माघ ५, बागलुङ | बुधबार बिहान टिपर अनियन्त्रित भएर पल्टिँदा चालकको मृत्यु भएको छ । बागलुङ नगरपालिका वडा नम्बर–८ सिगानादेखि बजारतर्फ गइरहेको बा २ क ९२५८ नम्बरको टिपर बुधबार बिहान साढे ९ बजेतिर खसेको थियो ।
टिपर चालक ४३ वर्षीय राजु मोक्तानको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी गंगाबहादुर थापाले बताए । मृतक मोक्तान हेटौंडा उपमहानगरपालिका–१४ का बासिन्दा भएको खुलेको छ ।
बागलुङ–बरेङ सडकखण्ड निर्माणमा उक्त टिपर प्रयोगमा आएको थियो । निर्माण सामग्री छाडेर फर्कंदा सडकबाट खसेको प्रहरीले बताएको छ ।