११ माघ २०८२, शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

काठमाडौंको शंखरापुरमा प्रहरीसँग विवाद हुँदा वडा सदस्यको भाँचियो हात !

२८ पुष २०७९, बिहीबार ११:१४

पुस २८, काठमाडौँ | काठमाडौंको शंखरापुरमा सब स्टेसन निर्माणका विषयमा प्रहरीसँग विवाद हुँदा वडा सदस्य घाईते भएका छन् । काठमाडौंको शंखरापुर नगरपालिका – ३ का वडा सदस्य विजय लामा घाईते भएका हुन् । प्रहरीसँगको झडपमा आज बिहीबार उनको हात भाँचिएको छ । प्रहरीले अरु तीन जनालाई पक्राउ समेत गरेको छ ।

सब स्टेशन निर्माणको विरोधमा १२ दिनदेखि शंखरापुर–३ आन्दोलित छ । गाउँलेले आफ्नो गाउँमा सब स्टेशन निर्माण गर्न नहुने माग राखेका छन् । आज बिहीबार प्रहरीको सहयोगमा नेपाल विद्युतय प्राधिकरणले सब स्टेशन निर्माण सुरु गरेको छ । आफूहरुको अनुमति बेगर सब स्टेशन निर्माणका लागि प्रहरी परिचालन गरिएको भन्दै स्थानीयबासिन्दाले राष्ट्रिय मानव अधिकार आयोगमा यस अगाडि नै उजुरी पनि दिएका छन् ।


शंखरापुर नगरपालिका– ३ मा पर्ने बोझनीको करिब २ सय रोपनी क्षेत्रफलमा निर्माण गर्न लागिएको सब स्टेशनले आफ्नो उठिबास लाग्ने भन्दै स्थानीयबासिन्दाले विरोध गरिरहेकाछन् । ०७४ देखि नै सुरु भएको यो आयोजनाको स्थानीयबासीले सुरुवातदेखि नै विरोध गर्दै आईरहेकाछन् । ४ सय ५६ मेगावाट विद्युत् उत्पादन गर्ने भनिएको माथिल्लो तामाकोशी जलविद्युत् आयोजनाबाट उत्पादित बिजुली काठमाडौं उपत्यका तथा देशका अन्य क्षेत्रमा पठाउन शंखरापुरको बोझनीमा विद्युत् प्रसारण आयोजनाले सब स्टेसन निर्माण गर्न लागिएको प्राधिकरण बताउँछ ।

यो सब स्टेसनले माथिल्लो तामाकोशीसँगै एमसीसीले निर्माण गर्ने प्रसारण लाइन र भक्तपुरको खरिपाटीस्थित वितरण केन्द्रलाई जोड्नेछ । बोझनी बस्तीको बीचमा निर्माण गर्न लागिएको यो सब–स्टेसनमा तीनतिरबाट ४ सय किलो भोल्ट (के.भी) क्षमताका ‘हाई भोल्टेज’ प्रसारण लाइन विस्तार हुनेछन् । आफूहरुलाई झुक्याएर जग्गा अधिग्रहण गरेको, मानव बस्तीको बिचमा सब स्टेशन निर्माण गर्न लागिएको भन्दै स्थानीयले विरोध गरिरहेका छन् । प्राधिकरण भने सब स्टेशन निर्माणका लागि आफूहरुले जग्गा लिइसक्दा पनि स्थानीयबासिन्दाले अनाहकमा विरोध गरेको बताउँछ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
स्वच्छ र निष्पक्ष निर्वाचनका लागि सबै जिम्मेवार बनौँ: प्रचण्ड गगन थापाले यसपटक आँट गरेर सर्लाहीबाट उम्मेदवारी दिएको बताए गाजामा नागरिकको हत्या जारी रहने राष्ट्रसंघको चेतावनी कुलमान घिसिङले रास्वपासँग कुनै पदको बार्गेनिङ नगरेको बताए पश्चिमी वायुको प्रभावका कारण काठमाडौँ उपत्यकामा मौसम परिवर्तन प्रधानमन्त्रीले बन्दुक समातेर गोली चलाउँदैन, जेनजी हत्याको आरोप मलाई लगाइयो: केपी ओली चुनावी अभियानको क्रममा तेह्रथुम पुगे बालेन शाह हिमपातले सुदूर पहाडको जनजीवन प्रभावित आज अन्तर्राष्ट्रिय शिक्षा दिवस मनाइँदै देश अझै संकटमा छ, दुर्घटनामा पर्न सक्छ: प्रचण्ड महावीर पुनले पाए त्रिभुज चुनाव चिन्ह मन्त्रिपरिषद् बैठकका निर्णयहरु सार्वजनिक बदलिएको कांग्रेसले देशलाई बदल्छ : सभापति गगन थापा गगन थापालाई प्रधानमन्त्रीको उम्मेदवार बनाउने कांग्रेसको निर्णय हल्लाको पछि नलाग्न आशिका तामाङको आग्रह राष्ट्रिय सभाको बैठक जारी आशिका तामाङले उम्मेदवारी फिर्ता लिन निर्वाचन अधिकृतलाई गरिन् फोन बाबुराम भट्टराईले फिर्ता लिए उम्मेदवारी गगन थापा सभापति बनेपछि पहिलोपटक सानेपामा पुगेर बैठक गर्दै पाथीभरा पुगे बालेन शाह