2026-10-24 08:57 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

शीर्ष १० धनाढ्यको सूचीबाट बाहिरिए मुकेश अम्बानी, इलोन मस्क दोस्रोमा, को बने सबैभन्दा धनि व्यक्ति ?

माघ १२, काठमाडौँ | विश्वका शीर्ष अर्बपतिको सूचीमा ठूलो फेरबदल भएको छ। एसियाका सबैभन्दा धनी व्यक्ति तथा अदानी समूहका अध्यक्ष गौतम अडानी लामो समयदेखि शीर्ष १० अर्बपतिको सूचीमा तेस्रो स्थानमा थिए तर अहिले उनी तल झरेका छन्। 

उक्त सूचीको अनुसार भारतबाट शीर्ष १० मा रहेका उद्योगपति मुकेश अम्बानी धनाढ्यको सूचीबाट बाहिरिएका छन् भने गौतम अडानी तेस्रोको सट्टा चौथो नम्बरमा झरेका छन् । 

दुवै धनाढ्य उद्योगपतिहरूको कम्पनीको शेयरमा आएको भारी गिरावटका कारण अडानी र अम्बानीको सम्पत्ति घटेको विभिन्न स्रोतले जनाएको छ । 

ब्लूमबर्ग बिलियनेर्स इन्डेक्सका अनुसार गौतम अडानी १२० अर्ब डलरको कुल सम्पत्तिका साथ सूचीमा चौथो नम्बरमा आएका छन्। पछिल्लो २४ घण्टामा उनको सम्पत्तिमा ८७२ मिलियन डलरको गिरावट आएको छ।

ब्लूमबर्ग अर्बपतिको सूचीमा तेस्रो स्थानका लागि गौतम अडानी र अमेजनका सह–संस्थापक जेफ बेजोसबीच लामो समयदेखि लडाइँ भइरहेको थियो। पछिल्लो २४ घण्टामा जेफ बेजोसको नेटवर्थ ३१८ मिलियन डलरले बढेको छ भने उनको सम्पत्ति १२१ अर्ब डलर पुगेको छ। यो वृद्धिसँगै उनी सूचीको चौथो नम्बरबाट तेस्रो नम्बरमा उक्लिएका छन् ।

फ्रान्सेली अर्बपति बर्नार्ड अर्नाल्टले १८८ अर्ब डलरको सम्पत्तिसहित विश्वको सबैभन्दा धनी व्यक्तिको ताज कायम राखेका छन्। योसँगै इलोन मस्क १४५ अर्ब डलरको सम्पत्तिसहित विश्वकै दोस्रो धनी व्यक्ति हुन् । 

माइक्रोसफ्टका सह–संस्थापक बिल गेट्स १११ अर्ब डलरको कुल सम्पत्तिका साथ पाँचौं र पौराणिक लगानीकर्ता वारेन बफेट १०८ अर्ब डलरसहित छैटौं स्थानमा छन्।

अन्य धनीहरूको कुरा गर्दा, ल्यारी एलिसन ९९.५ बिलियन डलर नेटवर्थका साथ अरबपतिहरूको सूचीमा सातौं नम्बरमा छन्। योसँगै ल्यारी पेज ९२.३ बिलियन डलरसहित विश्वको आठौं धनी व्यक्ति हुन् । 

सर्गेई ब्रिन अहिले ८८.७ बिलियन डलरको कुल सम्पत्तिका साथ नौ नम्बरमा पुगेका छन् । यसबाहेक टप १० को सूचीमा अन्तिम नम्बरमा स्टिभ बाल्मरको नाम आउँछ । उनको कुल सम्पत्ति ८६.९ बिलियन डलर छ।

शीर्ष १० अर्बपतिहरूको सूचीमा ठूलो फेरबदल भएसंगै एसियाका दोस्रो धनी मुकेश अम्बानी लामो समयसम्म आठौं स्थानमा थिए।  शीर्ष १० सूचीबाट बाहिरीएसंगै अम्बानी १२ औं स्थानमा पुगेका छन्। पछिल्लो २४ घण्टामा उनको सम्पत्ति ४५७ मिलियन डलरले घटेको छ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
साउदी अरबको सुरक्षाका लागि बेलायतले खटाउने भयो टाइफून लडाकु विमान, यस्ता छन् विशेषता रास्वपा सभापति रवि लामिछाने पत्नीसहित भारत प्रस्थान, तीनदिने धार्मिक भ्रमण गर्ने लुम्बिनी विकास कोषमा आनी छोइङ डोल्माको नियुक्ति बदर गर्न माग गर्दै आन्दोलन जारी युरोपका ६ देशमा प्रदर्शन चर्कियो, फ्रान्समा १८ सय पक्राउ, इटालीमा विद्यालय कब्जा दसैँमा काठमाडौँ उपत्यकाभित्र सशस्त्र प्रहरीको निःशुल्क बस सेवा कांग्रेसका ३५ वर्ष मुनिका ७ युवा केन्द्रीय सदस्यमा निर्वाचित मलेसिया जाने श्रमिकसँग अतिरिक्त शुल्क असुलेको आरोपमा चार जना पक्राउ बाढीले बगाएको आरुघाट पुलको मर्मत सुरु, दसैँअघि सञ्चालन गर्ने लक्ष्य कर्णालीमा नुहाउने क्रममा १२ वर्षीया बालिका बेपत्ता रोजगारीको मूल्य काम गरेको समयले होइन, आम्दानीले निर्धारण गर्छ : ओली खगेन्द्र सुनारको अडिओ प्रकरणमा रास्वपाले गठन गर्‍यो छानबिन समिति संसद् आरोप–प्रत्यारोपमा केन्द्रित हुँदा जनसरोकारका मुद्दा कमजोर बने : खुश्बु ओली भदौमा मात्रै भित्रियो २ खर्ब २१ अर्ब रुपैयाँ रेमिट्यान्स पोखरामा मोटरसाइकलको ठक्करबाट पैदलयात्रीसहित दुई जनाको मृत्यु देउवा पक्षको महाधिवेशनमा केन्द्रीय नेतादेखि सांसदसम्म स्वतः प्रतिनिधि हुने व्यवस्था काठमाडौँको रानीपोखरीमा पुरुषको शव फेला पढाउने भन्दै भारत लैजाँदै गरिएका २५ बालबालिका सीमाबाटै फर्काइए दसैँ मनाउन काठमाडौँ छाड्नेको संख्या साढे २ लाख नाघ्यो विरोध प्रदर्शनमा सहभागी भएपछि इमरान खानलाई भारत छोड्न आदेश कांग्रेस महाधिवेशन : केन्द्रीय कार्यसमितिको सम्पूर्ण नतिजा आज रातिसम्म आउने