२३ मंसिर २०८२, सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

अर्थ/विकास

पोखरा उद्योग बाणिज्य संघको अध्यक्षमा पालिखे निर्वाचित

२ आश्विन २०७३, आईतवार १५:५६

कमल सुवेदी | असोज २, पोखरा | पोखराकै जेठो संस्था पोखरा उद्योग बाणिज्य संघमा नयाँ नेतृत्व चयनको लागि भएको निर्वाचनबाट अध्यक्षमा विश्वशंकर पालिखे निर्वाचित भएका छन् । आईतबार साँझ सम्पन्न मतगणना बाट पालिखेले निकटतम प्रतिद्धन्द्धी देव क्षेत्रीलाई १ सय ५५ मत अन्तरले पछि पार्दै अध्यक्षमा बिजयी बनेका हुन् । 

अध्यक्षमा निर्वाचित बिश्व शंकर पालिखेले कुल ९ सय ५५ मत ल्याए भने उनका प्रतिद्वन्दी देव क्षेत्रीले ८ सय मत, त्यस्तै अध्यक्षकै प्रत्यासी नारायण कोइरालाले ४ सय ११ मत, हिरा भट्टराईले १ सय ६३ मत, इश्वर कर्माचार्यले १ सय २३ मत र धनीराम बरालले ४४ मत प्राप्त गरेका थिए । 

त्यस्तै पदाधिकारीहरुको निर्वाचनमा बरिष्ठ उपाध्यक्षमा रविन्द्र वहादुर प्रजु निर्वाचित भएका छन् । त्यस्तै उपाध्यक्ष (उद्योग) तर्फ गोकर्ण कार्की, उपाध्यक्ष (बाणिज्य ) तर्फ विन्दु कोईराला सुवेदी निर्वाचित भएका छन् । 

त्यस्तै महासचिवमा दामु अधिकारी निर्वाचित भएका छन् भने उपमहासचिवमा अर्जुन पोखरेल निर्वाचित भएका छन् तयस्तै कोषाध्यक्षमा पवन कुमार प्रजापती निर्वाचित भएका छन् । 

सदस्यतर्फबाट कुल २१ जनामा १० जना निर्वाचित भएका छन् । सदस्य तर्फ अनिल सिग्देलले सर्वाधिक मत सहित निर्वाचित बने भने क्रमश सीता बराल, सुरेन्द्रमान बिजुक्छे, यदुनाथ अधिकारी, किसान सुनार, चीनु गुरुङ, देव कृष्ण काफ्ले, प्रेम वहादुर भूजेल, गोमा ढकाल र गीता तिवारी निर्वाचित भएका छन् । 


सनिबार सम्पन्न निर्वाचनमा २५ सय १३ मत खसेको थियो । कुल २७ सय २६ मतदाता रहेकोमा २१३ मतदाता अनुपस्थित भएका थिए । 


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
मङ्सिर २६ सम्म मतदाता नामावलीमा दाबी विरोध गर्न सकिने समानुपातिक निर्वाचन प्रणालीका लागि एमालेद्वारा दल दर्ता राष्ट्रिय वाणिज्य बैङ्कको ‘विजनेस मिट’ सम्पन्न नारायणी अस्पतालको भवन निर्माण सङ्घीय सरकारको प्राथमिकतामा छ : स्वास्थ्य मन्त्री गौतम जिल्ला प्रशासनमा जेनजी सुशासन योद्धाको नामावली राख्न गृहको परिपत्र एनपिएलमा यस्तो छ खेलाडीको प्रदर्शन भूमिहीन सुकुम्वासी समस्या समाधानको पहल गरिदिन आग्रह सुडानमा नागरिक बस्तीमा आक्रमण, बालबालिकासहित ११४ को मृत्यु गत हप्तादेखि पुँजीबजार निरन्तर ओरालो एमालेमा नेतृत्व हस्तान्तरण र पुस्तान्तरणमा जोड पोर्चुगल पठाइदिने भन्दै ठगी गर्ने महर पक्राउ मानवअधिकारको रक्षा गर्दै लोकतन्त्रलाई संस्थागत गराउन लागि प्रतिबद्ध छौँ : गृहमन्त्री अर्याल अण्डाको मूल्य हालसम्मकै उच्च मुग्लिन–मलेखु सडकको तीन ठाउँको भित्तो काटिँदै मानव जीवन बचाउन विश्वले ध्यान दिनुपर्ने : संयुक्त राष्ट्र गोवाको क्लबमा भएको आगलागीमा, चार नेपालीसहित २५ जनाको मृत्यु चार महिने छोराको हत्या अभियोगमा नेपाल प्रहरीका असई पक्राउ सञ्चारमन्त्री खरेलद्वारा एनसेल कार्यालय अवलोकन पृथ्वीराजमार्गको नागढुङ्गा–मलेखु खण्ड एक साताको लागि आंशिक बन्द हुने सुनको मूल्य बढ्यो