प्रेम सुनार । असोज १, गुल्मी । २५ जना महिलाहरुले २० रुपैयाँबाट सुरु गरेको गुल्मीको एक सहकारी संस्थामा अहिले वार्षिक आठ करोड भन्दा बढिको कारोवार हुँदै आएको छ । तम्घासको &"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More...

प्रेम सुनार । असोज १, गुल्मी । २५ जना महिलाहरुले २० रुपैयाँबाट सुरु गरेको गुल्मीको एक सहकारी संस्थामा अहिले वार्षिक आठ करोड भन्दा बढिको कारोवार हुँदै आएको छ । तम्घासको &"/>

2026-10-29 03:09 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

अर्थ/विकास

२० रुपैयाँबाट सुरु सहकारीको कारोवार अहिले ८ करोड

प्रेम सुनार । असोज १, गुल्मी । २५ जना महिलाहरुले २० रुपैयाँबाट सुरु गरेको गुल्मीको एक सहकारी संस्थामा अहिले वार्षिक आठ करोड भन्दा बढिको कारोवार हुँदै आएको छ । तम्घासको  स्वावलम्वन महिला वचत तथा ऋण सहकारी संस्था लिमिटेडले यस्तो प्रगती गरेको हो ।

उसले शनिवार  आफ्नो २४ औ वार्षिक साधरण सभामा प्रतिवेदन प्रस्तुत गर्दै यस आर्थिक वर्षमा ८ करोड भन्दा बढि कारोवार गरेको जनाएको छ । तम्घासको वालमन्दिर सभाहलमा सम्पन्न भएको साधरणको  जिल्ला सहकारी संघका अध्यक्ष यमबहादुर थापाले उद्घाटन  गर्दै त्यस सहकारी संस्थामा आवद्ध महिलाहरुले गरेको प्रगतीलाई अन्य स्थानका महिलाहरुले पनि अनुशरण  गर्नु पर्नेमा जोड दिएका थिए  ।

प्रतिवेदन प्रस्तुत गर्दै सचिव लक्ष्मी अर्यालले आफ्नो सहकारीले  शेयर सदस्य भित्र मात्र लाभ पुराउने काम नगरेर सामाजिक उत्तरदायित्वमा समेत त्यस सहकारी संस्था क्रियाशिल रहेको  उल्लेख छ ।  यस वर्ष शेयर सदस्यहरु ४६ जन बढेको   र कुल सदस्य संख्या ६ सय ८२ जना र नावलक शेयर सदस्य २ सय ९३ जना पुगेको सचिव पन्थीको प्रतिवेदनमा उल्लेख छ । 

त्यस्तै कोषाध्यक्ष सावित्रा वस्नेत खत्रीको प्रतिवेदनमा  यस वर्ष  ८ करोड ५५ लाख छ्यानव्वे हजार ३ सय त्रियासी रुपैयाँको कारोवार भएको उल्लेख रहेको छ । २० रुपैयाँबाट सुरु भएको सहकारी संस्थालाई आज आठ करोड भन्दा बढिको कारोवार गर्न सफल बनाउने सम्पुर्ण शेयर सदस्य र त्यसको  शुभेच्छुकहरुलाई  उक्त संस्थाकी अध्यक्ष राधा  पन्थीले धन्यबाद प्रकट गरिन्।

वार्षिकोत्सवको  अवसरमा  एसएलसी र  कक्षा १२ मा उत्कृष्ट हुने विद्यार्थी सवोत्कृष्ट ऋणी, बृद्ध शेयर सदस्यलाई सम्मान गरिएको थियो ।  त्यस्तै जहेन्दार विद्याथीहरुलाई छात्रवत्ति वितरण समेत गरिएको थियो । उद्घाटन सत्रमा विभिन्न सहकारी संस्थाका प्रमुख तथा प्रतिनिधीहरुको विशेष आतिथ्यता रहेको थियो । उक्त सहकारी संस्थाकी अध्यक्ष राधा पन्थीको अध्यक्षतामा सम्पन्न कार्यक्रममा  उपाध्यक्ष विमला गौतमको स्वागत मन्तव्य र सविच लक्ष्मी अर्यालको सञ्चालन रहेको थियो ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
बिहीबारदेखि देशका विभिन्न क्षेत्रमा वर्षा हुने एनपीएल : पोखराले ६८ रनमा तीन विकेट गुमायाे, कुशल भुर्तेल आउट पर्यटन भिसामा नेपाल आएर स्वास्थ्य शिविर सञ्चालन गर्ने दश जना विदेशी नागरिक पक्राउ श्रीमानको कुटपिटबाट ४९ वर्षीया श्रीमतीको मृत्यु, श्रीमान पक्राउ देउवा समूहको काठमाडौँ जिल्ला अधिवेशन मङ्सिर २१ गते हुने एनपीएल: सुदूरपश्चिमले टस जित्यो, पोखराले पहिले ब्याटिङ गर्ने सेयर बजारमा उच्च अंकको वृद्धि देशको स्वाधीनता रक्षाका लागि आन्दोलनको विकल्प छैन : केपी शर्मा ओली पोखरामा स्कुटर दुर्घटना हुँदा एक जनाको मृत्यु ६ हजार शिक्षकको बढुवा पुनरवलोकन हुँदै जातीय विभेद र महिला हिंसा नियन्त्रणका लागि मन्त्री बादी र आईजीपी कार्कीबीच छलफल एसईई २०८४ का लागि परीक्षा आवेदन फारम खुल्यो भारी वर्षा र हिमपहिरोको जोखिम, उच्च हिमाली क्षेत्रमा नजान पर्यटकलाई आग्रह जलवायुजन्य विपद् न्यूनीकरणमा अन्तरिक्ष प्रविधि र क्षेत्रीय सहकार्य आवश्यक : मन्त्री श्रेष्ठ भारी वर्षाको जोखिमपछि स्वास्थ्य क्षेत्रलाई उच्च सतर्कता अपनाउन निर्देशन सुर्खेतमा दाउरा प्रहारबाट एक जनाको मृत्यु, आरोपी पक्राउ सुनचाँदीको मूल्य बढ्यो, सुन तोलाको २ लाख ८३ हजार २०० रुपैयाँ यस्तो छ, आजको तरकारी तथा फलफूलको मूल्य करेन्ट लागेर एकजनाको मृत्यु गगन थापाको आग्रह: नेताहरूको भीआईपी संस्कृति अन्त्य गरौँ