2026-06-17 01:10 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

जापान पठाउने भन्दै ४१ युवाको ३ करोड लिएर फरार

माघ ६, मोरङ | रोजगारीका निम्ति जापान पठाउने नाममा ४१ जना युवाको ३ करोडभन्दा बढी रकम ठगी भएको पाइएको छ । ठगि पर्नेमा मोरङका ४० र झापा एक जना छन् । 

उनीहरुलाई वैदेशिक रोजगारको नाममा ठगी धन्दा चलाएर सुनवर्षी–३ का ३६ वर्षीय अजय राजवंशीसहितको गिरोहले ३ करोड ठगी गरी फरार भएको हो । उक्त ठगीमा अजयसहित उनका भाइ रन्जित राजवंशी, बुहारी अनुराधा र चितवनका राजेन्द्र अधिकारी संलग्न रहेको पीडितहरु बताउँछन् । पीडित युवाहरू न्यायका लागि हारगुहार गर्दै प्रहरी प्रशासनदेखि रोजगार विभागसम्म पुगेका छन् ।


चितवनका राजेन्द्र, मोरङ सुनवर्षी–६ का अजय ठगी धन्दा चलाउने गिरोहका मुख्य नाइके रहेको पीडित बताउँछन् । उनीहरुका अनुसार राजेन्द्र र अजय जापानको गार्मेन्ट उद्योगमा काम गरेर फर्किएका थिए । अजयले उठाएको रकम लिएर मुख्य योजनाकार भनिएका राजेन्द्र पुनः जापान गएको खुलेको छ । अजयसहित उनका भाइबुहारी रन्जित–अनुराधा र बहिनी विद्या फरार छन् ।

पीडितहरुले वैदेशिक रोजगार विभागमा पुस २८ गते राजेन्द्र अधिकारीविरुद्ध उजुरी दिएका छन् । विभागले वैदेशिक रोजगारसँग सम्बन्धित नभई ठगी कसुर गरेको देखिएको भन्दै प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरोमा पत्राचार गरेको छ । मोरङको सुनवर्षी नगरपालिका–३, भेलाहीका ३६ वर्षीय मदन कुमार राजवंशी पेसाले शिक्षक हुन् । उनले विराटनगरको एक निजी विद्यालयमा अध्यापन गराउँदै आएका छन् । आफ्नै साथी अजयले जापानमा मासिक साढे २ लाख रूपैयाँ कमाइ हुने सुनाएपछि जाने भएर पैसा दिएको उनी बताउँछन् । मेनेजर पदमा जापन जाँदा १६ लाख रुपैयाँ लाग्ने भन्दै उनलाई अजयले सुनाएका थिए ।

यसैगरी मोरङ, कटहरी–३, हल्दीबारीका ३६ वर्षीय विवेक राजबंशीले मासिक चार लाख रुपैयाँ कमाई हुने आश्वासनमा १८ लाख रुपैयाँ अजयलाई बुझाएका थिए । उनले चार किस्ता गरी १८ लाख रुपैयाँ अजयले भनेकै व्यक्तिको नाममा बैंकमा जग्मा गरेको भौचर राखेका छन् । स्नातक उत्तीर्ण गरेका विवेकलाई पनि जापानमा मेनेजरमा पठाउने भनेका थिए । ‘जग्गा धितो राखेर ऋण खोजेर पैसा बुझाएँ,’ उनले विराटनगरमा बिहीबार आयोजित पत्रकार सम्मेलनमा भने, ‘अहिले आएर विदेश पठाउने आश्वासन दिएको अजय नै सम्र्पकविहीन भएको छ ।’

झापा, कनकाई–१ का भवानी प्रसाद अधिकारीले आठ लाख रुपैयाँ बुझाएको बताए । ऋण काढेर वैदेशिक रोजगारको नाममा पठाएको पैसा कसरी फिर्ता ल्याउने र कसरी ऋण तिर्ने भन्ने चिन्ताले सताएको उनले सुनाए । वैदेशिक रोजगारको क्रममा ठगिएका युवाहरुले विभिन्न निकायहरु जाँदा पनि न्याय पाउन ढिलो भएको गुनासो गरेका छन् ।

वैदेशिक रोजगारीमा जान चाहनेहरू मोरङमा ठगिने क्रम बढेको छ । एकै व्यक्तिबाट धेरै जना ठगिएका उजुरी आउने क्रम बढेको मोरङका प्रमुख जिल्ला अधिकारी काशीराज दाहालले जानकारी दिए । रोजगारको क्रममा ठगिएको उजुरी आए वैदेशिक रोजगार ऐन, २०६४ ले दिएको अधिकार प्रयोग गरेर कारबाहीको दायरामा ल्याउने उनले बताए ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
११ वर्षअघि एक व्यक्तिको अपहरण पछि हत्या गरी फरार रहेका दुई जना पक्राउ हामी बजेट त बनाउँछौँ, तर खर्च गर्न सक्दैनौँ : हर्कराज राई चालु आर्थिक वर्षको ११ महिनामा १० खर्ब ७९ अर्ब राजस्व सङ्कलन प्रतिनिधिसभा बैठकमा मन्त्रालयगत बजेटमाथि छलफल जारी नेप्से परिसूचक ६.३१ अंकले घट्यो जेठ महिनामा ६१ हजार नेपालीले लिए विदेश जान श्रम स्वीकृति, मलेसिया जाने सबैभन्दा बढी प्रतिनिधिसभाको बैठक १५ मिनेटका लागि स्थगित विनियोजन विधेयकमाथिको छलफलमा खर्च कटौतीका प्रस्ताव प्रस्तुत बाल्टिनको पानीमा डुबेर साढे २ वर्षीय बालकको मृत्यु घरको छतबाट खसेर एक जनाको मृत्यु प्रतिनिधिसभाको बैठक सुरु सुनको मूल्य बढ्दा घट्यो चाँदीको मूल्य राप्रपा केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै भारतको बाटो हुँदै वैदेशिक रोजगारमा उडान: नेपाललाई दैनिक करोडौं क्षति, विभागले माग्यो उडान विवरण कोशीको बजेट ४० अर्ब ४४ करोड मन्त्री आएपछि शुरू भयो प्रतिनिधिसभा बैठक सीमा रक्षामा विदेशी सेनासँग निहत्था लडिरहनुहुने नेपाली दाजुभाइ दिदीबहिनीहरूको पोषण तथा पोशाकमा पनि बजेट छुट्टाउनुपर्छ : हर्क साम्पाङ राष्ट्रियसभामा बजेटमाथि छलफल प्रारम्भ स्वास्थ्यमन्त्री मेहतासँग जर्मनी राजदूतको भेटवार्ता खैरो हेरोइनसहित एक जना भारतीय नागरिकलाई पक्राउ