२८ मंसिर २०८२, शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

मोरङ्ग - MRG

‘प्रदेशसभाका नवनिर्वाचित सदस्यका लागि अभिमुखीकरण’

१६ पुष २०७९, शनिबार ०४:०१

पुस १६, विराटनगर | प्रदेश नं १ का मुख्यमन्त्री राजेन्द्रकुमार राईले प्रदेशसभामा प्रवेश गर्नुभएका सांसदले सक्षम र राम्रो भूमिका निर्वाह गर्नुपर्ने बताउनुभएको छ ।

प्रदेशसभा सचिवालय प्रदेश नं १ द्वारा शुक्रबार यहाँ आयोजित ‘प्रदेशसभाका नवनिर्वाचित सदस्यका लागि अभिमुखीकरण’कार्यक्रममा उहाँले सांसदको भूमिका प्रदेशसभा र बाहिर पनि हुने भएकाले आफ्ना जिम्मेवारी र उत्तरदायीत्व इमान्दारीपूर्वक निर्वाह गर्नुपर्ने बताउनुभयो । प्रदेश संरचनासहितको सङ्घीयतालाई सदृढ एवं व्यवस्थित गर्न सांसदले आफ्नो कामबाट प्रमाणीत गर्नुपर्ने कुरामा उहाँले जोड दिनुभयो ।

उहाँले सङ्घीयतका विषयमा विभिन्न कोणबाट नकारात्मक टिप्पणी भइरहेको अवस्थामा यसलाई चिरफार गर्न प्रदेशसभा सदस्यको भूमिका अझ फराकिलो हुने भन्दै प्रदेश सरकारले हरेक वर्ष प्रत्येक जिल्लामा तीनदेखि चार सय योजना पठाइरहेको जानकारी दिनुभयो । मुख्यमन्त्री राईले सङ्घीय सरकारले दोहोरो अधिकारका कानुन बनाइ नसेकाले प्रदेश निजामती सेवा ऐन र प्रदेश प्रहरी ऐन बन्न नसकेको बताउँदै प्रदेशसभा सदस्य र सरकार बलिया हुनुपर्ने धारणा राख्नुभयो । प्रदेश सभाध्यक्ष गयानन्द मण्डल गनगाईंले जनप्रतिनिधिले आफ्नो औचित्य सावित गर्न जनताका चाहना र आवश्यकतामा ध्यान दिनुपर्ने बताउनुभयो । उहाँले जनताले अहिले पनि नागरिकता र मल बीउबिजनको समस्या झेलिरहेकाले यसमा सरकार गम्भीर हुनुपर्ने धारणा राख्दै उत्पादन र उत्पादकत्व बढाउने किसानको समस्यामा सरकार गम्भीर हुनुपर्नेमा जोड दिनुभयो ।

प्रदेशसभा सचिव गोपालप्रसाद पराजुलीले तालिम र अनुभवबाट नै सांसद प्रदेशसभामा निखारिएर प्रस्तुत हुन सक्ने विचार राख्नुभयो । दुई दिने सो कार्यक्रममा संविधानविद् विपीन अधिकारीले संविधानको आलोकमा सङ्घीयता सवलीकरणमा प्रदेश तथा प्रदेश व्यवस्थापिकाको भूमिका, प्रदेश र प्रदेशसभा सदस्यको विधायिकी भूमिका विषयमा र सहजकर्ता मुकुन्द आचार्यले सभा सञ्चालन र व्यवस्थापन प्रक्रिया र सुरेश प्रधानले सार्वजनिक वित्त व्यवस्थापन, बजेट कार्यान्वयनको निगरानी र लेखापरीक्षणका विषयमा आ–आफ्ना कार्यपत्र प्रस्तुत गर्नुहुने कार्यक्रम रहेको प्रदेशसभा सचिव पराजुलीले जानकारी दिनुभयो ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
केपी शर्मा ओलीले एमाले अजम्बरी रहेको बताए एमाले महाधिवेशनको भव्य उद्घाटन अमेरिकामा मौसमी फ्लु प्रकोप ः अस्पताल भर्ना र मृत्युको सङ्ख्या बढ्दो मेसीलाई हेर्न नपाएपछि कोलकोतामा फ्यानहरुको हङ्गामा ट्रम्पको मध्यस्थता पछि पनि थाइल्यान्ड–कम्बोडिया तनाव कायमै विद्यालयलाई ४२ थान कम्युटर प्रदान थाइल्याण्ड–कम्बोडिया सीमा विवादः हवाई आक्रमण जारी एमाले महाधिवेशनस्थलमा कार्यकर्ताको भीड एनपिएलले नेपाल शान्त, सुन्दर र सक्षम छ भन्ने सन्देश दिएको छ : प्रधानमन्त्री सपना बोकेर गोवा पुगेका सविन नाइटक्लबमै अस्ताए एनपिएल : उपाधिका लागि सुदूरपश्चिम र लुम्बिनी भिड्दै एमालेको ११औँ महाधिवेशन आजदेखि सुरु हुँदै पूर्वराजाको ‘भान्जा’ भन्दै ४८ जनालाई ठगी गर्ने सिंह पक्राउ, यसअघि नै दर्ता भएका थिए सात मुद्दा नवनियुक्त भूमिमन्त्रीद्वारा पदवहाली महिला तथा बालबालिकामन्त्री श्रेष्ठद्वारा पदभार ग्रहण उपचारको क्रममा कैदीबन्दीको मृत्यु आगामी निर्वाचनमा सही नेतृत्व चयन गर्न मन्त्री घिसिङको आग्रह नागढुङ्गाबाट खैरो हेरोइनसहित दुई जना पक्राउ विदेशमा पनि मतदानको व्यवस्था मिलाउन प्रमुख आयुक्तलाई अनुरोध नवनियुक्त चार मन्त्रीले लिए शपथ