2026-07-26 12:59 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

वैज्ञानिकले बनाए भाइरस खाने जीव

पुस २१, काठमाडौँ | विभिन्न रोग व्याधी फैलाउने विषाणु अर्थात् भाइरसबाट दुनिया आक्रान्त छ । पछिल्लो ३ वर्षदेखि कोरोना भाइरसलाई दुनियामा आतंक मच्चाइरहेको छ । यसैबीचमा वैज्ञानिकहरुले एउटा यस्तो खोज गरेका छन् जसले भाइरसको आतंकमा पूर्णविराम लगाउने सम्भावना देखाएको छ ।

वैज्ञानिकहरुले यस्तो जीव पत्ता लगाएका छन् जसले भाइरसलाई खान्छ । अमेरिकाको युनिभर्सिटी अफ नेब्रास्का लिंकनका वैज्ञानिकहरुले भाइरसलाई नष्ट गर्ने यस्तो जीव पत्ता लगाएका हुन् । यसले भाइरसलाई नियन्त्रण गर्नका लागि भविष्यमा यो जीवको प्रयोग गर्न सकिने सम्भावना देखिएको बताइएको छ ।

सफा पानीमा पाइने यो सुक्ष्म जीव विश्वमै हालसम्म पाइएको यस्तो जीव हो जसले केवल भाइरस मात्र खाएर आफ्नो पेट भर्दछ । अर्थात् यसको खाना भन्नु नै केवल भाइरस मात्रै हो । हुन त आवश्यकता अनुसार भाइरसलाई खाने अन्य जीवहरु पनि हुन्छन्, जसलाई भिरोभोरी भनिन्छ । तर पछिल्लो पटक पत्ता लागेको जिवले भने केवल भाइरसको मात्रै भोजन गर्दछ ।

यो जीवको नाम हाल्टेरिया हो । यो प्रोटिस्टा वर्गका पर्दछ । यसले आफ्नो कपालजस्तै पातलो सुँड पानीमा लहराउँछ र त्यसैले भाइरस पक्रिन्छ र खान्छ । प्रयोगशालामा उक्त जीवले क्लोरोभाइरस खाएको छ, जुन निकै ठूलो अर्थात् ब्याक्टेरियाकै आकारको भाइरस हो । भाइरसलाई खाएर नै हाल्टेरियाले विश्वभरका पानीका श्रोतमा आफ्नो संख्या बढाइरहेको वैज्ञानिकहरु बताउँछन् ।

रोचक त के भने क्लोरोभाइरसलाई खाइसकेपछि हाल्टेरियाले आफ्नो सरीरलाई टुक्रा टुक्रा पार्दछ र ती हरेक टुक्राबाट नयाँ हाल्टेरिया पैदा हुन्छन् ।

शोधकर्ता जोन डिलंगका अनुसार भाइरस र हाल्टेरिया बीचको यो सम्बन्ध अद्भूत छ । भाइरसलाई खाने र आफैलाई विभाजन गरेर संख्या बढाउने हाल्टेरियाले ठूलो मात्रामा उर्जा पैदा गरिरहेको हुन्छ ।

प्रयोगशालामा अध्ययनका क्रममा भाइरस भोजन गरेपश्चात् २ दिनमै हाल्टेरियाको संख्या १५ गुणाले बढेको र भाइरसको संख्या सयौँ गुणाले घटेको पाइएको थियो ।

वैज्ञानिकहरुका अनुसार हाल्टेरियाको खोज निकै महत्वपूर्ण खोज हो र यसमाथि थप अनुसन्धानको खाँचो छ । एजेन्सीको सहयोगमा

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
डा. केसीसँग वार्ता गर्न शिक्षा सचिव धनगढीमा बालेन सरकार लोकप्रियताको जगमा बनेको हो, यो लामो समयको चुनौती हो भन्ने ठान्दिनँ: शंकर पोखरेल आज हामीले धक्का त खाएका छौँ, तर यही अवस्थाबाट फेरि उठ्नुपर्छ: माधवकुमार नेपाल बेपत्ता भएकी चार वर्षीया बालिकाको शव फेला अरिङ्गालको टोकाइबाट गम्भीर घाइते भएका एक युवकको उपचारका क्रममा मृत्यु सीमा नाकामा गृहमन्त्री जाँदा धेरै घेर्नुहुँदो रहेछ, अब स्पेशल टास्क फोर्सले काम गर्छ : गृहमन्त्री गुरुङ आवश्यकताअनुसार उच्चस्तरीय भ्रमणलाई सरकारले निरन्तरता दिन्छ : परराष्ट्र मन्त्रालय दुई दिन बिदा कायम हुन्छ: शिक्षामन्त्री पोखरेल सांसदलाई स्वकीय सचिव राख्ने सरकारी निर्णयविरुद्ध सर्वोच्चमा रिट विमानस्थलबाट साढे ६ लाख नगदसहित उपसचिव पक्राउ खैरो हेरोइनसहित चार जना पक्राउ इरानमाथि लगातार १३औँ रात पनि हमला करेन्ट लागेर सशस्त्र प्रहरी जवानको मृत्यु सुनचाँदीको मूल्य घट्यो शिक्षामन्त्री पोखरेललाई नेपो बेबीको आरोप लगाउनेहरू पक्राउ अर्ग्यानिक कृषि उत्पादनको प्रमाणीकरण गर्ने व्यवस्था देशभित्रै मिलाउन प्रधानमन्त्री शाहको निर्देशन तीन पार्टीले मिलेर खाए होइन, बलिदान दिए : केपी ओली विमानस्थलबाट आठ किलो गाँजासहित दुई जना पक्राउ अबका ४ वर्षमा विश्वविद्यालयमा हुने राजनीतिकरणको पूर्णरूपमा अन्त्य हुन्छ : शिक्षामन्त्री पोखरेल चार लाख भारतीय रुपैयाँ सहित एक जना पक्राउ