पूर्णप्रसाद न्यौपाने । असोज २, ओखलढुंगा | संघीय समाजवादी फोरमका अध्यक्ष उपेन्द्र यादवले संविधान जारी भएको दिन असोज ३ गतेलाई कालो दिनका रुपमा मनाउन आग्रह गरेका छन् ।  Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... पूर्णप्रसाद न्यौपाने । असोज २, ओखलढुंगा | संघीय समाजवादी फोरमका अध्यक्ष उपेन्द्र यादवले संविधान जारी भएको दिन असोज ३ गतेलाई कालो दिनका रुपमा मनाउन आग्रह गरेका छन् । 
२८ मंसिर २०८२, शनिबार
ओखलढुङ्गा - OKL

असोज ३ गतेलाई कालो दिनका रुपमा मनाउन फोरम अध्यक्ष उपेन्द्रको आग्रह

२ आश्विन २०७३, आईतवार १२:२८

पूर्णप्रसाद न्यौपाने । असोज २, ओखलढुंगा | संघीय समाजवादी फोरमका अध्यक्ष उपेन्द्र यादवले संविधान जारी भएको दिन असोज ३ गतेलाई कालो दिनका रुपमा मनाउन आग्रह गरेका छन् । 

आज ओखलढुंगा आईपुगेका नेता यादवले प्रतिगामी संविधानले आम नेपालीको हित नगर्ने भएकाले आफ्नो पार्टीले भोली देशैभर कालो झण्डा राखेर विरोध गर्ने जानकारी दिँदै सबैलाई असोज ३ गतेलाई कालो दिनका रुपमा मनाउन आग्रह गरे । अध्यक्ष यादवले संविधान संसोधन नभएसम्म आफुहरु सरकारमा नजाने पनि बताए । देशको हालको समस्या सबै मिलेर समाधान गर्न सकिने तर संविधान संसोधन विना समस्या समाधान नहुने उनको जिकीर थियो । संघीय समाजवादी फोरम नेपाल जिल्ला समिति ओखलढुंगाले आयोजनाको पत्रकार भेटघाट कार्यक्रममा नेता यादवले वर्तमान सरकार संविधान संसोधनको मुद्दामा गम्भीर नभएको पनि आरोप लगाए ।

पूर्व परराष्ट्र मन्त्री समेत रहेका यादवले भारतमा नेपालको आन्तिरिक मामिलामा छलफल हुँदा विभिन्न अर्थ लागे पनि आफ्नो एजेण्डा सहि भएको पुष्टि भएको जिकिर गरे । संविधानले आदीवासी, जनजाति, पिछडा वर्ग मधेशीको सवाल र अधिकार सम्बोधन नगरेकाले आफुहरुले स्वीकार नगरेको यादवको भनाई थियो ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
केपी शर्मा ओलीले एमाले अजम्बरी रहेको बताए एमाले महाधिवेशनको भव्य उद्घाटन अमेरिकामा मौसमी फ्लु प्रकोप ः अस्पताल भर्ना र मृत्युको सङ्ख्या बढ्दो मेसीलाई हेर्न नपाएपछि कोलकोतामा फ्यानहरुको हङ्गामा ट्रम्पको मध्यस्थता पछि पनि थाइल्यान्ड–कम्बोडिया तनाव कायमै विद्यालयलाई ४२ थान कम्युटर प्रदान थाइल्याण्ड–कम्बोडिया सीमा विवादः हवाई आक्रमण जारी एमाले महाधिवेशनस्थलमा कार्यकर्ताको भीड एनपिएलले नेपाल शान्त, सुन्दर र सक्षम छ भन्ने सन्देश दिएको छ : प्रधानमन्त्री सपना बोकेर गोवा पुगेका सविन नाइटक्लबमै अस्ताए एनपिएल : उपाधिका लागि सुदूरपश्चिम र लुम्बिनी भिड्दै एमालेको ११औँ महाधिवेशन आजदेखि सुरु हुँदै पूर्वराजाको ‘भान्जा’ भन्दै ४८ जनालाई ठगी गर्ने सिंह पक्राउ, यसअघि नै दर्ता भएका थिए सात मुद्दा नवनियुक्त भूमिमन्त्रीद्वारा पदवहाली महिला तथा बालबालिकामन्त्री श्रेष्ठद्वारा पदभार ग्रहण उपचारको क्रममा कैदीबन्दीको मृत्यु आगामी निर्वाचनमा सही नेतृत्व चयन गर्न मन्त्री घिसिङको आग्रह नागढुङ्गाबाट खैरो हेरोइनसहित दुई जना पक्राउ विदेशमा पनि मतदानको व्यवस्था मिलाउन प्रमुख आयुक्तलाई अनुरोध नवनियुक्त चार मन्त्रीले लिए शपथ