2026-09-07 10:36 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

यी हुन् वैज्ञानिक रुपमै प्रमाणित संसारका सबैभन्दा सुन्दर पुरुष

एजेन्सी | नेटफ्लिक्समा रहेको लोकप्रिय श्रृंखला ब्रिजरटनमा महत्वपूर्ण भूमिका निर्वाह गरेका बेलायती अभिनेता रेगे जेन पेजलाई संसारको सबैभन्दा सुन्दर पुरुषको उपाधि दिइएको छ । उनलाई दर्शकको रोजाइका आधारमा नभई एक वैज्ञानिक अनुसन्धानका आधारमा संसारकै सुन्दर पुरुष घोषणा गरिएको छ ।

ग्रिक गोल्डेन अनुपात समीकरण अनुसार उनलाई संसारको सबैभन्दा सुन्दर पुरुष घोषित गरिएको हो । अनुसन्धानकर्ता वैज्ञानिकका अनुसार जेन पेजको अनुहार साँच्चिकै मनी मेकर छ । ३४ वर्षीय अभिनेताको अनुहार उक्त समीकरण अनुसार ९३.६५ प्रतिशत पूर्ण पाइएको छ । ग्रिक गोल्डेन रेसियो समीकरणबाट कुनै पनि व्यक्तिको अनुहारको सुन्दरता तथा बनावटको आकलन गरिन्छ ।

मेट्रो डट युकेमा प्रकाशित समाचार अनुसार हार्ले स्ट्रिट फेसियल कस्मेटिक सर्जन डाक्टर जुलियन डी सिल्भाले अत्याधुनिक कम्प्युटराइज्ड म्यापिङ प्रविधिको प्रयोग गरेर सूचि तयार गरेकी थिइन् र उक्त सूचिलाई नतिजाको कसीमा जाँचिएको थियो ।

अभिनेता आफ्नो सुन्दर अनुहार तथा नसालु आँखाका कारण सूचिमा सबैभन्दा माथि परेका छन् । आफ्नो आँखाको सुन्दरता र अवस्थितिका कारण नै उनले सबैभन्दा धेरै अंक प्राप्त गरेर सर्वाधिक सुन्दर पुरुष बन्न सफल भएको उनको भनाइ छ ।

उनको अनुहारमा अरु सबै चिजहरु शतप्रतिशत सुन्दर भए पनि उनको नाकको लम्बाई तथा चौडाइका कारण भने केही कम अंक प्राप्त गरे । यस क्रममा ओठ, मुख, चिउडोे, ओठको चौडाइ, अनुहारको आकार, नाक, आँखाको अवस्थिति र आकार, निधार लगायतका सबै अंगहरु मापन गरिएको थियो ।

उक्त वैज्ञानिक अध्ययन अनुसार विश्वका सर्वाधिक सुन्दर ५ पुरुष यी हुन् :

  • अभिनेता रेगे जेन पेज, ९३.६५ प्रतिशत
  • अभिनेता क्रिस हेम्सवर्थ, ९३.५३ प्रतिशत
  • अभिनेता माइकल बी जोर्डन, ९३.४६ प्रतिशत
  • गायक तथा अभिनेता ह्यारी स्टाइल्स, ९२.३० प्रतिशत
  • फुटबलर जुड बेलिंघम, ९२.२२ प्रतिशत

स्मरण रहोस् उक्त अध्ययन अनुसार विश्वकी सबैभन्दा सुन्दर महिला चाहीँ अभिनेत्री एम्बर हर्ड हुन् ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
भोटेकोशी बाढीपीडितका लागि राष्ट्र बैंकले दियो १ करोड ३८ लाख रकम कांग्रेसले बोलायो केन्द्रीय निर्वाचन समितिको बैठक बाढीपीडितको मानव अधिकार संरक्षण गर्न सरकारलाई राष्ट्रिय मानव अधिकार आयोगको आग्रह मृतकको पहिचान सावधानी र संवेदनशीलताका साथ गरिनुपर्छ : राष्ट्रपति पौडेल भोटेकोशी बाढीपीडितका लागि कांग्रेसले प्रधानमन्त्री राहत कोषमा १ करोड दियो म्याग्दीमा ७२ वर्षीया वृद्धाको हत्या, नाति पक्राउ ‘ग्रीन आर्मी’खारेज गर्न सरकारसँग नेकपाको माग एक जना पनि पीडितले सरकार पाइनँ भन्ने अवस्था आउनुहुँदैन : सभामुख अर्याल राष्ट्रपति पौडेलले आज दिउँसो ३ः३० बजे राष्ट्रका नाममा सम्बोधन गर्ने विपत्तिका बेला विद्युत् संरचनाका तार चोरी हुनु दुःखद र गम्भीर विषय हो : ऊर्जामन्त्री श्रेष्ठ भोटेकोशी बाढीको क्षति बुझ्न प्रभावित क्षेत्रमा पुगे राष्ट्रपति पौडेल राजमार्ग अवरुद्ध भएपछि काठमाडौँमा ग्यास संकट बाढीपीडितको अपमानजनक भिडियो पोस्ट गर्ने युवक पक्राउ भोटेकोशी बाढीमा १ हजार ३५६ शव फेला, ४ हजार ७७ जना अझै बेपत्ता ३९ जिल्लामा आकस्मिक बाढीको जोखिम हतारमा गरिएको पुनर्निर्माण अस्थायी हुन्छ : सभामुख अर्याल कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठक बस्दै सुनचाँदीको मूल्य घट्यो भोटेकोसी बाढीको १३औँ दिन राष्ट्रिय शोक, झण्डा आधा झुकाइयो भोटेकोशी बाढीले रसुवाको पूर्वाधारमा ठूलो क्षति, आठ जलविद्युत् आयोजना पूर्ण प्रभावित