पूर्णप्रसाद न्यौपाने । असोज २, ओखलढुंगा | संघीय समाजवादी फोरमका अध्यक्ष उपेन्द्र यादवले संविधान जारी भएको दिन असोज ३ गतेलाई कालो दिनका रुपमा मनाउन आग्रह गरेका छन् ।  Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... पूर्णप्रसाद न्यौपाने । असोज २, ओखलढुंगा | संघीय समाजवादी फोरमका अध्यक्ष उपेन्द्र यादवले संविधान जारी भएको दिन असोज ३ गतेलाई कालो दिनका रुपमा मनाउन आग्रह गरेका छन् । 
2026-09-18 11:48 PM
ओखलढुङ्गा - OKL

असोज ३ गतेलाई कालो दिनका रुपमा मनाउन फोरम अध्यक्ष उपेन्द्रको आग्रह

पूर्णप्रसाद न्यौपाने । असोज २, ओखलढुंगा | संघीय समाजवादी फोरमका अध्यक्ष उपेन्द्र यादवले संविधान जारी भएको दिन असोज ३ गतेलाई कालो दिनका रुपमा मनाउन आग्रह गरेका छन् । 

आज ओखलढुंगा आईपुगेका नेता यादवले प्रतिगामी संविधानले आम नेपालीको हित नगर्ने भएकाले आफ्नो पार्टीले भोली देशैभर कालो झण्डा राखेर विरोध गर्ने जानकारी दिँदै सबैलाई असोज ३ गतेलाई कालो दिनका रुपमा मनाउन आग्रह गरे । अध्यक्ष यादवले संविधान संसोधन नभएसम्म आफुहरु सरकारमा नजाने पनि बताए । देशको हालको समस्या सबै मिलेर समाधान गर्न सकिने तर संविधान संसोधन विना समस्या समाधान नहुने उनको जिकीर थियो । संघीय समाजवादी फोरम नेपाल जिल्ला समिति ओखलढुंगाले आयोजनाको पत्रकार भेटघाट कार्यक्रममा नेता यादवले वर्तमान सरकार संविधान संसोधनको मुद्दामा गम्भीर नभएको पनि आरोप लगाए ।

पूर्व परराष्ट्र मन्त्री समेत रहेका यादवले भारतमा नेपालको आन्तिरिक मामिलामा छलफल हुँदा विभिन्न अर्थ लागे पनि आफ्नो एजेण्डा सहि भएको पुष्टि भएको जिकिर गरे । संविधानले आदीवासी, जनजाति, पिछडा वर्ग मधेशीको सवाल र अधिकार सम्बोधन नगरेकाले आफुहरुले स्वीकार नगरेको यादवको भनाई थियो ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
मन्त्रिपरिषद् बैठकका ५ निर्णय सार्वजनिक नेप्से परिसूचक २२.८५ अंकले बढ्यो मन्त्रिपरिषद्बाट १३ देशका लागि राजदूत सिफारिस आफ्नो पुस्ताका लागि स्वदेशमै रोजगारी सिर्जना गर्न जेनजी सांसदलाई प्रधानमन्त्रीको आग्रह नेपाल कतै विदेशीहरूको खेलमैदान त बन्ने होइन? : माधवकुमार नेपाल मुर्रा भैँसी ल्याउने कुरा चानचुने थिएन : प्रचण्ड क्यानडा पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा २ जना पक्राउ माथिल्लो त्रिशूली थ्री एको टनेलबाट ६ शव निकालियो हुण्डी कारोबारमा संलग्न भएको आरोपमा दुई जना पक्राउ १५औँ महाधिवेशन नेतृत्व चयन मात्र होइन, आदर्श पुनःस्थापित गर्ने अवसर हो : गगन थापा मन्त्रिपरिषद्को बैठक बस्दै हामी १५औँ महाधिवेशनका लागि अगाडि बढिसक्यौँ : प्रकाशमान सिंह जिउँदो कुकुरलाई सेती नदीमा फाल्ने महिला पक्राउ सुनचाँदीको मूल्य बढ्यो भोटेकोशी बाढीमा मृतकको संख्या १,४१० पुग्यो, ५,१४५ बेपत्ता ९ लाख रुपैयाँ घुससहित नापी अधिकृत पक्राउ एलपी ग्यास प्रतिसिलिण्डर रु दुई हजार ६० मा बिक्री गर्न आग्रह गगन थापाको अपिल: एकताबद्ध भएर १५औँ महाधिवेशनमा सहभागी बनौँ नेप्से परिसूचक ११.९३ अंकले बढ्यो नेपालको राजनीतिक भविष्यको निर्णय गर्ने अधिकार केवल नेपाली जनतामा मात्र छ : आरेन राई