११ माघ २०८२, शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

अब वैदेशिक अध्ययन अनुमतिपत्र (एनओसी) लिँदा ४० मिनेटभन्दा बढी लाइन बस्न पर्दैन

२७ पुष २०७९, बुधबार ०८:१९

पुस २७, काठमाडौँ । शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालयको वैदेशिक अध्ययन अनुमतिपत्र शाखाले सेवा प्रवाहलाई चुस्त र छरितो बनाउदै लगेको जनाएको छ । शाखाका अनुसार अब सेवाग्राहीले घन्टौं लाइन बस्नुपर्ने स्थिति हट्ने भएको छ । अब भने सेवा लिन गएकाहरुले ४० मिनेट भन्दा बढी लाइन बस्न नपर्ने भएको छ ।

तोकिएको समयभित्र वैदेशिक अध्ययन अनुमतिपत्र (नो अब्जेक्सन लेटर–एनओसी) लिन बोलाइएका सेवाग्राहीलाई तोकिएको समयभित्र नै सेवा प्रवाह गर्ने गरिएको छ । जसको कारण ४० मिनेटभन्दा बढी लाइनमा बस्न पर्दैन । यसका लागि सेवाग्राहीहरु तोकिएको समयमै सेवा लिन भने पुग्नुपर्ने छ । 


त्यस्तै अशक्त, अपांग, जेष्ठ नागरिक, गर्भवती तथा कलेज शुल्क भुक्तानी गर्नुपर्ने, प्लेन टिकट बुकिङका कारणले अविलम्ब सेवा प्रवाह गर्नुपर्ने सेवाग्राहीहरुलाई भने अत्यावश्यक सेवा दिने कार्यलाई निरन्तरता दिइएको छ ।

शाखाले आइतबारदेखि सफ्टवेयरमा अपलोड गरिएका कागजातकै आधारमा रुजु गर्ने गरिएकाले एप्लिकेसन फारम बाहेक अफर लेटर, ट्रान्सक्रिप्ट, नागरिकता लगायतका कुनै पनि कागजातको प्रतिलिपि पेस गर्न नपर्ने, तोकिएको दिनमा सेवा लिन असमर्थ सेवाग्राहीलाई छुट्टै झ्यालबाट सेवा प्रवाह गर्ने कार्य शुरु गरेको छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
स्वच्छ र निष्पक्ष निर्वाचनका लागि सबै जिम्मेवार बनौँ: प्रचण्ड गगन थापाले यसपटक आँट गरेर सर्लाहीबाट उम्मेदवारी दिएको बताए गाजामा नागरिकको हत्या जारी रहने राष्ट्रसंघको चेतावनी कुलमान घिसिङले रास्वपासँग कुनै पदको बार्गेनिङ नगरेको बताए पश्चिमी वायुको प्रभावका कारण काठमाडौँ उपत्यकामा मौसम परिवर्तन प्रधानमन्त्रीले बन्दुक समातेर गोली चलाउँदैन, जेनजी हत्याको आरोप मलाई लगाइयो: केपी ओली चुनावी अभियानको क्रममा तेह्रथुम पुगे बालेन शाह हिमपातले सुदूर पहाडको जनजीवन प्रभावित आज अन्तर्राष्ट्रिय शिक्षा दिवस मनाइँदै देश अझै संकटमा छ, दुर्घटनामा पर्न सक्छ: प्रचण्ड महावीर पुनले पाए त्रिभुज चुनाव चिन्ह मन्त्रिपरिषद् बैठकका निर्णयहरु सार्वजनिक बदलिएको कांग्रेसले देशलाई बदल्छ : सभापति गगन थापा गगन थापालाई प्रधानमन्त्रीको उम्मेदवार बनाउने कांग्रेसको निर्णय हल्लाको पछि नलाग्न आशिका तामाङको आग्रह राष्ट्रिय सभाको बैठक जारी आशिका तामाङले उम्मेदवारी फिर्ता लिन निर्वाचन अधिकृतलाई गरिन् फोन बाबुराम भट्टराईले फिर्ता लिए उम्मेदवारी गगन थापा सभापति बनेपछि पहिलोपटक सानेपामा पुगेर बैठक गर्दै पाथीभरा पुगे बालेन शाह