१० माघ २०८२, शुक्रबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

हिमालय रोडिजको पाँचौं सिजनलाई सुरज सिंह ठकुरीले होस्ट गर्ने

१६ माघ २०७९, सोमबार ११:१८

माघ १६, काठमाडौँ | टेलिभिजन रियालिटी शो हिमालय रोडिजको पाँचौं सिजनलाई टीभी पर्सनालिटी तथा अभिनेता सुरजसिंह ठकुरीले होस्ट गर्ने भएका छन् । सोमबार काठमाडौंमा आयोजित पत्रकार सम्मेलनमा ठकुरीसँग सम्झौतापत्रमा हस्ताक्षर भएको छ । उक्त अवसरमा सिजन-५ को औपचारिक घोषणा समेत भयो ।


आफूलाई होस्टको रुपमा परिचय दिंदै ठकुरीले पत्रकार सम्मेलनमा भने, ‘नेपालमा पछिल्लो समय अन्तर्राष्ट्रिय फ्रेन्चाइजको ट्रेण्ड छ । पहिलेदेखि नै यसको एक हिस्सा बन्न सकूँ भन्ने लागेको थियो । २२ वर्ष भयो टेलिभिजनमा काम गरेको । अहिलेसम्म आफैंले जन्माएको शो मात्र गरें । अब भने अरुकै निर्देशनमा काम गर्नेछु ।’

आफ्नो बुद्धि, ध्यान र मन यो कार्यक्रममा लगाउने भन्दै उनले रोडिजको नयाँ सिजनलाई चुनौतीको रुपमा लिएको बताए । पत्रकार सम्मेलनमा शो निर्देशक सिमोस सुनुवारले ठकुरीसँग काम गर्नुलाई आफ्नो भाग्यको रुपमा लिए । आफूहरुको मित्रता २० वर्षदेखिको बताउँदै सुनुवारले ठकुरीको प्रशंसा गर्दै भने, ‘उसको विश्वसनीयता, ट्वीस्ट एण्ड टन्र्स राम्रो छ ।’ हरेक सिजनलाई अघिल्लोभन्दा राम्रो बनाउनुपर्ने चुनौती रहेको र रोडिजका अघिल्ला श्रृंखलाभन्दा यसमा ‘एक्स्ट्रिम टास्क’ समावेश हुने उनले बताए ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
हल्लाको पछि नलाग्न आशिका तामाङको आग्रह राष्ट्रिय सभाको बैठक जारी आशिका तामाङले उम्मेदवारी फिर्ता लिन निर्वाचन अधिकृतलाई गरिन् फोन बाबुराम भट्टराईले फिर्ता लिए उम्मेदवारी गगन थापा सभापति बनेपछि पहिलोपटक सानेपामा पुगेर बैठक गर्दै पाथीभरा पुगे बालेन शाह आजदेखि देशभर मौसम फेरबदल कांग्रेसको केन्द्रीय कार्यसमितिको बैठक आज बस्दै सुन मुल्य तोलाको ३ लाख नाघ्यो आज वसन्तपञ्चमी मनाइँदै करेन्ट लागेर एक जनाको मृत्यु गृहमन्त्री अर्याल बने सरकारको प्रवक्ता उच्चस्तरीय जाँचबुझ आयोगको म्याद २० दिन थप बिहीबार ९ अंकले बढ्यो नेप्से मन्त्रिपरिषद् बैठक सुरु अस्ट्रेलियामा गोली चल्दा तीन जनाको मृत्यु फागुनको पहिलो हप्ताभित्र सबै स्थानमा मतपत्र पुगिसक्छ बालेनले बोलेको ‘मधेसी छौरा’का सन्दर्भमा महेश बस्नेतले मागे माफी पार्टी नफुटोस् भनेर मैले बीचको बाटो लिएँ: शेखर कोइराला पानी जमेको खाल्डोमा डुबेर एक जनाको मृत्यु