कमल सुवेदी | असोज २, कास्की | पोखराकै जेठो संस्था पोखरा उद्योग बाणिज्य संघमा नयाँ नेतृत्व चयनको लागि भएको मतदानको प्रारम्भिक नतिजा सार्वजनिक भएको छ । जुन नतिजा बमोजिम स"/>
कमल सुवेदी | असोज २, कास्की | पोखराकै जेठो संस्था पोखरा उद्योग बाणिज्य संघमा नयाँ नेतृत्व चयनको लागि भएको मतदानको प्रारम्भिक नतिजा सार्वजनिक भएको छ । जुन नतिजा बमोजिम संघको १० जना सदस्यहरु निर्वाचित भएका छन् ।
सनिबार सम्पन्न निर्वाचनमा २५ सय १३ मत खसेको थियो । कुल २७ सय २६ मतदाता रहेकोमा २१३ मतदाता अनुपस्थित भएका थिए । सदस्यहरुमा २१ जनामध्ये १० जना निर्वाचित भएका हुन् । निर्वाचित हुनेमा विश्वशंकर पालिखे प्यानलका सदस्यहरु बढी छन ।
१, अनिल सिग्देल – १५६८
२. सीता बराल – १५१३
३, सुरेन्द्रमान बिजुक्छे – १३७०
४. यदुनाथ अधिकारी – १३५९
५. किसान सुनार – १३४०
६. चीनु गुरुङ – १३३५
७. देव कृष्ण काफ्ले – १२९२
८. प्रेम वहादुर भूजेल – ११६५
९. गोमा ढकाल – ११४३
१०. गीता तिवारी – १११८
विजयीमध्ये विश्वशंकर पालिखे प्यानलबाट ८ जना र देव क्षेत्रीबाट २ जना विजयी भएका छन् । विजयी हुने मध्ये चिनु गुरुङ र गोमा ढकालमात्र क्षेत्री प्यानलका हुन् । पदाधिकारीहरुको मत परिणाम पनि आजै आउने बताइएको छ ।