2026-09-07 11:38 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

वार्ताका लागि अमेरिकी राष्ट्रपति मेक्सिकोमा

पुस २५, काठमाडौं | अमेरिकी राष्ट्रपति जो बाइडेन र उहाँका मेक्सिकन समकक्षी एन्ड्रेस म्यानुएल लोपेज ओब्राडोरबीच सोमबार हुन लागेको वार्तामा क्षेत्रीय आप्रवासन र लागुऔषध तस्करी  लगायतका मुद्दामा छलफल हुने बताइएको छ । 

वार्ताका लागि आइतबार  राष्ट्रपति बाइडेन मेक्सिको सिटी आइपुग्नु भएको हो ।   राष्ट्रपतिको पदभार ग्रहण गरेपछि उहाँको यो पहिले मेक्सिको भ्रमण हो ।

उहाँले सोमबार र मङ्गलबार लोपेज ओब्राडोर र क्यानाडाका प्रधानमन्त्री जस्टिन ट्रुडोसँग पनि छुट्टा-छुट्टै भेटवार्ता गर्ने र “थ्री एमिगोस” शिखर सम्मेलनमा सहभागिता जनाउँनु हुनेछ।  

यस्तै छलफलका लागि व्यापार र वातावरणीय मुद्दाहरू  पनि जोडतोडका साथ अगाडि सारिएका छन् । वार्तामा  राष्ट्रपति बाइडेनले अनियमित आप्रवासन र लागुपदार्थको तस्करीको विषयलाई मुख्यरूपमा उठाउँनु हुनेछ । 

“सिमानामा हाम्रा समस्याहरू रातारात उत्पन्न भएका होइनन् र ती रातारात समाधान  पनि हुँदैनन् । तर हामी यो बिग्रिएको प्रणालीलाई ठीक पार्न एकजुट हुन सक्छौं। हामी सीमा सुरक्षित गर्न सक्छौं र अध्यागमन प्रक्रियालाई व्यवस्थित, निष्पक्ष, सुरक्षित र मानवीय बनाउन सक्छौं।”  मेक्सिको पुगेपछि बाइडेनले ट्वीट गर्नुभएको छ ।  

मेक्सिको जानेक्रममा राष्ट्पति  बाइडेन सङ्कटग्रस्त सीमानाको केन्द्रमा रहेको टेक्सासको एल पासोमा केही घण्टा रोकिनु भएको थियो। 

उहाँले ब्रिज अफ द अमेरिकन क्रसिङमा अमेरिकी अधिकारीहरूसँग भेट गर्दै नवीनतम सीमा प्रवर्तन प्रविधिको प्रदर्शन र भन्सार स्निफर कुकुरको प्रदर्शन  लगायतका विषय विशेष चासोपूर्वक निरीक्षण गर्नु भएको थियो । 

विभिन्न किसिमका दमन, गरिबी तथा गम्भीर अपराधबाट पीडित देशहरूबाट जोखिमपूर्ण यात्रा गर्ने मानिसहरूले अवैध सीमा पार गर्ने र शरणका लागि  अमेरिकामा आवेदनहरूको चाङ लागेको बेला राष्ट्रपति बाइडेनको यस भ्रमण भएको हो ।  अवैध आप्रवासन र लागुऔषध कारोबारले अहिले अमेरिका लगायत यस क्षेत्रका देशहरूलाई गम्भीर चुनौती थपेको छ । 

सन् २०२१ मा संयुक्त राज्य अमेरिका र मेक्सिकोले बसाइँसराइको मूल कारणहरूलाई सम्बोधन गर्न, आर्थिक विकासलाई प्रोत्साहन गर्न र सीमापार हतियारको तस्करी विरुद्धको नियन्त्रणलाई सशक्त बनाउन लागुऔषधको तस्करी विरुद्धको लडाइँको पुन:संरचना गर्ने घोषणा गरेका थिए । 

मेक्सिको कार्टेल-सम्बन्धित रक्तपातले ग्रस्त छ जहाँ सन् २००६ मा लागुऔषध विरुद्धको  लडाइमा सेना परिचालन गरिएदेखि तीन लाख ४० हाजरभन्दा बढी मानिसहरूको हत्या  भएको छ । 

राष्ट्रपति बाइडेनको भ्रमणको केही दिन अघि, मेक्सिकन सुरक्षा बलहरूले कुख्यात ड्रग किंगपिन जोआकिन “एल चापो” गुजम्यानका छोरालाई पक्राउ गरेको थियो जो अहिले अमेरिकी जेलमा आजीवन काराबामा छन् । 

अमेरिकाले ओभिडियो गुजम्यानलाई उनका बुबाले स्थापना गरेको सिनालोआ कार्टेलमा प्रमुख खेलाडी भएको आरोप लगाउँदै उनको गिरफ्तारीमा सहयोग पुर्यालउने जानकारीको लागि पाँच मिलियन अमेरिकी डलरको इनाम प्रस्ताव गरेको थियो।

त्यसैगरी जलवायु परिवर्तनलाई सम्बोदन गर्न र स्वच्छ ऊर्जा प्रविधिहरूमा सहयोग पुर्याउँने उद्देश्य पनि शिखर सम्मेलनको एजेन्डामा हुने बताइएको छ । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
भोटेकोशी बाढीपीडितका लागि राष्ट्र बैंकले दियो १ करोड ३८ लाख रकम कांग्रेसले बोलायो केन्द्रीय निर्वाचन समितिको बैठक बाढीपीडितको मानव अधिकार संरक्षण गर्न सरकारलाई राष्ट्रिय मानव अधिकार आयोगको आग्रह मृतकको पहिचान सावधानी र संवेदनशीलताका साथ गरिनुपर्छ : राष्ट्रपति पौडेल भोटेकोशी बाढीपीडितका लागि कांग्रेसले प्रधानमन्त्री राहत कोषमा १ करोड दियो म्याग्दीमा ७२ वर्षीया वृद्धाको हत्या, नाति पक्राउ ‘ग्रीन आर्मी’खारेज गर्न सरकारसँग नेकपाको माग एक जना पनि पीडितले सरकार पाइनँ भन्ने अवस्था आउनुहुँदैन : सभामुख अर्याल राष्ट्रपति पौडेलले आज दिउँसो ३ः३० बजे राष्ट्रका नाममा सम्बोधन गर्ने विपत्तिका बेला विद्युत् संरचनाका तार चोरी हुनु दुःखद र गम्भीर विषय हो : ऊर्जामन्त्री श्रेष्ठ भोटेकोशी बाढीको क्षति बुझ्न प्रभावित क्षेत्रमा पुगे राष्ट्रपति पौडेल राजमार्ग अवरुद्ध भएपछि काठमाडौँमा ग्यास संकट बाढीपीडितको अपमानजनक भिडियो पोस्ट गर्ने युवक पक्राउ भोटेकोशी बाढीमा १ हजार ३५६ शव फेला, ४ हजार ७७ जना अझै बेपत्ता ३९ जिल्लामा आकस्मिक बाढीको जोखिम हतारमा गरिएको पुनर्निर्माण अस्थायी हुन्छ : सभामुख अर्याल कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठक बस्दै सुनचाँदीको मूल्य घट्यो भोटेकोसी बाढीको १३औँ दिन राष्ट्रिय शोक, झण्डा आधा झुकाइयो भोटेकोशी बाढीले रसुवाको पूर्वाधारमा ठूलो क्षति, आठ जलविद्युत् आयोजना पूर्ण प्रभावित