzstream Home
• Contact
• Contact
• Contact Us
• CV MAKER
• Election-2082
• Elementor Page #277718
• Focus Home
• History
• Home Sport
• Join Us
• Login
• Login
• Member Login
• MorningNews Home
• My Feed
• My Interests
• My Saves
• Read History
• Read History
• Recent News
• Register
• Register
• Sample Page
• Team
• Thank You
• Unicode
• तपाइँको ‘वैदेशिक रोजगार’ प्रक्रिया कति सुरक्षित ? कति असुरक्षित ?
• दाउन्ने क्षेत्रमा सडक चिप्लो हुँदा बुटवल–नारायणगढ सडक खण्ड अवरुद्ध
• भयमुक्त वातावरण निर्माण सरकारको उच्च प्राथमिकतामा छः गृहमन्त्री अर्याल
• श्रम स्वीकृति क्यालकुलेटर (Calculator)

Socials

Facebook Twitter Youtube

Company

• About Us
• Blog
• Blog
• Buzzstream Home
• Contact
• Contact
• Contact Us
• CV MAKER
• Election-2082
• Elementor Page #277718
• Focus Home
• History
• Home Sport
• Join Us
• Login
• Login
• Member Login
• MorningNews Home
• My Feed
• My Interests
• My Saves
• Read History
• Read History
• Recent News
• Register
• Register
• Sample Page
• Team
• Thank You
• Unicode
• तपाइँको ‘वैदेशिक रोजगार’ प्रक्रिया कति सुरक्षित ? कति असुरक्षित ?
• दाउन्ने क्षेत्रमा सडक चिप्लो हुँदा बुटवल–नारायणगढ सडक खण्ड अवरुद्ध
• भयमुक्त वातावरण निर्माण सरकारको उच्च प्राथमिकतामा छः गृहमन्त्री अर्याल
• श्रम स्वीकृति क्यालकुलेटर (Calculator)

Made by ThemeRuby using the Foxiz theme. Powered by WordPress

Welcome Back!

Sign in to your account

Username or Email Address
Password

Lost your password?