१२ माघ २०८२, आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

आईफोन १५ सिरिजका सबै मोडलमा ४८ मेगापिक्सेलको क्यामेरा !

१९ पुष २०७९, मंगलवार ०६:२९

पुस १९, काठमाडौँ । एप्पलको आगामी सिरिज आईफोन १५ यती बेला निकै चर्चामा छ । कम्पनीले आईफोन १४ मा सोचे जस्तो सफलता हात पार्न नसके पश्चात आगामी सिरिजको आईफोन १५ मा धेरै फिचर थप हुने अपेक्षा गरिएको छ । यसैबिच आईफोन १५ मा उपलब्ध हुने फिचरबारे विभिन्न जानकारीहरू बाहिरिने क्रम जारी छ ।


भर्खरैमात्र बाहिरिएको जानकारी अनुसार आईफोन १५ सिरिजका सबै फोनमा ४८ मेगापिक्सेलको मुख्य क्यामेरा हुने जनाइएको छ । हाईटङ इन्टरनेसनल टेक रिसर्चर जेफ पुले आईफोनमा यो वर्ष क्यामेरामा ठूलो परिवर्तन हुने जानकारी दिएका हुन् ।

उनका अनुसार आईफोन १५ सिरिजका फोनमा तीन ओटा रियर क्यामेरा रहनेछ । त्यसमध्ये मुख्य क्यामेरा ४८ मेगापिक्सेलको हुनेछ । हुन त कम्पनीले आईफोन १४ सिरिज अन्तर्गत आईफोन १४ प्रो म्याक्समा पनि यही क्यामेरा सेटअप उपलब्ध गराएको थियो ।

यसका साथै फोनमा १२ मेगापिक्सेलको पेरिस्कोप लेन्स, सिक्स एक्स अप्टिकल जुम क्यामेरा लेन्स रहने जनाइएको छ । फोनमा कम्पनी आफैले उत्पादन गरेको ए१७ चिपसेट प्रयोगमा ल्याउने उल्लेख गरिएको छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
स्वच्छ र निष्पक्ष निर्वाचनका लागि सबै जिम्मेवार बनौँ: प्रचण्ड गगन थापाले यसपटक आँट गरेर सर्लाहीबाट उम्मेदवारी दिएको बताए गाजामा नागरिकको हत्या जारी रहने राष्ट्रसंघको चेतावनी कुलमान घिसिङले रास्वपासँग कुनै पदको बार्गेनिङ नगरेको बताए पश्चिमी वायुको प्रभावका कारण काठमाडौँ उपत्यकामा मौसम परिवर्तन प्रधानमन्त्रीले बन्दुक समातेर गोली चलाउँदैन, जेनजी हत्याको आरोप मलाई लगाइयो: केपी ओली चुनावी अभियानको क्रममा तेह्रथुम पुगे बालेन शाह हिमपातले सुदूर पहाडको जनजीवन प्रभावित आज अन्तर्राष्ट्रिय शिक्षा दिवस मनाइँदै देश अझै संकटमा छ, दुर्घटनामा पर्न सक्छ: प्रचण्ड महावीर पुनले पाए त्रिभुज चुनाव चिन्ह मन्त्रिपरिषद् बैठकका निर्णयहरु सार्वजनिक बदलिएको कांग्रेसले देशलाई बदल्छ : सभापति गगन थापा गगन थापालाई प्रधानमन्त्रीको उम्मेदवार बनाउने कांग्रेसको निर्णय हल्लाको पछि नलाग्न आशिका तामाङको आग्रह राष्ट्रिय सभाको बैठक जारी आशिका तामाङले उम्मेदवारी फिर्ता लिन निर्वाचन अधिकृतलाई गरिन् फोन बाबुराम भट्टराईले फिर्ता लिए उम्मेदवारी गगन थापा सभापति बनेपछि पहिलोपटक सानेपामा पुगेर बैठक गर्दै पाथीभरा पुगे बालेन शाह