माघ ४, काठमाडौँ | मध्यआकाशमा विपत्तिको सूचना जारी गरेको अष्ट्रेलियाको ध्वजाबाहक क्वान्टास विमान सिड्नी विमानस्थलमा सुरक्षित अवतरण भएको छ । एक सय ४५ जना यात्री बोकेर न्युजिल्याण्डको अक्ल्याण्डबाट उडेको बोइङ ७३७–८०० बिना समस्या अवतरण गरेको हो ।  विमान कम्पनीका अनुसार जहाजको सम्"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... माघ ४, काठमाडौँ | मध्यआकाशमा विपत्तिको सूचना जारी गरेको अष्ट्रेलियाको ध्वजाबाहक क्वान्टास विमान सिड्नी विमानस्थलमा सुरक्षित अवतरण भएको छ । एक सय ४५ जना यात्री बोकेर न्युजिल्याण्डको अक्ल्याण्डबाट उडेको बोइङ ७३७–८०० बिना समस्या अवतरण गरेको हो ।  विमान कम्पनीका अनुसार जहाजको सम्"/>
३ पुष २०८२, बिहीबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

विपत्तिको सूचना जारी गरेको क्वान्टास विमान सुरक्षित अवतरण

४ माघ २०७९, बुधबार ११:२९

माघ ४, काठमाडौँ | मध्यआकाशमा विपत्तिको सूचना जारी गरेको अष्ट्रेलियाको ध्वजाबाहक क्वान्टास विमान सिड्नी विमानस्थलमा सुरक्षित अवतरण भएको छ । एक सय ४५ जना यात्री बोकेर न्युजिल्याण्डको अक्ल्याण्डबाट उडेको बोइङ ७३७–८०० बिना समस्या अवतरण गरेको हो ।  विमान कम्पनीका अनुसार जहाजको सम्बन्धित इञ्जिनियरले परीक्षण गर्नेछन् । मध्यआकाशमा जारी गरिएको विपत्तिको सूचनालाई विमान अवतरण हुनुपूर्व ‘सम्भावित सहयोग आवश्यक पर्ने’ सूचीमा समावेश गरिएको थियो ।


विमानस्थलमा चिकित्सकसहित एम्बुलेन्स सेवालाई तयारी अवस्थामा राखिएको थियो । विमान उडेको करिब दुई घण्टापछि एउटा इञ्जिनमा केही समस्या अनुभव गरिएको जानकारी दिए पनि कम्पनीले इञ्जिनमा उत्पन्न समस्याबारे खुलेर जानकारी दिएको छैन । दुईवटा इञ्जिन भएको उक्त विमान एउटाले काम नगरे अर्कोको सहयोगमा अवतरण गर्न सक्षम रहेको जनाएको छ । 

संसारको सबैभन्दा सुरक्षित एयरलाइन्सको सूचीमा क्वाण्टास रहेको छ । यो एयरलाइन्स विगत ७० वर्षदेखि कुनै घातक दुर्घटनामा परेको छैन । अष्ट्रेलियाको नागरिक उड्डयन कानुनअनुसार विपत्तिको संकेत जारी हुनुलाई ‘विमान गम्भीर खतरामा परेको र तत्काल मद्दत आवश्यक भएको’ मानिन्छ । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
एमाले महासचिवमा पुनःनिर्वाचित पोखरेलको राजनीतिक यात्रा केपी शर्मा ओलीले लिए शपथ रास्वपाद्वारा समन्वय कार्यदल गठन रवि लामिछानेलाई धरौटीमा रिहा गर्न उच्च अदालतको आदेश नेपाल एक चीन नीतिप्रति प्रतिवद्ध छ, सञ्चारमन्त्री खरेल निर्वाचन महोत्सव बन्दैछः सञ्चारमन्त्री पाकिस्तानबाट १६७ जना अफगान कैदी स्वदेश फिर्ता अवैध लागुऔषधसहित विभिन्न स्थानबाट १९ जना पक्राउ एमाले अध्यक्षमा पुनःनिर्वाचित ओलीको यस्तो छ सङ्घर्षपूर्ण राजनीतिक यात्रा एमाले पदाधिकारी निर्वाचित एमाले अध्यक्षमा ओली विजयी मुलुकको विकासका लागि सरकार र निजी क्षेत्रबीच सहकार्य हुनुपर्छः उपराष्ट्रपति यादव भारतद्वारा स्वतन्त्र व्यापार सम्झौतालाई तीव्रता तीन महिनामा १० प्रतिशतले राजस्व वृद्धि भएको छः अर्थमन्त्री खनाल सुनको मूल्य बढ्यो झुटो विवरण पेस गरी नागरिकता तथा राहदानी बनाएको अभियोगमा तीन जना पक्राउ एमाले महाधिवेशनः मतगणना सुरु सशस्त्र प्रहरी बल नेपाल नं २१ दक्षिणकाली गणलाई ललितपुर महानगर गौरव पुरस्कार राष्ट्रसङ्घ प्रणालीलाई अझ प्रभावकारी बनाउनुपर्छ : प्रधानमन्त्री कार्की प्रधानमन्त्रीसँग चिनियाँ राजदूतको शिष्टाचार भेट