५ माघ २०८२, आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

आप्रवासनलाई व्यवस्थित गर्नुपर्ने युरोपियन मन्त्रीहरुको चासो

१३ माघ २०७९, शुक्रबार १०:०५

माघ १३, काठमाडौँ | युरोपियन युनियनआबद्ध मन्त्रीहरुले नागरिकहरुको अवैध रुपमा हुने गरेको आप्रवासनलाई व्यवस्थित गर्नुपर्ने बताएका छन् । उनीहरुले युरोपका देशहरुमा अन्य देशबाट आएका आप्रवासीहरुको अवस्था निकै अव्यवस्थित रहेकाले यस विषयमा सोच्नुपर्ने बताएका हुन् । स्टकहोममा भएको युरोपियन युनियनका गृह तथा न्याय मन्त्रीहरुको बैठकमा सो विषयमा छलफल भएको बताइएको छ ।

उनीहरुले विभिन्न समस्याका कारण अन्य देशहरुबाट युरोपियन युनियनका देशमा आप्रवासीहरु छिर्ने गरेका र उनीहरु निकै असुरक्षित रुपमा छिर्ने गरेका पनि देखिएकाले ती नागरिकको सुरक्षा तथा सुरक्षित रुपमा स्वदेश फिर्ताका लागि पहल हुनुपर्नेमा जोड दिएका हुन् ।

उनीहरु युरोप छिर्ने र यी देशहरुमा शरण माग्ने गरेका र उनीहरुलाई अफ्ना देशमा फिर्ता गर्नका लागि विभिन्न खालका समस्या रहेका पनि मन्त्रीहरुले बताएका छन् । यसका लागि युरोपका देशहरु तयार भएपनि उनीहरुलाई शरण दिने र यहाँका देशमा बसोबासका लागि आवश्यक मात्रामा सहयोग गर्ने काम निकै नै चुनौतीपूर्ण देखिएको ती मन्त्रीहरुको निष्कर्ष थियो । 

सो बैठकमा ती नागरिकहरुमध्ये धेरैजसो शरणार्थीका रुपमा युरोपेली देशहरुमा प्रवेश गर्ने गरेकाले उनीहरुका सम्बन्धित देशका साथै युरोपका सबै देशले आपसमा समन्वय गर्नुपर्ने पनि सो बैठकमा सहमति भएको थियो । पछिल्ला वर्षहरु तेस्रो देशमा जारी विभिन्न समस्या एवं युद्धका कारण शरणार्थीका रुपमा युरोप छिर्ने व्यक्तिहरुको सङ्ख्या बढ्दै गएको देखिएको छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
जर्मनीको मुद्रास्फीति दर स्थिर, डिसेम्बरमा १.८ प्रतिशतमा झर्‍यो रवि लामिछानेको मुद्दा फिर्ता लिने निर्णयविरुद्ध युवा संघको प्रदर्शन पार्टी छाडेकालाई कांग्रेसमा फर्कन आग्रह संविधान संरक्षणमा पूर्वराष्ट्रपति यादवको जोड भावी सरकारमा पनि ‘मिडिया’कर्मीको प्रतिनिधित्व हुनुपर्छः सञ्चारमन्त्री छ महिनामा ३९ अर्ब बढीको वैदेशिक लगानी प्रतिबद्धता सनासो प्रहार गरी श्रीमतीको हत्या मानसिक सन्तुलन गुमाएका युवकद्वारा आमाको हत्या कांग्रेसलाई एकढिक्का बनाएर अगाडि लैजान्छौँः सभापति थापा छतबाट खसेर वृद्धाको मृत्यु ग्रीनल्याण्ड राष्ट्रिय सुरक्षाका लागि महत्वपूर्ण : राष्ट्रपति ट्रम्प सामाजिक विकासका लागि ३३ वटा संस्थाहरूबाट प्रस्ताव पेस काठमाडौँका यी स्थानमा आज बिजुली कटौती हुने कांग्रेस केन्द्रीय समितिको बैठक बस्दै रवि लामिछानेको मुद्दा फिर्ता गर्नेे निर्णयमा बारको आपत्ति भूकम्पलगायत विपद्बाट हुनसक्ने क्षति न्यूनीकरण गर्न एकढिक्का भएर लाग्न गृहमन्त्रीको आह्वान केन्द्रीय कार्यसमितिको अधिकार मिचेर गरिएको भेलालाई आयोगले वैधता दिनेछैन– कार्यवाहक सभापति खड्का बैंक लुटपाटमा संलग्न सात जना पक्राउ चीन–क्यानाडा सम्बन्ध सुधारको सङ्केत मन्त्री चौलागाईंसँग जापानी राजदूतको भेटवार्ता