2026-09-07 10:38 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

जापान र दक्षिण कोरियाको बीचमा पानीजहाज डुब्यो

माघ ११, काठमाडौँ । जापान र दक्षिण कोरियाको बिच समुद्रमा सामान बोक्ने कार्गो पानीजहाज डुब्दा चालक दलका ९ जना बेपत्ता भएका छन्।

जापानको नागासाकीको तटमा ६ हजार ५ सय ५१ टन वजनको “जिन्टियन” डुबेपछि चालक दलका १३ सदस्यलाई बुधवार उद्धार गरिएको जापानी र दक्षिण कोरियाली सञ्चारमाध्यमले जनाएका छन् ।

चालक दलका पाँच जनालाई नजिकैका जहाजहरूले उठाएका थिए भने, आठ जनालाई पछि जापानी र दक्षिण कोरियाली तट रक्षकहरूले उद्धार गरेका थिए।

जापानी अधिकारीहरूले हङकङमा दर्ता भएको जहाजमा चालक दलका १४ सदस्य चिनियाँ र ८ जना म्यानमारका रहेको बताएका छन्।

क्योडो समाचार एजेन्सीले जिन्टियनका चालक दलले मङ्गलवार अबेरमा एक आपत्कालीन फोन गरेको र जहाज झुकेर पानी पसेको रिपोर्ट गरेको जनाएको छ। फोन गरेको करिब चार घण्टापछि जहाज तल गएको एजेन्सीले जनाएको छ।

दक्षिण कोरियाली कोस्ट गार्ड घटनास्थलमा पुग्दा जहाज पूर्ण रूपमा डुबेको योनहाप समाचार एजेन्सीले जनाएको छ।

काठ बोकेको जिन्टियान के कारणले पल्टियो भन्ने बारे तत्काल केही बताइएको छैन।

जहाज डुबेको क्षेत्र नागासाकी र दक्षिण कोरियाको जेजु टापुको बिचमा छ, जहाँ मङ्गलवार खराब मौसमका कारण सयौँ उडान रद्द गरिएको थियो।

जापानको कोस्ट गार्डले सङ्कटको सङ्केत प्राप्त भएको बेला हावा तीव्र भएको बताए। तुरुन्तै गस्ती डुङ्गा र विमानहरू यस क्षेत्रमा पठाएको तर, खराब मौसमले तिनीहरूको पुग्न ढिला भएको जापानको कोस्ट गार्डले बताएको छ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
भोटेकोशी बाढीपीडितका लागि राष्ट्र बैंकले दियो १ करोड ३८ लाख रकम कांग्रेसले बोलायो केन्द्रीय निर्वाचन समितिको बैठक बाढीपीडितको मानव अधिकार संरक्षण गर्न सरकारलाई राष्ट्रिय मानव अधिकार आयोगको आग्रह मृतकको पहिचान सावधानी र संवेदनशीलताका साथ गरिनुपर्छ : राष्ट्रपति पौडेल भोटेकोशी बाढीपीडितका लागि कांग्रेसले प्रधानमन्त्री राहत कोषमा १ करोड दियो म्याग्दीमा ७२ वर्षीया वृद्धाको हत्या, नाति पक्राउ ‘ग्रीन आर्मी’खारेज गर्न सरकारसँग नेकपाको माग एक जना पनि पीडितले सरकार पाइनँ भन्ने अवस्था आउनुहुँदैन : सभामुख अर्याल राष्ट्रपति पौडेलले आज दिउँसो ३ः३० बजे राष्ट्रका नाममा सम्बोधन गर्ने विपत्तिका बेला विद्युत् संरचनाका तार चोरी हुनु दुःखद र गम्भीर विषय हो : ऊर्जामन्त्री श्रेष्ठ भोटेकोशी बाढीको क्षति बुझ्न प्रभावित क्षेत्रमा पुगे राष्ट्रपति पौडेल राजमार्ग अवरुद्ध भएपछि काठमाडौँमा ग्यास संकट बाढीपीडितको अपमानजनक भिडियो पोस्ट गर्ने युवक पक्राउ भोटेकोशी बाढीमा १ हजार ३५६ शव फेला, ४ हजार ७७ जना अझै बेपत्ता ३९ जिल्लामा आकस्मिक बाढीको जोखिम हतारमा गरिएको पुनर्निर्माण अस्थायी हुन्छ : सभामुख अर्याल कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठक बस्दै सुनचाँदीको मूल्य घट्यो भोटेकोसी बाढीको १३औँ दिन राष्ट्रिय शोक, झण्डा आधा झुकाइयो भोटेकोशी बाढीले रसुवाको पूर्वाधारमा ठूलो क्षति, आठ जलविद्युत् आयोजना पूर्ण प्रभावित