2026-07-25 06:24 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

प्रभु साहलाई पूर्वमन्त्री रामवीर मानन्धरको साथ

पुस १९, काठमाडौँ । पूर्व शहरी विकास राज्यमन्त्री रामवीर मानन्धरले पूर्वमन्त्री प्रभु साहको अध्यक्षतामा गठित आम जनता पार्टीलाई साथ दिने भएका छन्। लामो समयदेखि सहकार्यमा रहेका आजपा अध्यक्ष साह र मानन्धरबीच माछापोखरीस्थित मानन्धर निवासमा भेटघाट भएको हो। मिलेर पार्टी खोल्ने पूर्वसहमतिकै निरन्तरताको रुपमा मानन्धर अब आजपामा संगठित रुपमा नै अगाडि बढने पार्टी प्रचार प्रसार विभाग उपप्रमुख निवेश यादवले जानकारी दिए।

‘हाम्रो पार्टी अध्यक्ष प्रभु साहज्यू र पूर्व शहरी विकास राज्यमन्त्री रामवीर मानन्धरजी बीच भेटवार्ता भएको हो। उहाँहरु शहरी मन्त्रालयमा हुँदादेखि राम्रो सम्बन्ध थियो। त्यसकै निरन्तरता हो यो। उहाँ (रामवीर मानन्धर) हाम्रो पार्टीको साथमा हुनुहुन्छ।’ यादवले संक्षिप्त जानकारी दिँदै भने।

२०७७ सालमा केपी ओली नेतृत्वको सरकारमा आजपा अध्यक्ष साह शहरी विकास मन्त्री हुँदा मानन्धर सोही मन्त्रालयमा राज्यमन्त्री थिए। काठमाडौं क्षेत्र नम्बर ७ बाट २०७० को संविधानसभासभा सदस्य तथा २०७४ को प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएका थिए भने हालै सम्पन्न प्रतिनिधिसभा निर्वाचनमा मानन्धर सोही क्षेत्रबाट स्वतन्त्र सांसद उम्मेदवार बनेका थिए।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
बालेन सरकार लोकप्रियताको जगमा बनेको हो, यो लामो समयको चुनौती हो भन्ने ठान्दिनँ: शंकर पोखरेल आज हामीले धक्का त खाएका छौँ, तर यही अवस्थाबाट फेरि उठ्नुपर्छ: माधवकुमार नेपाल बेपत्ता भएकी चार वर्षीया बालिकाको शव फेला अरिङ्गालको टोकाइबाट गम्भीर घाइते भएका एक युवकको उपचारका क्रममा मृत्यु सीमा नाकामा गृहमन्त्री जाँदा धेरै घेर्नुहुँदो रहेछ, अब स्पेशल टास्क फोर्सले काम गर्छ : गृहमन्त्री गुरुङ आवश्यकताअनुसार उच्चस्तरीय भ्रमणलाई सरकारले निरन्तरता दिन्छ : परराष्ट्र मन्त्रालय दुई दिन बिदा कायम हुन्छ: शिक्षामन्त्री पोखरेल सांसदलाई स्वकीय सचिव राख्ने सरकारी निर्णयविरुद्ध सर्वोच्चमा रिट विमानस्थलबाट साढे ६ लाख नगदसहित उपसचिव पक्राउ खैरो हेरोइनसहित चार जना पक्राउ इरानमाथि लगातार १३औँ रात पनि हमला करेन्ट लागेर सशस्त्र प्रहरी जवानको मृत्यु सुनचाँदीको मूल्य घट्यो शिक्षामन्त्री पोखरेललाई नेपो बेबीको आरोप लगाउनेहरू पक्राउ अर्ग्यानिक कृषि उत्पादनको प्रमाणीकरण गर्ने व्यवस्था देशभित्रै मिलाउन प्रधानमन्त्री शाहको निर्देशन तीन पार्टीले मिलेर खाए होइन, बलिदान दिए : केपी ओली विमानस्थलबाट आठ किलो गाँजासहित दुई जना पक्राउ अबका ४ वर्षमा विश्वविद्यालयमा हुने राजनीतिकरणको पूर्णरूपमा अन्त्य हुन्छ : शिक्षामन्त्री पोखरेल चार लाख भारतीय रुपैयाँ सहित एक जना पक्राउ शैक्षिक परामर्श क्षेत्रका समस्या र नीतिगत सुधारबारे सरोकारवालासँग छलफल गर्दै शिक्षा मन्त्रालय