माघ ५, काठमाडौँ | नेपाली कांग्रेसका सांसद विश्वप्रकाश शर्माले संसद्को सबैभन्दा ठुलो दल परिस्थितिको कारण मात्रै सरकार बाहिर भएको बताएका छन्।
प्रतिनिधि सभाको बैठकमा बोल्दै उनले सभामुख र शीतल निवासको लक्ष्यसहित संसदमा उभिएको बताए।
उनले भने, ‘सभामुख र शीतल निवासमा हाम्रो उपस्थितिले जनताको मतको पनि प्रतिनिधित्व हुन्छ। त्यसबाट शक्ति सन्तुलन पनि हुन्छ।’
उनले शीतल निवासतिरको लक्ष्य भन्दै गर्दा एमाले अध्यक्ष केपी शर्मा ओलीलाई लक्षित गरेर नझस्किन आग्रह गरे।