११ माघ २०८२, शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

कांग्रेसले पनि प्रचण्डलाई विश्वासकाे मत दिने

२६ पुष २०७९, मंगलवार ०७:२६

पुस २६, काठमाडौँ | प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई नेपाली कांग्रेसले पनि विश्वासकाे मत दिने भएकाे छ।

मंगलबार बसेकाे पार्टीकाे केन्द्रीय कार्यसम्पादन समिति बैठकले उनलाई विश्वासकाे मत दिने निर्णय गरेकाे पार्टीका सहमहामन्त्री महेन्द्र यादवले जानकारी दिए।

सरकारलाई समर्थन गरेपनि कांग्रेस प्रतिपक्षमै रहनेछ।


बैठकमा महामन्त्रीद्वय गगनकुमार थापा र विश्वप्रकाश शर्मा भने सरकारलाई विश्वासको मत दिन नहुने पक्षमा रहेका थिए।

यही पुस १० गते नियुक्त भएका प्रधानमन्त्री दाहालले अबकाे केहीबरेमै प्रतिनिधिसभाकाे बैठकमा विश्वासको मत लिँदैछन्।

नेकपा माओवादी केन्द्रका अध्यक्षसमेत रहेका प्रचण्ड माओवादीसहित नेकपा एमाले, राष्ट्रिय स्वतन्त्र पार्टी, राष्ट्रिय प्रजातन्त्र पार्टी, जनता समाजवादी पार्टी, जनमत पार्टी, नागरिक उन्मुक्ति पार्टीसहित केही स्वतन्त्र सांसदको समर्थनमा प्रधानमन्त्री बनेका हुन्।

प्रधानमन्त्री नियुक्त भएकाे ३० दिनभित्र प्रतिनिधिसभाबाट विश्वासकाे मत ल्याउनुपर्ने प्रावधान अनुसार उनले आज संसदबाट विश्वासकाे मत लिन लागेका हुन्।

विश्वासकाे मत लिनका लागि प्रधानमन्त्री प्रचण्डले १३८ सांसदको समर्थन लिनुपर्ने हुन्छ।

हिजाे बसेको पहिलाे संसद् बैठकमा प्रचण्डले सबै दलहरूसँग विश्वासको मत दिन अनुरोध गरेका थिए।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
स्वच्छ र निष्पक्ष निर्वाचनका लागि सबै जिम्मेवार बनौँ: प्रचण्ड गगन थापाले यसपटक आँट गरेर सर्लाहीबाट उम्मेदवारी दिएको बताए गाजामा नागरिकको हत्या जारी रहने राष्ट्रसंघको चेतावनी कुलमान घिसिङले रास्वपासँग कुनै पदको बार्गेनिङ नगरेको बताए पश्चिमी वायुको प्रभावका कारण काठमाडौँ उपत्यकामा मौसम परिवर्तन प्रधानमन्त्रीले बन्दुक समातेर गोली चलाउँदैन, जेनजी हत्याको आरोप मलाई लगाइयो: केपी ओली चुनावी अभियानको क्रममा तेह्रथुम पुगे बालेन शाह हिमपातले सुदूर पहाडको जनजीवन प्रभावित आज अन्तर्राष्ट्रिय शिक्षा दिवस मनाइँदै देश अझै संकटमा छ, दुर्घटनामा पर्न सक्छ: प्रचण्ड महावीर पुनले पाए त्रिभुज चुनाव चिन्ह मन्त्रिपरिषद् बैठकका निर्णयहरु सार्वजनिक बदलिएको कांग्रेसले देशलाई बदल्छ : सभापति गगन थापा गगन थापालाई प्रधानमन्त्रीको उम्मेदवार बनाउने कांग्रेसको निर्णय हल्लाको पछि नलाग्न आशिका तामाङको आग्रह राष्ट्रिय सभाको बैठक जारी आशिका तामाङले उम्मेदवारी फिर्ता लिन निर्वाचन अधिकृतलाई गरिन् फोन बाबुराम भट्टराईले फिर्ता लिए उम्मेदवारी गगन थापा सभापति बनेपछि पहिलोपटक सानेपामा पुगेर बैठक गर्दै पाथीभरा पुगे बालेन शाह