2026-09-07 11:39 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

उडिरहेको विमानमा भारतीय यात्रुले रक्सीको मातमा महिला सहयात्रीमाथि पिसाब फेरेपछि…

पुस २०, काठमाडौँ | भारतको एयर इन्डिया विमानको बिजनेस क्लासमा रक्सी टिल्ल परेका एक यात्रुले महिला सहयात्रीमाथि पिसाब फेरिदिएको घटना सार्वजनिक भएको छ । 

घटना मंसिर १० गते भएको हो तर अहिले आएर मात्र सार्वजनिक भयो । 

विमान अमेरिकाको न्युयोर्कबाट भारतको नयाँ दिल्ली जाँदै गर्दा यो घटना भएको हो । एयर इन्डियाले यस विषयमा प्रहरीसमक्ष उजुरी गरेको त्यहाँका एक अधिकारीले भारतीय समाचार संस्था एएनआईलाई बताए । 

एयर इन्डिया आफैंले यस घटनाको छानबिनका लागि आन्तरिक समिति गठन गरेको थियो । समितिले ती पुरुष यात्रुलाई कहिल्यै पनि एयर इन्डियाको विमान चढ्न नपाउने गरी प्रतिबन्ध लगाएको छ । 

घटनालाई एक सरकारी समितिले पनि छानबिन गरिरहेको र त्यसको निर्णय आफूहरूले कुरिरहेको एयर इन्डियाका अधिकारीले बताए । 

भारतको नागरिक उड्डयन प्राधिकरणका महानिर्देशकले एयरलाइनबाट प्रतिवेदन मगाइएको र अपराध गर्नेविरुद्ध कारवाही चलाउने बताएका छन् । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
भोटेकोशी बाढीपीडितका लागि राष्ट्र बैंकले दियो १ करोड ३८ लाख रकम कांग्रेसले बोलायो केन्द्रीय निर्वाचन समितिको बैठक बाढीपीडितको मानव अधिकार संरक्षण गर्न सरकारलाई राष्ट्रिय मानव अधिकार आयोगको आग्रह मृतकको पहिचान सावधानी र संवेदनशीलताका साथ गरिनुपर्छ : राष्ट्रपति पौडेल भोटेकोशी बाढीपीडितका लागि कांग्रेसले प्रधानमन्त्री राहत कोषमा १ करोड दियो म्याग्दीमा ७२ वर्षीया वृद्धाको हत्या, नाति पक्राउ ‘ग्रीन आर्मी’खारेज गर्न सरकारसँग नेकपाको माग एक जना पनि पीडितले सरकार पाइनँ भन्ने अवस्था आउनुहुँदैन : सभामुख अर्याल राष्ट्रपति पौडेलले आज दिउँसो ३ः३० बजे राष्ट्रका नाममा सम्बोधन गर्ने विपत्तिका बेला विद्युत् संरचनाका तार चोरी हुनु दुःखद र गम्भीर विषय हो : ऊर्जामन्त्री श्रेष्ठ भोटेकोशी बाढीको क्षति बुझ्न प्रभावित क्षेत्रमा पुगे राष्ट्रपति पौडेल राजमार्ग अवरुद्ध भएपछि काठमाडौँमा ग्यास संकट बाढीपीडितको अपमानजनक भिडियो पोस्ट गर्ने युवक पक्राउ भोटेकोशी बाढीमा १ हजार ३५६ शव फेला, ४ हजार ७७ जना अझै बेपत्ता ३९ जिल्लामा आकस्मिक बाढीको जोखिम हतारमा गरिएको पुनर्निर्माण अस्थायी हुन्छ : सभामुख अर्याल कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठक बस्दै सुनचाँदीको मूल्य घट्यो भोटेकोसी बाढीको १३औँ दिन राष्ट्रिय शोक, झण्डा आधा झुकाइयो भोटेकोशी बाढीले रसुवाको पूर्वाधारमा ठूलो क्षति, आठ जलविद्युत् आयोजना पूर्ण प्रभावित