प्रेम सुनार । असोज १, गुल्मी । २५ जना महिलाहरुले २० रुपैयाँबाट सुरु गरेको गुल्मीको एक सहकारी संस्थामा अहिले वार्षिक आठ करोड भन्दा बढिको कारोवार हुँदै आएको छ । तम्घासको &"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More...

प्रेम सुनार । असोज १, गुल्मी । २५ जना महिलाहरुले २० रुपैयाँबाट सुरु गरेको गुल्मीको एक सहकारी संस्थामा अहिले वार्षिक आठ करोड भन्दा बढिको कारोवार हुँदै आएको छ । तम्घासको &"/>

2026-09-01 07:36 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

अर्थ/विकास

२० रुपैयाँबाट सुरु सहकारीको कारोवार अहिले ८ करोड

प्रेम सुनार । असोज १, गुल्मी । २५ जना महिलाहरुले २० रुपैयाँबाट सुरु गरेको गुल्मीको एक सहकारी संस्थामा अहिले वार्षिक आठ करोड भन्दा बढिको कारोवार हुँदै आएको छ । तम्घासको  स्वावलम्वन महिला वचत तथा ऋण सहकारी संस्था लिमिटेडले यस्तो प्रगती गरेको हो ।

उसले शनिवार  आफ्नो २४ औ वार्षिक साधरण सभामा प्रतिवेदन प्रस्तुत गर्दै यस आर्थिक वर्षमा ८ करोड भन्दा बढि कारोवार गरेको जनाएको छ । तम्घासको वालमन्दिर सभाहलमा सम्पन्न भएको साधरणको  जिल्ला सहकारी संघका अध्यक्ष यमबहादुर थापाले उद्घाटन  गर्दै त्यस सहकारी संस्थामा आवद्ध महिलाहरुले गरेको प्रगतीलाई अन्य स्थानका महिलाहरुले पनि अनुशरण  गर्नु पर्नेमा जोड दिएका थिए  ।

प्रतिवेदन प्रस्तुत गर्दै सचिव लक्ष्मी अर्यालले आफ्नो सहकारीले  शेयर सदस्य भित्र मात्र लाभ पुराउने काम नगरेर सामाजिक उत्तरदायित्वमा समेत त्यस सहकारी संस्था क्रियाशिल रहेको  उल्लेख छ ।  यस वर्ष शेयर सदस्यहरु ४६ जन बढेको   र कुल सदस्य संख्या ६ सय ८२ जना र नावलक शेयर सदस्य २ सय ९३ जना पुगेको सचिव पन्थीको प्रतिवेदनमा उल्लेख छ । 

त्यस्तै कोषाध्यक्ष सावित्रा वस्नेत खत्रीको प्रतिवेदनमा  यस वर्ष  ८ करोड ५५ लाख छ्यानव्वे हजार ३ सय त्रियासी रुपैयाँको कारोवार भएको उल्लेख रहेको छ । २० रुपैयाँबाट सुरु भएको सहकारी संस्थालाई आज आठ करोड भन्दा बढिको कारोवार गर्न सफल बनाउने सम्पुर्ण शेयर सदस्य र त्यसको  शुभेच्छुकहरुलाई  उक्त संस्थाकी अध्यक्ष राधा  पन्थीले धन्यबाद प्रकट गरिन्।

वार्षिकोत्सवको  अवसरमा  एसएलसी र  कक्षा १२ मा उत्कृष्ट हुने विद्यार्थी सवोत्कृष्ट ऋणी, बृद्ध शेयर सदस्यलाई सम्मान गरिएको थियो ।  त्यस्तै जहेन्दार विद्याथीहरुलाई छात्रवत्ति वितरण समेत गरिएको थियो । उद्घाटन सत्रमा विभिन्न सहकारी संस्थाका प्रमुख तथा प्रतिनिधीहरुको विशेष आतिथ्यता रहेको थियो । उक्त सहकारी संस्थाकी अध्यक्ष राधा पन्थीको अध्यक्षतामा सम्पन्न कार्यक्रममा  उपाध्यक्ष विमला गौतमको स्वागत मन्तव्य र सविच लक्ष्मी अर्यालको सञ्चालन रहेको थियो ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
बाढीमा बेपत्ताको खोजीलाई पहिलो प्राथमिकता दिनुपर्छ : कांग्रेस बाढीपीडित उद्धार र राहतका लागि एमालेले गठन गर्‍यो ४० सदस्यीय समिति भोटेकोशी विपद्को क्षतिपूर्तिसहित हामी अन्तर्राष्ट्रिय अदालतमा जानुपर्छ : ज्ञानेन्द्र शाही भोटेकोशी बाढीपीडितका लागि ऊर्जा उद्यमीले दिए १३ करोड रुपैयाँ सहयोग सभामुख अर्यालले एक महिनाको पारिश्रमिक दैवी प्रकोप उद्धार कोषमा दिने एमाले संसदीय दलको बैठक सुरु बाढीपीडितको शव पहिचानमा चीनले सघाउने, डीएनए विज्ञसहित उपकरण पठाउने बाढीले भारत पुर्‍याएका १७ शव फेला, पहिचानका लागि नेपाललाई जानकारी बाढीबाट मृत्यु हुनेको संख्या ९८७ पुग्यो, ३ हजार ९१६ अझै सम्पर्कविहीन सुन प्रतितोला ५०० र चाँदी १५ रुपैयाँले घट्यो त्रिशूली बाढीमा ठूलो मानवीय क्षति, बेत्रावतीमा एकै घरमा २२ शव फेला ग्यास नपाएपछि गोरखामा खाली सिलिण्डरसहित स्थानीयको प्रदर्शन वैदेशिक रोजगार व्यवसायी संघद्वारा रसुवा बाढीपीडितका लागि डेढ करोड सहयोग हस्तान्तरण बाढी प्रभावित रसुवा र नुवाकोटका लागि ३० टनभन्दा बढी खाद्य सामग्री पठाइयो राष्ट्रपति पौडेलसँग रवि लामिछानेको भेटवार्ता बाढीमा हराइरहेकाहरूको शव पहिचानका लागि डीएनए परीक्षणकाे व्यवस्था भोटेकोशी बाढी विश्वव्यापी वातावरणीय संकटको गम्भीर चेतावनी हो : ओली नेपाल–चीन सीमा क्षेत्रमा सिसी क्यामेरा जडान हुँदै कृष्णभीर सडक पूर्ण अवरुद्ध, काठमाडौं आवतजावतका लागि वैकल्पिक मार्ग खुला सरकारको कोषमा पैसा र राहत जम्मा भएको छ, तर जनता भोकै छन् : ओली