११ माघ २०८२, शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

निहारिका र शिवराजबीच सम्बन्ध सुधारको संकेत, छोरोको फोटो पोष्ट गर्दै श्रेष्ठले लेखे– ‘माइ हिरो’

६ माघ २०७९, शुक्रबार ०७:०६

माघ ६, काठमाडौँ | बलात्कारको अभियोगमा उच्च अदालत जनकपुरमा मुद्दा खेपिरहेका शिवराज श्रेष्ठले छोराको फोटो फेसबुकमा पोष्ट गर्दै ‘माइ हिरो’ लेखेका छन् । बिहीबार साँझ ९ः०६ बजे सामाजिक सञ्जालमा एक बालकको फोटो पोष्ट गर्दै शिवराजले माइ हिरो लेखेका हुन् । 

बिहीबार साँझ सामाजिक सञ्जालमा पोष्ट गरिएको फोटो शिवराजमाथि जबर्जस्ती करणीको आरोप लगाउने निहारिका राजपुतबाट जायजन्म भएको बालकको तस्वीर हो । ढाकाको टोपीमा सजिएका बालकको तस्वीर पोष्ट गर्दै शिवराजले लेखेका छन्, ‘माइ हिरो : भियान श्रेष्ठ राजपुत’ । त्यसपछि शिवराजले लभ साइनको इमोजी समेत पोष्ट गरेका छन् ।


 स्मरणीय के छ भने केही समय अगाडि मात्रै उच्च अदालत जनकपुरले बालक र आरोपित शिवराजको डीएनए टेष्ट गर्न आदेश दिएको थियो । अदालतको आदेशपछि गरिएको टेष्टमा बालकको डीएनए शिवराजसँग म्याच भएको थियो । उच्च अदालत जनकपुरका श्रोतका अनुसार शिवराज र बालकको डीएनए ९९ दशमलब ९९ प्रतिशत मिलेको छ । 

उच्च अदालत जनकपुरमा मुद्दा चलिरहेकै समयमा शिवराजले बिहीबार साँझ बालकको फोटो पोष्ट गर्दै माइ हिरो लेखेका हुन् । साथमा छोराको नाम भियान श्रेष्ठ राजपुत भनी उल्लेख गरेका छन् । उक्त फोटो शिवराजले कहाँबाट कसरी प्राप्त गरे केही बताएका छैनन् ।  

शिवराजले राखेको बालकको फोटो सेयर गर्दै निहारिकाले लेखिन्– ‘मेरो बाबु हो’

आफूलाई कुमारी आमा भनेर चिनाउने निहारिका राजपुतले प्रतिवादी शिवराज श्रेष्ठले फेसबुकमा पोष्ट गरेको बालकको फोटोसहितको स्टाटस सेयर गरेकी छिन् । बिहीबार राती शिवराजले गरेको बालकको तस्वीर सहितको पोष्ट रिपोष्ट गर्दै लेखेकी छिन्, ‘मेरो बाबु हो ।’  

बलात्कारको अभियोगमा उच्च अदालत जनकपुरमा मुद्दा खेपिरहेका शिवराज श्रेष्ठले एक बालकको फोटो फेसबुकमा पोष्ट गर्दै ‘माइ हिरो’ लेखेका थिए । बिहीबार साँझ ९ः ०६ बजे सामाजिक सञ्जालमा एक बालकको फोटो पोष्ट गर्दै ‘माइ हिरो : भियान श्रेष्ठ राजपुत’ भनी लेखेका थिए । साथमा शिवराजले लभ साइनको इमोजीसमेत राखेका थिए । 

त्यसको करिब एक घण्टापछि निहारिका राजपुतले शिवराजको उक्त पोष्टलाई रिपोष्ट गर्दै लेखेकी छिन्, ‘मेरो बाबु हो ।’ स्मरणीय के छ भने केही समय अगाडि मात्रै उच्च अदालत जनकपुरले बालक र आरोपित शिवराजको डीएनए टेष्ट गर्न आदेश दिएको थियो । अदालतको आदेशपछि गरिएको टेष्टमा बालकको डीएनए शिवराजसँग म्याच भएको थियो । उच्च अदालत जनकपुरका श्रोतका अनुसार शिवराज र बालकको डीएनए ९९ दशमलब ९९ प्रतिशत मिलेको छ । 

उच्च अदालत जनकपुरमा मुद्दा चलिरहेकै समयमा शिवराजले बिहीबार साँझ एकाएक बालकको फोटो पोष्ट गर्दै माइ हिरो लेख्नु र निहारिकाले शिवराजको स्टाटस सेयर गर्दै मेरो बाबु हो लेख्नुले निहारिका र शिवराजबीचको सम्बन्धमा सुधार आएको आंकलन गरिएको छ । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
स्वच्छ र निष्पक्ष निर्वाचनका लागि सबै जिम्मेवार बनौँ: प्रचण्ड गगन थापाले यसपटक आँट गरेर सर्लाहीबाट उम्मेदवारी दिएको बताए गाजामा नागरिकको हत्या जारी रहने राष्ट्रसंघको चेतावनी कुलमान घिसिङले रास्वपासँग कुनै पदको बार्गेनिङ नगरेको बताए पश्चिमी वायुको प्रभावका कारण काठमाडौँ उपत्यकामा मौसम परिवर्तन प्रधानमन्त्रीले बन्दुक समातेर गोली चलाउँदैन, जेनजी हत्याको आरोप मलाई लगाइयो: केपी ओली चुनावी अभियानको क्रममा तेह्रथुम पुगे बालेन शाह हिमपातले सुदूर पहाडको जनजीवन प्रभावित आज अन्तर्राष्ट्रिय शिक्षा दिवस मनाइँदै देश अझै संकटमा छ, दुर्घटनामा पर्न सक्छ: प्रचण्ड महावीर पुनले पाए त्रिभुज चुनाव चिन्ह मन्त्रिपरिषद् बैठकका निर्णयहरु सार्वजनिक बदलिएको कांग्रेसले देशलाई बदल्छ : सभापति गगन थापा गगन थापालाई प्रधानमन्त्रीको उम्मेदवार बनाउने कांग्रेसको निर्णय हल्लाको पछि नलाग्न आशिका तामाङको आग्रह राष्ट्रिय सभाको बैठक जारी आशिका तामाङले उम्मेदवारी फिर्ता लिन निर्वाचन अधिकृतलाई गरिन् फोन बाबुराम भट्टराईले फिर्ता लिए उम्मेदवारी गगन थापा सभापति बनेपछि पहिलोपटक सानेपामा पुगेर बैठक गर्दै पाथीभरा पुगे बालेन शाह